Dictionary

All Word

3151 अनुपात ना. ४. प्रमाण र इच्छाका सापेक्ष मात्रागत सम्बन्धअनुरूप प्रमाणफल र इच्छाफलको सम्बन्धमा निर्धारित हुने त्रैराशिक वा पञ्चराशिक क्रिया।
3152 अनुपात ना. ५. कुनै काष्ठादि वा रसादि औषधी तयार गर्दा प्रयोग गरिने विभिन्न वस्तुको परस्परसापेक्ष मात्रा; अंश; भाग; भागबाँडो ।
3153 अनुपाती वि. अनुपातको; अनुपातसम्बन्धी; आनुपातिक ।
3154 अनुपादेय वि. १. उपादेयता वा उपयोगिता नभएको; अनुपयोगी।
3155 अनुपादेय वि. २. स्वीकार गर्न लायक नभएको; ग्राह्य नभएको; अग्राह्य।
3156 अनुपादेय वि. ३. कुनै प्रकारको पनि महत्त्व, मूल्य वा आवश्यकता नभएको; उपादेयतारहित; उपादेयताविहीन; अनावश्यक ।
3157 अनुपादेयता ना. १. उपादेयता वा उपयोगिताको अभाव; अनुपादेय हुनाको भाव ।
3158 अनुपादेयता ना. २. ग्रहण गर्न वा स्वीकार गर्न लायक कुनै पनि गुणको अभाव; कुनै पनि प्रकारको महत्त्व, मूल्य, उपयोगिता वा प्रयोजनको अभाव।
3159 अनुपान/अनुपाम ना. १. आयुर्वेदिक औषधीमा एक औषधीका साथसाथै मिसाइएको कुनै अर्को औषधी ।
3160 अनुपान/अनुपाम ना. २. औषधी खाएपछि वा साथसाथै खाइने अर्को औषधी वा खाद्य वस्तु ।
3161 अनुपान/अनुपाम ना. ३. औषधीको ठिक्क अड्कलिएको मात्रा ।
3162 अनुपूरक वि. १. पहिले भएको कामको वा पहिलेका वस्तुको अपुगमा थपिने; नपुग भएमा थप गरिने; सम्पूरक ।
3163 अनुपूरक वि. ना. २. त्यसरी थपिने वस्तु।
3164 अनुपूरित वि. भइसकेको काम भएको वस्तु आदिमा कमी वा अपूर्ण भई पछिबाट पूर्ति गरिएको; पछिबाट थपिएको; पूरा गरिएको; सम्पूरि।
3165 अनुप्रस्थ ना. १. सितार, गितारजस्ता तारवाद्यमा औँलाले तारलाई रगड्दा पहिलोपल्ट निस्कने कम्पन; तार आदिबाट पहिलोपल्ट आउने स्वर ।
3166 अनुप्रस्थ ना. वि. २. क्षितिजसँग सम्बन्ध रहेको; आकाशसँग सम्बन्धित; क्षैतिज ।
3167 अनुप्राणित वि. १. प्राण हालिएको; सजीव तुल्याइएको ।
3168 अनुप्राणित वि. २. प्रेरणा प्रदान गरिएको ; प्रेरित गरिएको ।
3169 अनुप्राणित वि. ३. निकै मात्रामा प्रभावित; प्राणवान्; सजीव; उत्प्रेरित; प्रेरि।
3170 अनुप्रास ना. साहित्यसिद्धान्तअनुसार पद वा पदावलीअन्तर्गत समान ध्वनि भएका एक वा अनेक व्यञ्जनवर्णको बारम्बार आवृत्ति हुँदा हुन जाने शब्दालङ्कार ( छेकानुप्रास, वृत्त्यनुप्रास, श्रुत्यनुप्रास, लाटानुप्रास, अन्त्यानुप्रास इ)।
3171 अनुप्रास ना. )।
3172 अनुबद्ध वि. कुनै मुख्य विषयवस्तुसँग सम्बद्ध; कसैका प्रति बफादारीपूर्वक संलग्न भएको ।
3173 अनुबन्ध ना. १. दुई वा धेरै व्यक्ति, संस्था, पक्ष आदिका बिचको सम्झौता ।
3174 अनुबन्ध ना. २. त्यस्तो सम्झौताको लिखत ।
3175 अनुबन्ध ना. ३. ग्रन्थसँग सम्बन्धित विषय, प्रयोजन र विषयी यी तीनैको सम्बन्धमध्ये कुनै एक ।
3176 अनुबन्धन ना. अनुबन्ध; करार; सम्झौता।
3177 अनुबन्धन अधिकृत ना. कार्यालय आदिमा अनुबन्ध गर्ने अधिकारी ।
3178 अनुबन्धित वि. अनुबन्ध गरिएको ।
3179 अनुभरण ना. कुनै सेवामा जीवन बिताउने मान्छेका मृत्युपछि उनीहरूका स्वास्नी, छोराछोरीले जीवननिर्वाहका निमित्त पाउने जीवनवृत्ति; अनुवृत्ति।
3180 अनुभव ना. १. इन्द्रिय वा स्नायुहरूका माध्यमबाट उत्पन्न उद्दीपनको फलस्वरूप प्रकट हुने मानसिक अनुक्रिया; अनुभूति; संवेदन।
3181 अनुभव ना. २. पाँचै इन्द्रियले भोगी केही कुरो चाल पाउने क्रिया वा त्यसरी चाल पाएको ज्ञान ।
3182 अनुभव ना. ३. भोगाइ, चेताइ, बेहोराइ आदिको क्रिया वा प्रक्रिया ।
3183 अनुभव ना. ४. उक्त क्रियाप्रक्रियाबाट प्राप्त मानसिक बोध |
3184 अनुभव ना. ५. स्वाद, गुण, विशेषता आदिको उपभोग तथा त्यस्तो उपभोगबाट प्राप्त बौद्धिक लाभ ।
3185 अनुभव ना. ६. उमेर, व्यस्तता, सहभागिता आदिले गर्दा विचार र शिल्पमा आउने परिपक्वता ; दक्षता; चातुर्य ।
3186 अनुभववाद ना. अनुभवलाई नै प्रधानता दिने एक दर्शन ।
3187 अनुभववादी वि. अनुभववादसम्बन्धी; अनुभववादको अनुयायी ।
3188 अनुभवहीन वि. अनुभव नभएको ।
3189 अनुभवहीनता ना. अनुभवहीन चाल वा अवस्था।
3190 अनुभवात्मक वि. अनुभवसँग सम्बन्धि।
3191 अनुभवाश्रित वि. अनुभवको भर परेको; अनुभवमा अडेको (ज्ञान, विचार इ.)।
3192 अनुभव वि. अनुभव भएको वा पाएको ।
3193 अनुभाव ना. १. साहित्यशास्त्रअनुसार, मनमा कुनै भाव उब्जँदा र विशेषतः कुनै रसको अनुभूति हुँदा प्रकट हुने मानसिक र शारीरिक व्यापार; भावलाई उपयुक्त लक्षणद्वारा प्रकाशित गर्ने मानसिक र शारीरिक व्यापार ।
3194 अनुभाव ना. २. भरतको रसनिष्पत्तिसम्बन्धी सूत्रअनुसार विभाव र व्यभिचारी भावका साथ रसनिष्पत्तिमा भूमिका खेल्ने तत्त्व; स्थायी भाव उद्दीप्त भएपछि त्यसका आश्रयमा प्रकट भएर स्थायी भावलाई बाहिर प्रकाश गर्ने कार्यश्रेणीको व्यापार ।
3195 अनुभाव ना. ३. मर्यादा; चमक; शक्ति ।
3196 अनुभाव ना. ४. वैभव; प्रभाव।
3197 अनुभाव ना. ५. सङ्कल्प; विश्वास ।
3198 अनुभावन ना. १. शरीरका चेष्टा, मुद्रा वा भङ्गिमाद्वारा मनका भावको प्रकाशन ।
3199 अनुभावन ना. २. अनुभाव व्यापार ।
3200 अनुभाव्य वि. १. अनुभव नगरी नहुने; अनुभव गर्नुपर्ने ।