Dictionary

All Word

3301 अपगत वि. ३. नाश भएको; नष्ट ।
3302 अपगत वि. ४. टाढा हटेको ।
3303 अपगति ना. १. निकृष्ट वा खराब गति; दुर्गति; खराब अवस्था ।
3304 अपगति ना. २. नराम्रो बाटो लाग्ने काम ।
3305 अपगति ना. ३. हट्ने वा ठाउँ छाड्ने काम ।
3306 अपगति ना. ४. नाश; विनाश।
3307 अपघात ना. १. अनुचित वा नराम्रो आघात; मार्ने वा हत्या गर्ने काम; हिंसा; वध।
3308 अपघात ना. २. विश्वासघात ।
3309 अपघाती वि. १. अपघात गर्ने; हत्यारो; हत्या वा हिंसा गर्ने ।
3310 अपघाती वि. २. विश्वासघात गर्ने; विश्वासघाती ।
3311 अपच वि. १. पाचन नहुने; नपच्ने । ना.
3312 अपच वि. २. अन्न आदि वस्तु नपच्ने काम वा अवस्था ।
3313 अपच वि. ३. भोजन नपच्ने रोग ।
3314 अपचालक वि. १. बलजफ्तीसँग कुनै कुरालाई लैजाने वा हिँडाउने।
3315 अपचालक वि. २. नराम्रोसँग सञ्चालन गर्ने ।
3316 अपचालक वि. ३. विज्ञान वा प्रविधिका अनुसार प्रसार वा विस्तारमा प्रतिकूल असर पार्ने; फैलन नदिने ।
3317 अपचालन ना. १. आफूले राखेको माग पूरा नहोउन्जेल यानका चालकलाई बलपूर्वक वा डरत्रास देखाई आफूले भनेका ठाउँमा ओराल्न बाध्य गराउने काम; अपहरण ।
3318 अपचालन ना. २. नराम्रोसँग चलाउने कार्य ।
3319 अपचालन ना. ३. प्रसार वा विस्तारलाई अवरुद्ध पार्ने काम ।
3320 अपचालित वि. अपचालन गरिएको; नराम्रोसित चलाइएको ।
3321 अपजस ना. १. बदनाम; अपकीर्ति ।
3322 अपजस ना. २. विनाकसुर आइलागेको आरोप; दोषारोपण; वृथा आरोप।
3323 अपजसे/अपजस्याहा वि. अपजस पाउने; अबजसे ।
3324 अपजात वि. आफ्नो उत्पादक वा मूल वर्गको पूरै गुण नआएको; अपेक्षाकृत कम गुण भएको ।
3325 अपटु वि. पटु वा कुशल नभएको ।
3326 अपठित वि. १. नपढेको; पढ्ने काम नगरेको; अपढ; अनपढ (व्यक्ति) ।
3327 अपठित वि. २. नपढिएको (पाठ वा लेख ) ।
3328 अपढ वि. १. लेखपढ नगरेको; अनपढ; नपढेको।
3329 अपढ वि. २. अशिक्षित; मूर्ख।
3330 अपढन्ता वि. अपढ ।
3331 अपत्य ना. सन्तान; छोराछोरी; सन्तति।
3332 अपत्यार ना. कुनै विषय वा प्रसङ्गप्रति पत्यार नहुने अवस्था; अनपत्यार; अविश्वास।
3333 अपत्यारिलो वि. पत्यार नभएको ।
3334 अपत्यारो ना. अपत्यार।
3335 अपथ ना. १. हिँडडुल गर्न योग्य नभएको बाटो; विकट मार्ग।
3336 अपथ ना. २. अनुचित वा खराब मार्ग; कुबाटो ।
3337 अपथ्य वि. १. पथ्य नभएको; स्वास्थ्यलाई खराब गर्ने; स्वास्थ्यनाशक (खानेकुरो )। ना.
3338 अपथ्य वि. २. स्वास्थ्यलाई हित नगर्ने वस्तु; हानिकारक चिजबिज ।
3339 अपदस्थ वि. १. आफ्नो पद, स्थान वा सेवाबाट हटाइएको; पदच्युत ।
3340 अपदस्थ वि. २. पद वा सेवामा नरहेको; पदबाट हटेको ।
3341 अपद्रव्य ना. १. खराब वा निकृष्ट वस्तु; काम नलाग्ने चिजबिज ।
3342 अपद्रव्य ना. २. कुत्सित धन; घृणित सम्पत्ति।
3343 अपनत्व ना. स्वाधिकार; निजत्व; स्वत्व।
3344 अपनयन ना. १. कुनै वस्तु वा व्यक्तिलाई हटाउने वा निकाल्ने काम ।
3345 अपनयन ना. २. छुटकारा; वियोग ।
3346 अपनयन ना. ३. कुनै स्त्री वा बालकलाई उसका पति वा बाबुको घरबाट लुकाई, बहकाई अन्यत्र कहीँ भगाउने काम; अपहरण ।
3347 अपनाम ना. हे. दुर्नाम ।
3348 अपनिहिति ना. कुनै व्यञ्जनको पछि रहेको स्वरवर्ण अनुवर्ती रहेर पनि अगाडि आइपुग्ने भाषावैज्ञानिक प्रक्रिया (हँसिया = हँइस्या, थाकियो = थाइक्यो इ.) ।
3349 अपन्यास ना. १. गीतका खण्डखण्ड अलग गरेर देखाइने स्वर ।
3350 अपन्यास ना. २. खराब ठाउँमा राख्ने काम ।