Dictionary

All Word

2851 अनियन्त्रित वि. विप. नियन्त्रित ।
2852 अनियम ना. १. नियमको अभाव; अव्यवस्था; बेथिति ।
2853 अनियम ना. वि. २. नियम नमान्ने ।
2854 अनियमित वि. १. नियम नभएको; नियम नअँगालिएको ।
2855 अनियमित वि. २. नियमको पालन नगरिएको; नियमविपरीत; नियमले नमिल्ने ।
2856 अनियमित वि. ३. व्यवस्था नभएको; अव्यवस्थित ।
2857 अनियमित वि. ४. नियमित नभएको ।
2858 अनियमित वि. ५. कुनै खास स्थान, समय वा प्रक्रिया आदि निर्धारित नभएको ।
2859 अनियमित गिरफ्तारी ना. १. कानुनको विधि नुपऱ्याई कसैलाई पक्राउ गर्ने काम; कुनै अभियुक्त अर्थात् दोषीलाई बिनापुर्जी गरिने गिरफ्तारी ।
2860 अनियमित गिरफ्तारी ना. २. कुनै पनि मान्छेलाई शान्तिसुरक्षाअन्तर्गत गरिने पक्राउ ।
2861 अनियमितता ना. १. नियमअन्तर्गत नपर्नाको भाव वा अवस्था; नियमितताको अभाव ।
2862 अनियमितता ना. २. व्यवस्थितताको अभाव; अव्यवस्थितता।
2863 अनियमितता ना. ३. कुनै खास तरिका वा प्रक्रिया नतोकिएको स्थिति ।
2864 अनियमितता ना. ४. ऐनकानुन र रुल नियमको पालना नभएको स्थिति ।
2865 अनियमितता ना. ५. निर्धारित नियम र प्रक्रिया नपुयई खर्चबर्च आदि गर्दा हुन आउने दोष ।
2866 अनिरुद्ध वि. १. नरोकिएको; रोकतोक नभएको ।
2867 अनिरुद्ध वि. २. फुक्का; खुला; स्वच्छन्द।
2868 अनिरुद्ध वि. ना. ३. कृष्णका नाति; प्रद्युम्नका छोरा र उषाका प्रेमी तथा पति ।
2869 अनिर्णय ना. १. निर्णय नहुनाको भाव, गुण वा अवस्था; निर्णयको अभाव।
2870 अनिर्णय ना. २. कुनै प्रश्न, समस्या वा कुराको छिनाफाना, निक्र्योल, समाधान आदि नभएको स्थिति ।
2871 अनिर्णय ना. ३. कुनै मुद्दा, झगडा वा विवादको टुङ्गो नलागेको अवस्था ।
2872 अनिर्णय ना. ४. अनिश्चय; बेनिधो ।
2873 अनिर्णीत वि. छिनाफाना नगरिएको; अनिर्णयको बन्दी भएको; निर्व्योल नगरिएको; टुङ्गो नलगाइएको; निर्णय नभएको ।
2874 अनिर्दिष्ट वि. १. कुनै प्रकारको निर्देशन नभएको; दिशानिर्देश नगरिएको; निर्धारण नगरिएको ।
2875 अनिर्दिष्ट वि. २. नबताइएको; नऔँल्याइएको; नअह्राइएको; नतोकिएको ।
2876 अनिर्दिष्ट वि. ३. कुनै लक्ष्य वा उद्देश्य नभएको ।
2877 अनिर्दिष्ट वि. ४. अनिश्चित; अनिर्धारित; अनिर्देशि।
2878 अनिर्धारित वि. १. नतोकिएको; निर्धारण नगरिएको ।
2879 अनिर्धारित वि. २. निश्चित नगरिएको।
2880 अनिर्वचनीय वि. १. निर्वचन नगरिएको वा गर्न नसकिने ।
2881 अनिर्वचनीय वि. २. बताउन, परिभाषा दिन, वर्णन गर्न वा उल्लेख गर्न नसकिने; अवर्णनीय; वर्णनातीत ।
2882 अनिर्वाचित वि. १. नचुनिएको; निर्वाचनको प्रक्रियाबाट नआएको ।
2883 अनिर्वाचित वि. २. मनोनयन गरिएको; मनोनीत ।
2884 अनिर्वाचित वि. ३. निर्वाचन नगराइएको ।
2885 अनिल ना. हावा; बतास; वायु ।
2886 अनिवार्य वि. १. हटाउन, पन्छाउन वा रोक्न नसकिने; निवारण गर्न नसकिने वा नहुने ।
2887 अनिवार्य वि. २. भइछाड्ने; अवश्य हुने; अवश्यम्भावी।
2888 अनिवार्य वि. ३. बच्न नसकिने; त्याग्न वा छोड्न नसकिने र नहुने ।
2889 अनिवार्य वि. ४. नभई काम नचल्ने; नभई नहुने; अत्यावश्यक; परमावश्यक।
2890 अनिवार्य वि. ५. विकल्प नभएको ।
2891 अनिवार्य वि. ६. कुनै पाठ्यक्रमअन्तर्गत लिनै पर्ने वा अध्ययन गर्ने पर्ने; इच्छाधीन नभएको ।
2892 अनिवार्य अवकाश ना. कर्मचारीका सेवाको तोकिएको हदम्याद वा उमेर पूरा भएपछि र विशेष परिस्थिति वा कारणले बिचैमा पनि निजको नोकरी वा सेवा समाप्त गरी दिइने अवकाश ।
2893 अनिवार्य बचत ना. १. सेवापछिको अवधिका निम्ति गुजारा गर्न सजिलो होस् भनी कर्मचारीको तलबबाट नियमित रूपमा केही रकम काटी त्यति नै रकम सम्बन्धित कार्यालयबाट थपी चक्रवृद्धि ब्याजका साथ सञ्चित गरिने काम; सञ्चयकोषकट्टी ।
2894 अनिवार्य बचत ना. २. भूमिसुधार कार्यक्रमअन्तर्गत गाउँ गाउँमा किसानहरूको आर्थिक उत्पादनबाट नियमानुसार नगदीजिन्सी रकम उठाई त्यसको ब्याजसहित खाता राखी बचत गरिने पद्धति ।
2895 अनिवार्य विषय ना. नेपालको शिक्षा परिपाटीअन्तर्गत विद्यार्थीले पढ्नै पर्ने नेपाली, अङ्ग्रेजीजस्ता विषय ।
2896 अनिवार्य विषय समिति ना. अनिवार्य विषयको पाठ्यक्रम आदिको व्यवस्था गर्ने समिति।
2897 अनिवार्य शिक्षा ना. विद्यालयको शिक्षा ऐच्छिक कुरा नभएर सबैका लागि अनिवार्य गराउने गरी लागु गरिएको शिक्षाव्यवस्था।
2898 अनिश्चय ना. १. निधो नभएको स्थिति वा अवस्था; निधो नहुने गुण, क्रिया वा प्रक्रिया।
2899 अनिश्चय ना. २. निश्चयको अभाव; अनिर्णय; बेनिधो ।
2900 अनिश्चित वि. निश्चय नभएको वा नगरिएको ।