Dictionary

All Word

2901 अन्तर अव्य. २. कुनै आधारपदका अगिल्तिर लागी त्यसको माझको वा मध्य भागको भन्ने अभिप्राय जनाउने पूर्वपद (जस्तै- अन्तरविद्यालय निबन्ध प्रतियोगिता, अन्तरसंस्थान खेलकुद कार्यक्रम इ.)। ना.
2902 अन्तर अव्य. ३. कुनै दुई वस्तु, व्यक्ति, सङ्ख्या, कामकुरा, ठाउँ, समय आदिका बिचको भिन्नता; फरक; भेद ।
2903 अन्तर अव्य. ४. अवकाश, अन्तराल; दुरी ।
2904 अन्तर अव्य. ५. दुई व्यक्ति वा समूहमध्ये एकलाई काखा र अर्कालाई पाखा गर्ने काम; भेदभाव; पक्षपात। (उदा.- बाबुआमाले छोरा र छोरीका बिच अन्तर गर्नु हुँदैन।)
2905 अन्तर अव्य. ६. मन, हृदय वा अन्तस्करण। (उदा.- आफ्नो अन्तरको कुरा जो पायो उसलाई खोल्नुहुँदैन)। प.स.
2906 अन्तर अव्य. ७. कुनै आधारपद वा पूर्वपदका पछिल्तिर लागी सोभन्दा अर्को वा अन्य भन्ने वा त्यसको परिवर्तन बुझाउने उत्तरपद (कालान्तर, देशान्तर, स्थानान्तर इ.)।
2907 अन्तरकुन्तर ना. १. कुनै वस्तु वा कुराका बिचबिचको वा भित्रभित्रको भाग।
2908 अन्तरकुन्तर ना. २. छेउछाउ; छेउकुना; कुनाकाप्चा; कुनाकाप्ची। (उदा.- मेरो कलम नहराई बिछ्‌यौनाका अन्तरकुन्तरमा परेको मात्र रहेछ।)
2909 अन्तर क्याम्पस वि. क्याम्पस- क्याम्पसका बिचको; क्याम्पस क्याम्पसका बिचमा भएको (प्रतियोगिता, साहित्य सम्मेलन इ.) ।
2910 अन्तरक्रिया ना. १. दुई वा दुईभन्दा बढी व्यक्ति वा पक्षका बिचमा हुने आपसी कुराकानी ।
2911 अन्तरक्रिया ना. २. पारस्परिक वार्तालाप।
2912 अन्तरङ्ग वि. १. भित्र भित्र हुने वा रहने; आन्तरिक कुरासँग सम्बन्ध राख्ने; भित्री; भित्रिया; आन्तरिक ।
2913 अन्तरङ्ग वि. २. कसैका भित्री वा गुह्य कुरासमेत जान्ने वा ती कुरासँग सम्बन्धित; आत्मीय ।
2914 अन्तरङ्ग वि. ३. ज्यादै मन परेको; हित्तचित्त मिलेको; लँगौटिया । विप. बहिरङ्ग ।
2915 अन्तरङ्ग कक्ष ना. १. कुनै भवन आदिको भित्री भाग वा कोठा ।
2916 अन्तरङ्ग कक्ष ना. २. कुनै चिकित्सालय वा अस्पतालमा उपचारका लागि आएका रोगीहरूमध्ये अस्पतालमै भर्ना भई त्यहीँ उपचार गरिने रोगीहरूको विभाग वा कक्ष। विप. बहिरङ्ग कक्ष ।
2917 अन्तरङ्ग रोगी ना. अस्पतालकै शय्यामा राखी उपचार गरिने बिरामी ।
2918 अन्तरङ्ग सभा ना. आत्मीयहरू मिलेर गरिएको सभा; गुप्तसभा ।
2919 अन्तरण ना. कुनै पूर्वपद वा आधारपदका पछिल्तिर लागी त्यसको सट्टामा अर्को कुनै कुरा हुने वा त्यसको स्थितिमा परिवर्तनको अभिप्राय जनाउने उत्तरपद। (स्थानान्तरण, हस्तान्तरण इ.)।
2920 अन्तरदिशा ना. दुई दिशाका बिचको कोण; उपदिशा; ईशान; आग्नेय, नैॠत्य र वायव्य दिशा ।
2921 अन्तरप्रजनन ना. एउटै जातिका विभिन्न भेदका स्त्रीजाति र पुरुषजातिको सम्पर्क गराई मिश्रित जातिको सृष्टि गर्ने क्रिया; विभिन्न जातिका स्त्रीपुरुषमा सम्पर्क गराएर नयाँ जाति पैदा गराउने काम ।
2922 अन्तरराष्ट्रिय वि. हे. अन्तर्राष्ट्रिय ।
2923 अन्तरसम्बन्ध ना. एकअर्काको वा एकअर्काका कार्यको पारस्परिक सम्बन्ध।
2924 अन्तरस्थ वि. १. बिचमा रहेको; मध्यस्थ ।
2925 अन्तरस्थ वि. २. भित्र रहेको; गाभिएको ।
2926 अन्तरहिमयुग ना. दुई हिमानीका बिचको समय।
2927 अन्तरहिमानी ना. दुई हिमयुगका बिचको समय।
2928 अन्तरा ना. १. कुनै गीतको पहिलो पद वा स्थायीलाई छोडी दोस्रो पद वा चरण; कुनै गीत गाउँदा गीतको बारबार दोहोरिने स्थायीले छोपिने बिचको अंश वा मध्य भाग; सो दोस्रो वा मध्यवर्ती चरण गाउने क्रिया। विप. स्थायी । क्रि.वि.
2929 अन्तरा ना. २. नजिक; निकट; समीप।
2930 अन्तरा ना. ३. माझ; बिच; मध्य ।
2931 अन्तरा ना. ४. रहित; विना; बाहेक ।
2932 अन्तरात्मा ना. १. भित्री आत्मा; आत्मा; जीवात्मा; देही ।
2933 अन्तरात्मा ना. २. आन्तरिक चेतना ।
2934 अन्तरात्मा ना. ३. अन्तर मन; भित्री मन; अन्तर्हृदय; अन्तस्करण ।
2935 अन्तरात्मा ना. ४. प्राण ।
2936 अन्तराप ना. ढोका; झ्याल, दराज आदिको खापाका दुई पाटालाई जोडी बन्द गर्न र ताल्चा लगाउन, खोल्नसमेत हुने गरी एकअर्कामा जोल्टिने धातुको उपकरण ।
2937 अन्तराल ना. १. दुई रेखा वा विन्दु आदिका बिचको अवकाश, विस्तार वा स्थान।
2938 अन्तराल ना. २. दुई ठाउँ वा समयबिन्दुका बिचको अंश ।
2939 अन्तराल ना. ३. त्यस्तो खाली ठाउँ; अन्तर; माझ; बिच; मध्य ।
2940 अन्तरिक्ष ना. १. पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली स्थान।
2941 अन्तरिक्ष ना. २. सम्पूर्ण भौतिक वस्तु अवस्थित हुने असीमित वा अत्यन्त विशाल एवम् लमाइ, चौडाइ र गहिराइका दृष्टिले त्रिआयामिक विस्तार भएको क्षेत्र; आकाश; नभ; व्योम।
2942 अन्तरिक्ष यात्रा ना. मानवसहित वा मानवरहित यानद्वारा पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रभन्दा बाह्य अन्तरिक्षको भ्रमण।
2943 अन्तरिक्ष यात्री ना. बाह्य अन्तरिक्षको यात्रा गर्ने व्यक्ति। (युरी गागरिन प्रथम अन्तरिक्ष यात्री मानिन्छन् ।)
2944 अन्तरिक्ष यान ना. पृथ्वीको वायुमण्डलभन्दा बाहिर मानवरहित वा मानवसहित भई यात्रा गर्ने रकेट आदि यात्रासाधन वा गाडी ।
2945 अन्तरिक्ष युग ना. सन् १९५७ को अक्टोबर चार तारिखको प्रथम अन्तरिक्ष उपग्रह स्पुतनिकको सफल प्रक्षेपणबाट प्रवर्तित तथा अन्तरिक्ष अनुसन्धान तथा समानव अन्तरिक्षयानहरूका माध्यमबाट गतिशील समयावधि।
2946 अन्तरिक्ष विज्ञान ना. १. अन्तरिक्षसम्बन्धी अध्ययन, अनुसन्धान गरी त्यसको शास्त्रीय ज्ञान प्रदान गर्ने विद्या; खगोलशास्त्र ।
2947 अन्तरिक्ष विज्ञान ना. २. वातावरणसम्बन्धी गतिविधिको अध्ययन तथा विवेचन गर्ने र मौसमसम्बन्धी पूर्वजानकारीसमेत दिन प्रयास गर्ने शास्त्र।
2948 अन्तरिन्द्रिय ना. आन्तरिक इन्द्रिय; मन ।
2949 अन्तरिम वि. १. दुई भिन्न कालका बिचको; मध्यवर्ती समयको ।
2950 अन्तरिम वि. २. कुनै एक परिपाटी समाप्त भई अर्को परिपाटी थालिने प्रक्रियाका बिचका समयको; कुनै एक परिपाटी टुङ्गिए पनि अर्को नयाँ परिपाटी नथालिँदैका अवधिको ।