Dictionary

All Word

2451 अनुनासिक वि. ३. अक्षरका शिरमा लागी नासिकीकरणलाई जनाउने चिह्न; चन्द्रविन्दु; जूनटिकी (जस्तै- डाँक, आँसु, हाँसो, बनाउँछु इ.) ।
2452 अनुन्नत वि. १. उन्नति वा विकास नभएको; नउठेको; उन्नति वा उच्चतामा नपुगेको; उन्नतिरहित; उन्नतिहीन ।
2453 अनुन्नत वि. २. होचो; पुड्को; अविकसित।
2454 अनुन्मुक्त ना. १. कुनै बाधाबन्देजबाट स्वतन्त्र हुन नपाएको; बन्धनमा परेको; नछोडिएको ।
2455 अनुन्मुक्त ना. २. परिशोधन नगरीकन राखिएको (ॠणपत्र)।
2456 अनुन्मुक्त ना. ३. कारागारमा रहेको; कैदमुक्त नभएको (कैदी) ।
2457 अनुपकार ना. उपकारको अभाव; कसैको भलाइ वा कल्याण गर्ने प्रवृत्तिको अभाव; अरूलाई सहयोग गर्ने वा मद्दत दिने गुणको अभाव; अपकार; कुभलो; अहित; हानि; अकल्याण ।
2458 अनुपकारी वि. १. अनुपकार गर्ने । ना.
2459 अनुपकारी वि. २. अनुपकार गर्ने व्यक्ति ।
2460 अनुपपत्ति ना. १. उपपत्ति, प्रमाण वा प्रामाणिक प्रतिपादनको अभाव।
2461 अनुपपत्ति ना. २. ठोस प्रमाणद्वारा युक्तिपूर्वक कुनै कुरा सिद्ध गर्न नसकिएको वा साबित नभएको अवस्था; असिद्धि; अप्रतिपत्ति।
2462 अनुपम वि. १. उपमा नभएको; उपमा दिन नसकिने; अतुलनीय; बेजोड।
2463 अनुपम वि. २. उत्तम; श्रेष्ठ; उम्दा; निरुपम।
2464 अनुपमता ना. अनुपम अवस्था वा गुण; अतुलनीयता; निरुपमता ।
2465 अनुपमेय वि. अनुपम ।
2466 अनुपयुक्त वि. १. चाहिँदो काममा नआउने; नचाहिँदो; उपयुक्त नभएको ।
2467 अनुपयुक्त वि. २. कामको लायक नभएको; काम नदिने ।
2468 अनुपयुक्त वि. ३. अयोग्य।
2469 अनुपयुक्त वि. ४. नसुहाउँदो ।
2470 अनुपयुक्त वि. ५. अपात्र।
2471 अनुपयुक्त वि. ६. अनुचित।
2472 अनुपयुक्तता ना. कुनै कामकुरा, विषय वा प्रसङ्गका निम्ति जेजस्तो हुनुपर्ने हो ठिक त्यस्तो नहुनाको भाव, गुण वा अवस्था; अयोग्यता; अपात्रता; अनुचितता; नसुहाउँदोपन; अमिल्दोपन।
2473 अनुपयोग ना. १. उपयोगको अभाव ।
2474 अनुपयोग ना. २. उपयोग, व्यवहार, काम वा चलनचल्तीमा नआएको स्थिति ।
2475 अनुपयोग ना. ३. जुन किसिमले प्रयोग गर्नुपर्ने हो त्यसको अभाव ।
2476 अनुपयोग ना. ४. अनुचित तवरले गरिएको प्रयोग वा उपयोग; दुरुपयोग।
2477 अनुपयोगिता ना. १. उपयोग वा उपयोगिताको अभाव; उपयोगी नहुनाको वा अनुपयोगी हुनाको भाव; कुनै लाभ वा फाइदा नदिने वा नहुने स्थिति; बेकम्मापन; व्यर्थता; निरर्थकता ।
2478 अनुपयोगिता ना. २. शास्त्रीय वा सैद्धान्तिक उपयोगिता भए पनि प्रयोग, व्यवहार वा चलनचल्तीका दृष्टिले कुनै पनि उपयोगिता नभएको स्थिति।
2479 अनुपयोगी वि. १. उपयोगिताविहीन; उपयोगिता नभएको । ना.
2480 अनुपयोगी वि. २. उपयोगिताविहीन व्यक्ति ।
2481 अनुपलब्ध वि. १. नपाइएको; उपलब्ध नभएको; प्राप्त नभएको; नभेटिएको; मिल्न वा पाइन नसकेको ।
2482 अनुपलब्ध वि. २. भेउ नपाइएको; पत्तो नलगाइएको; अज्ञात; अप्राप्त।
2483 अनुपलब्धता ना. उपलब्धताको अभाव; अनुपलब्ध हुनाको वा उपलब्ध नहुनाको भाव वा स्थिति; अप्राप्यता।
2484 अनुपलब्धि ना. १. उपलब्धि वा प्राप्तिको अभाव; कुनै कुरा उपलब्ध नहुनाको भाव वा स्थिति; कुनै कुरा भेट्न, पाउन, मिल्न वा पत्ता लगाउन नसक्नाको भाव वा स्थिति; अप्राप्ति ।
2485 अनुपलब्धि ना. २. कामकुरा गर्दा लक्ष्य हासिल हुन नसकेको अवस्था; असफलता; विफलता।
2486 अनुपस्थित वि. १. आफ्ना सामुन्ने नभएको वा नरहेको; उपस्थित नभएको ।
2487 अनुपस्थित वि. २. कुनै खास ठाउँ वा अवसरमा मौजुद नरहेको ।
2488 अनुपस्थित वि. ३. उपस्थित रहन भनी आधिकारिक रूपमा तोकिएको ठाउँ वा समयमा सामेल हुन नआएको ।
2489 अनुपस्थित वि. ४. काम गर्नुपर्ने अड्डा वा संस्थामा हाजिर हुन नआएको वा हाजिर नरहेको ।
2490 अनुपस्थित वि. ५. निर्धारित कक्षामा पढ्न नआई शिक्षकले हाजिर लिँदा नआएको भनी जनाइएको।
2491 अनुपस्थिति ना. १. उपस्थितिको अभाव; अनुपस्थित हुनाको भाव वा स्थिति।
2492 अनुपस्थिति ना. २. कुनै ठाउँ, समय वा अवसरमा उपस्थित नरहनाको भाव वा स्थिति।
2493 अनुपस्थिति ना. ३. बोलाइएको वा निम्त्याइएको ठाउँमा सम्मिलित हुन नआएको स्थिति ।
2494 अनुपस्थिति ना. ४. अड्डा वा संस्थामा कुनै दिन वा केही समय गैरहाजिर रहेको अवस्था ।
2495 अनुपस्थिति ना. ५. सामेलीका निम्ति आधिकारिक रूपमा तोकिएका समय र ठाउँमा सामेल नभएको स्थिति।
2496 अनुपस्थिति ना. ६. निर्धारित कक्षामा पढ्न नआई शिक्षकले हाजिर लिँदा नआएको भनी जनाइएको स्थिति; गैरहाजिरी; गयल; अविद्यमानता।
2497 अनुपात ना. १. सापेक्षता; दँजाइ वा दाँजो; तुलनात्मकता (उदा.- पढाइको अनुपातमा लेखाइमा बढी प्रतिभा चाहिन्छ।) ।
2498 अनुपात ना. २. कुनै खास तुलनात्मक वा सापेक्ष मापन, मानाङ्कन र मूल्याङ्कनका क्रममा हुन आउने मात्रा, भाग वा अंश (उदा.- यस व्यवसायमा रामले रु २५,००० र श्यामले २०,००० लगानी गरेकाले सोही अनुपातमा यसको नाफानोक्सान पनि तिनीहरूले बेहोर्ने भएका छन्।)।
2499 अनुपात ना. ३. समान आयाम भएका कुनै दुई मान, मूल्य वा सङ्ख्याको मान, मूल्य वा सङ्ख्या एकअर्कासँग कति पटक गुणा वा भाग जान सक्छन् भन्ने हिसाबले निर्धारित हुने र सिङ्गो सङ्ख्या वा भिन्नका रूपमा पनि प्रकट हुन सक्ने परस्परसापेक्ष मात्रात्मक सम्बन्ध। (जस्तो- ३ र ४ मा त्यही अनुपात छ, जुन १२ र १६ वा २४ वा ३२ मा छ; ३ र ४ को अनुपातलाई गणितात्मक भाषामा ३:४ वा ३/४ भनी लेख्न सकिन्छ।)।
2500 अनुपात ना. ४. प्रमाण र इच्छाका सापेक्ष मात्रागत सम्बन्धअनुरूप प्रमाणफल र इच्छाफलको सम्बन्धमा निर्धारित हुने त्रैराशिक वा पञ्चराशिक क्रिया।