Dictionary

All Word

2501 अनुपात ना. ५. कुनै काष्ठादि वा रसादि औषधी तयार गर्दा प्रयोग गरिने विभिन्न वस्तुको परस्परसापेक्ष मात्रा; अंश; भाग; भागबाँडो ।
2502 अनुपाती वि. अनुपातको; अनुपातसम्बन्धी; आनुपातिक ।
2503 अनुपादेय वि. १. उपादेयता वा उपयोगिता नभएको; अनुपयोगी।
2504 अनुपादेय वि. २. स्वीकार गर्न लायक नभएको; ग्राह्य नभएको; अग्राह्य।
2505 अनुपादेय वि. ३. कुनै प्रकारको पनि महत्त्व, मूल्य वा आवश्यकता नभएको; उपादेयतारहित; उपादेयताविहीन; अनावश्यक ।
2506 अनुपादेयता ना. १. उपादेयता वा उपयोगिताको अभाव; अनुपादेय हुनाको भाव ।
2507 अनुपादेयता ना. २. ग्रहण गर्न वा स्वीकार गर्न लायक कुनै पनि गुणको अभाव; कुनै पनि प्रकारको महत्त्व, मूल्य, उपयोगिता वा प्रयोजनको अभाव।
2508 अनुपान/अनुपाम ना. १. आयुर्वेदिक औषधीमा एक औषधीका साथसाथै मिसाइएको कुनै अर्को औषधी ।
2509 अनुपान/अनुपाम ना. २. औषधी खाएपछि वा साथसाथै खाइने अर्को औषधी वा खाद्य वस्तु ।
2510 अनुपान/अनुपाम ना. ३. औषधीको ठिक्क अड्कलिएको मात्रा ।
2511 अनुपूरक वि. १. पहिले भएको कामको वा पहिलेका वस्तुको अपुगमा थपिने; नपुग भएमा थप गरिने; सम्पूरक । ना.
2512 अनुपूरक वि. २. त्यसरी थपिने वस्तु।
2513 अनुपूरित वि. भइसकेको काम, भएको वस्तु आदिमा कमी वा अपूर्ण भई पछिबाट पूर्ति गरिएको; पछिबाट थपिएको; पूरा गरिएको; सम्पूरित।
2514 अनुप्रस्थ ना. १. सितार, गितारजस्ता तारवाद्यमा औँलाले तारलाई रगड्दा पहिलोपल्ट निस्कने कम्पन; तार आदिबाट पहिलोपल्ट आउने स्वर । वि.
2515 अनुप्रस्थ ना. २. क्षितिजसँग सम्बन्ध रहेको; आकाशसँग सम्बन्धित; क्षैतिज ।
2516 अनुप्राणित वि. १. प्राण हालिएको; सजीव तुल्याइएको ।
2517 अनुप्राणित वि. २. प्रेरणा प्रदान गरिएको; प्रेरित गरिएको ।
2518 अनुप्राणित वि. ३. निकै मात्रामा प्रभावित; प्राणवान्; सजीव; उत्प्रेरित; प्रेरित।
2519 अनुप्रास ना. साहित्यसिद्धान्तअनुसार पद वा पदावलीअन्तर्गत समान ध्वनि भएका एक वा अनेक व्यञ्जनवर्णको बारम्बार आवृत्ति हुँदा हुन जाने शब्दालङ्कार ( छेकानुप्रास, वृत्त्यनुप्रास, श्रुत्यनुप्रास, लाटानुप्रास, अन्त्यानुप्रास इ।)।
2520 अनुबद्ध वि. कुनै मुख्य विषयवस्तुसँग सम्बद्ध; कसैका प्रति बफादारीपूर्वक संलग्न भएको ।
2521 अनुबन्ध ना. १. दुई वा धेरै व्यक्ति, संस्था, पक्ष आदिका बिचको सम्झौता ।
2522 अनुबन्ध ना. २. त्यस्तो सम्झौताको लिखत ।
2523 अनुबन्ध ना. ३. ग्रन्थसँग सम्बन्धित विषय, प्रयोजन र विषयी यी तीनैको सम्बन्धमध्ये कुनै एक ।
2524 अनुबन्धन ना. अनुबन्ध; करार; सम्झौता।
2525 अनुबन्धन अधिकृत ना. कार्यालय आदिमा अनुबन्ध गर्ने अधिकारी ।
2526 अनुबन्धित वि. अनुबन्ध गरिएको ।
2527 अनुभरण ना. कुनै सेवामा जीवन बिताउने मान्छेका मृत्युपछि उनीहरूका स्वास्नी, छोराछोरीले जीवननिर्वाहका निमित्त पाउने जीवनवृत्ति; अनुवृत्ति।
2528 अनुभव ना. १. इन्द्रिय वा स्नायुहरूका माध्यमबाट उत्पन्न उद्दीपनको फलस्वरूप प्रकट हुने मानसिक अनुक्रिया; अनुभूति; संवेदन।
2529 अनुभव ना. २. पाँचै इन्द्रियले भोगी केही कुरो चाल पाउने क्रिया वा त्यसरी चाल पाएको ज्ञान ।
2530 अनुभव ना. ३. भोगाइ, चेताइ, बेहोराइ आदिको क्रिया वा प्रक्रिया ।
2531 अनुभव ना. ४. उक्त क्रियाप्रक्रियाबाट प्राप्त मानसिक बोध |
2532 अनुभव ना. ५. स्वाद, गुण, विशेषता आदिको उपभोग तथा त्यस्तो उपभोगबाट प्राप्त बौद्धिक लाभ ।
2533 अनुभव ना. ६. उमेर, व्यस्तता, सहभागिता आदिले गर्दा विचार र शिल्पमा आउने परिपक्वता; दक्षता; चातुर्य ।
2534 अनुभववाद ना. अनुभवलाई नै प्रधानता दिने एक दर्शन ।
2535 अनुभववादी वि. अनुभववादसम्बन्धी; अनुभववादको अनुयायी ।
2536 अनुभवहीन वि. अनुभव नभएको ।
2537 अनुभवहीनता ना. अनुभवहीन चाल वा अवस्था।
2538 अनुभवात्मक वि. अनुभवसँग सम्बन्धित।
2539 अनुभवाश्रित वि. अनुभवको भर परेको; अनुभवमा अडेको (ज्ञान, विचार इ.)।
2540 अनुभवी वि. अनुभव भएको वा पाएको ।
2541 अनुभाव ना. १. साहित्यशास्त्रअनुसार, मनमा कुनै भाव उब्जँदा र विशेषतः कुनै रसको अनुभूति हुँदा प्रकट हुने मानसिक र शारीरिक व्यापार; भावलाई उपयुक्त लक्षणद्वारा प्रकाशित गर्ने मानसिक र शारीरिक व्यापार ।
2542 अनुभाव ना. २. भरतको रसनिष्पत्तिसम्बन्धी सूत्रअनुसार विभाव र व्यभिचारी भावका साथ रसनिष्पत्तिमा भूमिका खेल्ने तत्त्व; स्थायी भाव उद्दीप्त भएपछि त्यसका आश्रयमा प्रकट भएर स्थायी भावलाई बाहिर प्रकाश गर्ने कार्यश्रेणीको व्यापार ।
2543 अनुभाव ना. ३. मर्यादा; चमक; शक्ति ।
2544 अनुभाव ना. ४. वैभव; प्रभाव।
2545 अनुभाव ना. ५. सङ्कल्प; विश्वास ।
2546 अनुभावन ना. १. शरीरका चेष्टा, मुद्रा वा भङ्गिमाद्वारा मनका भावको प्रकाशन ।
2547 अनुभावन ना. २. अनुभाव व्यापार ।
2548 अनुभाव्य वि. १. अनुभव नगरी नहुने; अनुभव गर्नुपर्ने ।
2549 अनुभाव्य वि. २. अनुभव गर्न सकिने ।
2550 अनुभूत वि. १. अनुभव गरिएको; अनुभूतिका रूपमा ग्रहण गरिएको ।