Dictionary

All Word

2651 अनर्थक वि. ५. व्यर्थको; बेकारको ।
2652 अनर्थकारी वि. १. उल्टो वा विपरीत काम गर्ने ।
2653 अनर्थकारी वि. २. अनुचित काम गर्ने; ज्यादै ठुलो हानिनोक्सानी गर्ने ।
2654 अनर्थता ना. कुनै पदको नयाँ अर्थ भए पनि त्यस पदले प्रसङ्गानुकूल नयाँ अर्थ बुझाउन नसक्ने हुँदा हुने पददोष।
2655 अनर्सा ना. चामलको पिठो, घिउ र चिनी ठिक्क मात्रामा मिलाई मुछेर तिल वा बिरौँका दानामा पथरी घिउमा पकाइएको पुरीजस्तो गोल आकारको नेपाली रोटी; अनरसा; चिनीरोटी |
2656 अनर्ह वि. १. दण्ड वा पुरस्कारको पात्र नभएको ।
2657 अनर्ह वि. २. अपात्र; अयोग्य।
2658 अनर्ह वि. ३. अपर्याप्त; अनुपयुक्।
2659 अनर्हता ना. कुनै काम, पद, जिम्मेदारी आदिका लागि आवश्यक पर्ने योग्यताको अभाव; अयोग्यता ।
2660 अनल ना. १. आगो ।
2661 अनल ना. २. जठराग्नि ।
2662 अनल ना. ३. आठ वसुमध्ये पाँचौँ ।
2663 अनलङ्कृत वि. १. सिँगारपटार वा सजधज नभएको वा नगरिएको।
2664 अनलङ्कृत वि. २. गरगहना र अन्य सामग्रीद्वारा नर्सिंगारिएको ।
2665 अनलङ्कृत वि. ३. कुनै शब्दगत वा अर्थसम्बन्धी अलङ्कार नपरेको; सादा; अलङ्कारविहीन।
2666 अनलाइन वि. १. इन्टरनेटका माध्यमबाट उपलब्ध उत्पादन, सेवा, सूचना आदि; २. कम्प्युटर नेटवर्कमा जोडिएको वा कम्प्युटरका माध्यमबाट पहुँच गर्न सकिने ।
2667 अनवकाश ना. १. फुर्सदको अभाव ।
2668 अनवकाश ना. २. नोकरी वा फन्दाबाट अवकाशको अभाव।
2669 अनवकाश ना. वि. ३. फुर्सद नभएको ।
2670 अनवकाश ना. ४. छुट्टी नपाएको ।
2671 अनवच्छिन्न वि. कुनै कुराबाट अलग नभएको वा बिचमा नटुटेको; क्रम नटुटेको; लगातारको।
2672 अनवरत वि. १. निरन्तरको; लगातारको; बारम्बारको ।
2673 अनवरत वि. क्रि.वि. २. निरन्तर; लगातार; बारम्बार ।
2674 अनवरोध ना. १. अवरोध वा बाधाको अभाव ।
2675 अनवरोध ना. वि. २. नरोकिएको; बाधा नपरेको ।
2676 अनवरोध ना. क्रि.वि. ३. नरोकीकनै; अवरोधविना नै ।
2677 अनवसर ना. १. बेमौका; कुयाम; कुअवसर।
2678 अनवसर विच्छेद ना. प्रकृत रसलाई चटक्क छाडिदिँदा हुने काव्यदोष।
2679 अनवसर विस्तार ना. बेमौकामा अनुपयोगी किसिमसँग रसको विस्तार गर्दा हुने एक प्रकारको काव्यदोष ।
2680 अनविश्वास ना. विश्वासको अभाव; अपत्यार; अविश्वास।
2681 अनविश्वासी वि. १. विश्वास गर्न नहुने वा विश्वास नभएको; अपत्यारिलो; भर पर्न नसकिने।
2682 अनविश्वासी वि. २. बेइमान।
2683 अनवीकृत वि. नवीकृत नभएको; नयाँ रूपमा नआएको।
2684 अनवीकृतता ना. बोली नौलो नभई उही हुँदा हुने एक प्रकारको काव्यदोष |
2685 अनशन ना. १. खान छाड्ने काम; आहारत्याग; उपवास।
2686 अनशन ना. २. मोक्षप्राप्तिका निम्ति गरिने मर्नुभन्दा केही दिन अगाडिदेखिको आहारत्याग।
2687 अनशन ना. ३. पिरमर्का वा अन्याय आदिका विरुद्ध असन्तोष व्यक्त गर्ने उद्देश्यले वा कुनै माग पूरा नहुन्जेल पूर्वसूचनाका साथ गरिने आहारत्याग।
2688 अनश्वर वि. कहिल्यै नाश नहुने; अविनाशी ।
2689 अनसूया ना. १. अत्रि ऋषिकी पत्नी ।
2690 अनसूया ना. २. रिस, द्वेष वा ईर्ष्याजस्ता कुभाव नभएकी नारी ।
2691 अनसूया ना. ३. कालिदासको प्रसिद्ध नाटक 'अभिज्ञान शाकुन्तलम्' मा शकुन्तलाकी एउटी सँगिनी ।
2692 अनस्तित्व ना. अस्तित्वको अभाव; विद्यमान नहुने खण्ड, स्थिति वा परिस्थिति ।
2693 अनाकर्षण ना. आकर्षणको अभाव; कुनै कुरालाई आफूतिर तान्ने शक्ति वा सामर्थ्यको शून्यता वा क्षीणता ।
2694 अनाक्रमण ना. १. हमलाको अभाव ।
2695 अनाक्रमण ना. २. हमला नगर्ने नीति वा समझदारी।
2696 अनागत वि. १. सामुन्ने नआएको; अनुपस्थित; अप्रस्तु।
2697 अनागत वि. २. भावी; होनहार ।
2698 अनागत वि. ३. अपरिचित; अज्ञा।
2699 अनागरिक ना. १. नागरिकता ऐनको परिधिभित्रबाट पाउनुपर्ने नागरिकता प्राप्त गर्न नसकेको व्यक्ति ।
2700 अनागरिक ना. २. घरबार, बसोबास नभएको व्यक्ति ।