Dictionary

All Word

2751 अनुसूचन ना. विशेष किसिमको सूचना; निर्देश ।
2752 अनुसूचित वि. १. अनुसूची, तालिका वा सारिणीमा सामेल गरिएको ।
2753 अनुसूचित वि. २. कुनै खास प्रयोजनका निम्ति तयार गरिएको विशेष सूचीमा परेको ।
2754 अनुसूचित वि. ३. परिगणित ।
2755 अनुसूची ना. संविधान, ऐन, कानुन, सन्धि, करार आदि महत्त्वपूर्ण दस्तावेज वा कुनै ग्रन्थ, लेख, प्रतिवेदन आदिको मूल पाठलाई छोटोछरितो तथा सुसङ्गठित तुल्याउने अभिप्रायले मूल पाठमा खासखास कुराको मात्र उल्लेख गरी ती कुराको विस्तृत विवरण वा व्याख्याचाहिँ प्रायः वर्गीकृत गरेर परिशिष्ट वा पूरक अंशका रूपमा राख्ने प्रक्रियाअन्तर्गत परिशिष्टमा प्रयोग गरिएको सूची; तालिका; सारिणी ।
2756 अनुस्मरण ना. १. बितेका वा भइसकेका कुरालाई सम्झने काम; पुराना कुराको सम्झना ।
2757 अनुस्मरण ना. २. कुनै विषयलाई मनमा धारणा गरिरहने क्रिया वा प्रक्रिया; बिर्सेका कुराको सम्झना; सौँराइ; हेक्का।
2758 अनुस्मृति ना. स्मरण; सम्झना।
2759 अनुस्वार ना. नेपाली भाषामा शिरविन्दु ( ं ) र चन्द्रविन्दु (ँ) का सहायताले उच्चरित हुने स्वरवर्णको नाके अवस्था । (काँक्रो, जिउँदो, वंश, हंस इ.)।
2760 अनुहार ना. १. कथ्य. अनुवार । आकार; आकृति; रूप।
2761 अनुहार ना. २. चेहरा ।
2762 अनुहार ना. ३. मुख, मुखाकृति; मुखमण्डल ।
2763 अनुहार ना. ४. नक्कल; प्रतिकृति । वि.
2764 अनुहार ना. ५. समान; उस्तै; बराबर ।
2765 अनुहारी वि. अरूको जस्तै अनुहार बनाउने; नक्कल पार्ने; अनुकरण गर्ने ।
2766 अनूढ वि. १. विवाह नभएको; अविवाहित ।
2767 अनूढ वि. २. कुमार ।
2768 अनूढा वि. १. विवाह नभएकी; अविवाहिता ।
2769 अनूढा वि. २. कुमारी; कन्या । ना.
2770 अनूढा वि. ३. विवाह नभएकी तर कुनै पुरुषसँग प्रेम गर्ने र उससित विवाह गर्न चाहने नायिका (साहित्यमा ) ।
2771 अनूदित वि. अनुवाद भएको वा गरिएको; उल्था गरिएको; रूपान्तरित; भाषान्तरित ।
2772 अनृण वि. १. ॠण नलागेको; रिन नभएको; रिन नलिएको; कुनै साहु नभएको ।
2773 अनृण वि. २. ॠणबाट मुक्त; तिर्नुपर्ने रिनजति तिरिसकेको।
2774 अनृण वि. ३. आफूप्रति कुनै गुन लगाउने वा उपकार गर्नेलाई आफूले पनि त्यस्तै गुन लगाई वा प्रत्युपकार गरी ॠणमुक्त भएको।
2775 अनृण वि. ४. ॠणत्रय वा देवॠण, पितृॠण र ॠषिॠण गरी तीन ॠण क्रमशः यज्ञयागादि, छोरो जन्माउने र कुनै चेलालाई पढाउने काम गरेर तिरी ॠणमुक्त भएको; अॠणी; उॠण; ॠणमुक्त।
2776 अनृणता ना. ॠणको अभाव; ॠणी नहुनाको भाव वा अवस्था; ॠणमुक्तता।
2777 अनृणी वि. अनृण।
2778 अनृत वि. झुटो; असत्य; मिथ्या।
2779 अनृतता ना. असत्यता; झुट।
2780 अनृतभाषी वि. झुटो बोल्ने; साँचो नबोल्ने; असत्यवादी ; मिथ्याभाषी ।
2781 अनृतवादी वि. अनृतभाषी ।
2782 अनेक वि. १. दुई वा दुईभन्दा बढी; धेरै; कैयौँ ।
2783 अनेक वि. २. असङ्ख्य; अनगन्ती; बेगन्ती।
2784 अनेक वि. ३. धेरै थरी; विभिन्न; नाना; बहु ।
2785 अनेकता ना. १. अनेक हुनाको भाव वा अवस्था ।
2786 अनेकता ना. २. कुनै कामकुराका बारेमा एकै राय नभई नाना विचार हुनाको भाव वा अवस्था; पारस्परिक एकता नहुनाको भाव वा अवस्था; मतभेद।
2787 अनेकन् वि. १. अनेक; अनेकौँ; नाना।
2788 अनेकन् वि. २. धेरै; कैयौँ ।
2789 अनेकन् वि. ३. असङ्ख्य; बेगन्ती।
2790 अनेक रूप ना. १. कुनै शब्द वा पदका उच्चारण वा वर्णविन्याससम्बन्धी स्वीकार्य भेदका दृष्टिले हुन आउने एकभन्दा बढी प्रयोग वा रूप; कुनै शब्द वा क्रियाको रूपावलीअन्तर्गत कुनै खास स्थलमा हुने वैकल्पिक रूप । वि.
2791 अनेक रूप ना. २. नित्य वा स्थिर नभएको; परिवर्तनशील ।
2792 अनेक रूप ना. ३. रूप बदल्ने; आकारप्रकार फेर्ने ।
2793 अनेक रूप ना. ४. अनेक वा बहु रूप भएको; कैयौँ रूप लिने; नानाभाँतीको; बहुरूपी; नानारूपी।
2794 अनेकरूपता ना. अनेक रूप हुनाको भाव, गुण वा अवस्था; अनेकता; विभिन्नता; विषमता।
2795 अनेकवचन ना. १. कुनै वस्तु, व्यक्ति वा क्रियाको एकत्वभन्दा बढी, द्वित्व वा बहुत्वको विवक्षा गरिँदा भाषाले लिने अभिलक्षण ।
2796 अनेकवचन ना. २. कुनै शब्द वा क्रियाको रूपावलीअन्तर्गत जनाइने एकभन्दा बढी वचन; द्विवचन वा बहुवचन ('हामीहरू जान्छौँ' मा 'हरू' र 'ौ ँ' ले क्रमशः कर्ता र क्रियाको अनेक वचन जनाएका छन् ।) ।
2797 अनेक वर्ण वि. १. एकभन्दा बढी वा अनेक वर्ण वा रङ्ग भएको । ना.
2798 अनेक वर्ण वि. २. बीजगणितमा अज्ञात राशिको सङ्केत गर्ने अनेक वर्ण वा अक्षरको योग (क+ख- ग = घ इ.)।
2799 अनेकशः क्रि.वि. १. धेरैजसो; कैयन्पल्ट ।
2800 अनेकशः क्रि.वि. २. अनेक किसिमले; नाना प्रकारले।