Dictionary

All Word

3151 अन्नसत्र ना. दीनदुःखीलाई पाकेको अन्न बाँड्ने ठाउँ; सदावर्त बाँड्ने वा खुवाउने ठाउँ।
3152 अन्नाधुन्न क्रि.वि. हे. अन्धाधुन्ध।
3153 अन्नो वि. / ना. हे. अन्धो ।
3154 अन्भनु अ.क्रि. बेहुला बेहुलीका घरतर्फ वा बेहुली बेहुलाका घरतर्फ प्रस्थान हुनु; त्यसरी प्रस्थान हुँदा मोटर, उलिन्काठ, डोली आदिमा बसेर मङ्गलपूर्वक बिदा हुनु; अन्मनु।
3155 अन्भरिनु अ.क्रि. मन नपरेको मानिस कसैका घरमा आउनु वा जानु; घस्कनु; तन्कनु ।
3156 अन्भऱ्याइ ना. अन्भरिने भाव, क्रिया वा प्रक्रिया।
3157 अन्भऱ्याइनु क.क्रि. अन्भरिने पारिनु, अन्भरिन लाइनु ।
3158 अन्भऱ्याउनु प्रे.क्रि. १. अन्भरिने पार्नु; अन्भरिन लगाउनु । स.क्रि.
3159 अन्भऱ्याउनु प्रे.क्रि. २. मन नपरीकन करकापले दिनु; अनिच्छापूर्वक दिनु ।
3160 अन्भऱ्याउनु प्रे.क्रि. ३. मुस्किलसँग साहु तिर्नु; बल्लतल्ल रिन तिर्नु ।
3161 अन्भाइ ना. १. अन्भने भाव, क्रिया वा प्रक्रिया; अन्माइ। [अन्भाउ+आइ]
3162 अन्भाइ ना. २. अन्भाउने भाव, क्रिया वा प्रक्रिया।
3163 अन्भाइनु क.क्रि. अन्भाउने काम गरिनु; अन्माइनु।
3164 अन्भाउनु स.क्रि./ प्रे.क्रि. १. विवाह सिद्धिएपछि दुलाहादुलहीलाई मङ्गलपूर्वक बिदाइ गर्नु; दुलाहादुलहीलाई कन्यागृहबाट वरगृहतर्फ प्रस्थान गराउनु; अन्माउनु ।
3165 अन्भाउनु स.क्रि./ प्रे.क्रि. २. दुलाहालाई दुलहीका घरतर्फ प्रस्थान गराउनु।
3166 अन्भिनु अ.क्रि. १. अन्भने काम होइनु; अन्मिनु ।
3167 अन्भिनु अ.क्रि. २. अन्भनु।
3168 अन्मनु अ.क्रि. हे. अन्भनु ।
3169 अन्मरिनु अ.क्रि. हे. अन्भरिनु ।
3170 अन्माइ ना. हे. अन्भाइ ।
3171 अन्माइनु क.क्रि. अन्भाइनु ।
3172 अन्माउनु स.क्रि. / प्रे.क्रि. अन्भाउनु।
3173 अन्मिनु क.क्रि. अन्भिनु ।
3174 अन्य वि. १. अरू; अर्को ।
3175 अन्य वि. २. कुनै ।
3176 अन्य वि. ३. पराई; परचक्री ।
3177 अन्यजातीय वि. अर्कै जातिको; निर्दिष्ट जातिबाहेकको ।
3178 अन्यतम वि. १. धेरैमध्ये एक ।
3179 अन्यतम वि. २. सबैभन्दा आत्मीय वा घनिष्ठ।
3180 अन्यतर वि. दुईमध्ये एक ।
3181 अन्यत्र अव्य. कहीँ; कतै; अन्त ।
3182 अन्यत्री वि. परचक्री; पराई; बिरानो ।
3183 अन्यथा वि. १. उल्टो; विरुद्ध; विपरीत।
3184 अन्यथा वि. २. असत्य; झुटो; मिथ्या।
3185 अन्यथा वि. ३. अरू केही चिताए वा भनिएको भन्दा बेग्लै । ना.
3186 अन्यथा वि. ४. हेला; अपमान; तिरस्कार। क्रि.वि.
3187 अन्यथा वि. ५. त्यसो नभए; होइन भने; नत्र ।
3188 अन्यपुरुष ना. आफ्नो अगाडि नभएको अन्य व्यक्ति वा तेस्रो व्यक्तिलाई बुझाउने सर्वनाम; तृतीय पुरुष ।
3189 अन्यमनस्क वि. १. ध्यान वा मन लाग्नुपर्ने कुरामा नलागी अन्तै गएको; मन उडेको; मन ठेगानमा नभएको ।
3190 अन्यमनस्क वि. २. चित्तवृत्ति अन्तैतिर लागेको ।
3191 अन्य सापटी ना. मुख्य रूपमा लिएको भन्दा अतिरिक्त सापटी ।
3192 अन्याय ना. १. न्यायको अभाव वा न्याय नभएको स्थिति; बेइन्साफ; नीतिको विरोध ।
3193 अन्याय ना. २. अनुचित काम; अयोग्य व्यवहार।
3194 अन्याय ना. ३. अत्याचार; मनपरी; जथाभाबी।
3195 अन्यायवाला वि. १. अन्याय गर्ने; अन्यायी; कानुन विरोधी ।
3196 अन्यायवाला वि. २. जाली; अत्याचारी; फटाहा ।
3197 अन्यायवाला वि. ३. झगडियाले आफ्नो पक्षविरुद्धको वादी वा प्रतिवादीलाई तिरस्कारपूर्वक भन्ने शब्द ।
3198 अन्यायी वि. अन्याय गर्ने; अत्याचार गर्ने; इन्साफ नगर्ने ।
3199 अन्योक्ति ना. १. एउटालाई भन्दा अर्कामा घट्ने वा मिल्ने गरी भनिएको भनाइ।
3200 अन्योक्ति ना. २. यस्तो पर्दा हुने एक प्रसिद्ध अर्थालङ्कार।