Dictionary

All Word

2601 अनुराग ना. २. कुनै वस्तु वा व्यक्तितर्फ मन प्रवृत्त हुने व्यापार वा अवस्था ।
2602 अनुराग ना. ३. कुनै व्यक्ति वा कुराप्रति मनको झुकाउ; त्यसरी मन तानिएको वा संलग्न रहेको स्थिति।
2603 अनुराग ना. ४. शृङ्गारका सन्दर्भमा मिलन वा शारीरिक सम्पर्क हुनुभन्दा अगि नारी र पुरुषका बिच मानसिक स्तरमा अनुभव हुने प्रीतिको प्रारम्भिक भाव; आसक्ति; अनुरक्ति; स्नेह; प्यार; प्रीति; प्रेम; माया; प्रणय; मायापिर्ती।
2604 अनुरागी वि. १. कुनै विषयप्रति अनुराग भएको; अनुरक्त; झुकाउ भएको । ना.
2605 अनुरागी वि. २. प्रेमी ।
2606 अनुराधा ना. सत्ताइस नक्षत्रमध्ये सात ताराहरूका मिलनले गर्दा सर्पका आकारको देखिने र फलित ज्योतिषका दृष्टिले ज्यादै शुभ र मङ्गलकारी पनि मानिने सत्रौँ नक्षत्र ।
2607 अनुरूप वि. १. उस्तै रूप भएको; काटीकुटी मिल्दो; दुरुस्तै उस्तो; समान रूपको; जस्ताको तस्तो ।
2608 अनुरूप वि. २. जेजस्तो चाहिएको हो ठिक त्यस्तो।
2609 अनुरूप वि. ३. जेजस्तो गरिएको हो त्यसमाफिकको; उस्तै; सदृश; प्रतिरूप; उपयुक्त; योग्य; अनुकूल ।
2610 अनुरूपता ना. अनुरूप हुनाको भाव वा स्थिति; समानता; सादृश्य।
2611 अनुरोध ना. कसै समक्ष कुनै कामकुरा सम्पन्न गराउन वा केही कुरा प्राप्त गर्नका निम्ति नम्रतापूर्वक प्रार्थना गर्ने काम; साग्रह निवेदन; विनय; बिन्तीभाउ ।
2612 अनुरोधक वि. १. अनुरोध गर्ने । ना.
2613 अनुरोधक वि. २. अनुरोध गर्ने व्यक्ति ।
2614 अनुरोधक पत्र ना. दर्खास्त; निवेदनपत्र ।
2615 अनुरोधी वि. अनुरोधक।
2616 अनुर्वर वि. १. उर्वर वा उब्जाउ नभएको; बाँझो; रुखो।
2617 अनुर्वर वि. २. उत्पादन गर्न वा जन्म दिन नसक्ने; जन्माउन नसक्ने।
2618 अनुर्वर वि. ३. कम उब्जाउ वा कम उर्वर ।
2619 अनुर्वरता ना. अनुर्वर हुनाको गुण, स्वभाव वा स्थिति ।
2620 अनुलाभ ना. कुनै वस्तु वा कुराको प्राप्ति; परिलाभ; उपलब्धि; लाभ।
2621 अनुलिपि ना. १. एक लिपिबाट अर्का लिपिमा गरिएको उतार; एकखाले हस्ताक्षरबाट अर्कोखाले हस्ताक्षरमा उतार गर्ने काम (ट्रान्सलिटरेसन)।
2622 अनुलिपि ना. २. त्यसरी उतार गरिएको लिखत वा छापा ।
2623 अनुलेख ना. लेखिएको कुरा सार्ने काम वा कार्यकलाप; प्रतिलिपि।
2624 अनुलेखन ना. १. पहिले लेखिएका उल्लेखनीय घटना आदिको विवरणको फेरि अर्को प्रति सार्ने काम; नक्कल सार्ने काम ।
2625 अनुलेखन ना. २. प्रतिलिपिको उतार ।
2626 अनुलेप ना. १. शरीरमा घसिने वा दलिने चन्दन, क्रिम आदि सुगन्धी वस्तु ।
2627 अनुलेप ना. २. सुन, चाँदी आदिमा जलप लगाउने काम; कुनै धातुमा सुन आदिको मुलम्मा लगाउने काम।
2628 अनुलेपन ना. १. एकचोटि लेपन गरिसकिएका कुनै वस्तुमाथि पुनः अर्कोचोटि लेपन गर्ने काम ।
2629 अनुलेपन ना. २. शरीरमा सुगन्धित वस्तु घस्ने काम; अनुलेप।
2630 अनुलोम ना. १. माथिदेखि तलसम्म झर्ने, खस्ने वा आउने क्रम।
2631 अनुलोम ना. २. ठुलादेखि सानातर्फ झर्ने वा आउने सिलसिला ।
2632 अनुलोम ना. ३. सुल्टो क्रम।
2633 अनुलोम ना. ४. उच्च स्वरदेखि तल्ला स्वरहरूतर्फ ओर्लने अवरोहको क्रम।
2634 अनुलोम ना. ५. परम्पराअनुसार उच्च वर्ण वा जातका पुरुषले आफ्नोभन्दा तल्लो वर्ण वा जातका आइमाईसँग विवाह गर्ने सुल्टो क्रम ।
2635 अनुल्लङ्घन ना. उल्लङ्घन नगर्ने काम ।
2636 अनुल्लङ्घनीय वि. १. उल्लङ्घन गर्न नहुने, नसकिने वा उचित नहुने ।
2637 अनुल्लङ्घनीय वि. २. तोड्न वा मिच्न नहुने ।
2638 अनुल्लङ्घनीय वि. ३. अकाट्य; अनुल्लङ्घ्य; अलङ्घ्य।
2639 अनुल्लङ्घ्य वि. १. नाघ्न नहुने वा नसकिने ।
2640 अनुल्लङ्घ्य वि. २. अकाट्य ।
2641 अनुल्लङ्घ्य वि. ३. अनुल्लङ्घनीय।
2642 अनुवंश ना. १. कुनै एक साझा मूल पुर्खादेखि हाँगाबिँगा हाल्दै आएको एउटै कुल वा बिन्द्रालोका विभिन्न पुस्ता र सन्तान दरसन्तानको क्रम |
2643 अनुवंश ना. २. पुर्ख्यौली; वंशावली; वंशपरम्परा ।
2644 अनुवंश ना. ३. वंशानुक्रम; वंशक्रम; वंशवृक्ष ।
2645 अनुवंश ना. ४. वंशको नालीबेली; वंशवृत्त; वंशको इतिहास ।
2646 अनुवंश्य वि. १. वंशक्रम वा वंशावलीसँग सम्बन्धित ।
2647 अनुवंश्य वि. २. कुनै वंशमा जन्मेको।
2648 अनुवंश्य वि. ३. वंशवंश हुँदै आएको; वंशक्रममा सर्दै आएको; आनुवंशिक ।
2649 अनुवक्ता ना. १. एक जनाले एक भाषामा बोलेको कुरा अर्को भाषामा दोहऱ्याउने व्यक्ति; दोभासे ।
2650 अनुवक्ता ना. २. अर्काले बोलेको कुरा जस्ताको तस्तै दोहोऱ्याउने व्यक्ति ।