Dictionary

All Word

3051 अन्तर्राष्ट्रिय समझदारी ना. अन्तर्राष्ट्रिय मेलमिलाप, मैत्रीव्यवस्था आदिका निम्ति हरेक राष्ट्रमा हुनुपर्ने समझदारी ।
3052 अन्तर्लापिका ना. १. प्रश्नभित्रै उत्तर छिपेर रहेको प्रहेलिका; कूट।
3053 अन्तर्लापिका ना. २. एक किसिमको गाउँखाने कथा ।
3054 अन्तर्वर्ती वि. १. बिचमा रहेको; मध्यस्थ।
3055 अन्तर्वर्ती वि. २. भित्र रहेको; अन्तर्गत।
3056 अन्तर्वाणिज्य ना. कुनै देशभित्र गरिने व्यापार; देशभित्रको व्यापार; भित्री व्यापार ।
3057 अन्तर्वार्ता ना. १. कुनै पदमा योग्य व्यक्ति छान्नका निम्ति सम्बन्धित अधिकारी तथा विशेषज्ञहरूद्वारा उमेदवारहरूलाई प्रश्न सोधेर तिनबाट उत्तर प्राप्त गरिने कार्य वा त्यस्तो कुराकानी।
3058 अन्तर्वार्ता ना. २. विशिष्ट व्यक्ति र पत्रकारहरूका बिचमा हुने सवालजवाफ ।
3059 अन्तर्वार्ता ना. ३. व्यक्ति व्यक्तिका बिच आपसमा भएको गुप्त कुराकानी ।
3060 अन्तर्वाष्प वि. भित्रभित्रै आँसु दबाई वा रोकी राखेको तर गहमा आँसु देखिने गरी चाहिँ नरोएको; अश्रुमय ।
3061 अन्तर्विरोध ना. १. भित्री वा आन्तरिक विरोध; पारस्परिक विरोध; बाहिरी र भित्री रूपमा सामञ्जस्यको अभाव; देखावट र वास्तविकतामा भिन्नता; बाह्य स्तरमा ठानिए, स्विकारिए वा देखिएभन्दा विपरीतको आन्तरिक धर्म वा स्वभाव ।
3062 अन्तर्विरोध ना. २. कुनै वस्तु, व्यक्ति र कुरामा आफैंभित्र आत्मविरोध हुनाको वा आफूलाई खण्डन गर्ने तत्त्व हुनाको भाव वा अवस्था । (उदा.- उनको बोलाइ र काम गराइमा ठुलो अन्तर्विरोध देखियो । अनेकौँ विरोधाभास र अन्तर्विरोध भएकाले तपाईंको सिद्धान्त स्वीकार्य हुन सक्तैन।)
3063 अन्तर्विरोधी वि. आन्तरिक विरोध भएको; आन्तरिक सामञ्जस्य नभएको; अन्तर्विरोधसँग सम्बन्ध राख्ने ।
3064 अन्तर्वेद ना. दुई नदीका बिचको भूभाग; अन्तर्वेदी; ब्रह्मावर्त; अन्तर्वेदी।
3065 अन्तर्वेदना ना. आन्तरिक वेदना; मानसिक दुःख वा कष्ट; मनको बह; मनको पिर ।
3066 अन्तर्वेदी ना. हे. अन्तर्वेद ।
3067 अन्तर्व्यापार ना. १. भित्री काम; अप्रकट रूपबाट गरिने काम ।
3068 अन्तर्व्यापार ना. २. अन्तर्वाणिज्य।
3069 अन्तश्चक्षु ना. भित्री आँखा; ज्ञानदृष्टि; ज्ञानचक्षु ।
3070 अन्तश्चेतना ना. पूर्ण चेतना नभई अर्द्धचेतना रहने स्थिति; अवचेतना।
3071 अन्तस्करण ना. १. मन; हृदय; भित्री हृदय; चित्त।
3072 अन्तस्करण ना. २. आत्मा; अन्तरात्मा ।
3073 अन्तस्करण ना. ३. सुखदुःख, असलखराब, सत्यअसत्य आदि चिन्ने मनको आन्तरिक शक्ति; विवेक ।
3074 अन्तस्तल ना. शरीरको आन्तरिक थलो; चित्त; मन; हृदय ।
3075 अन्तस्थ वि. १. भित्र रहेको; भित्री ।
3076 अन्तस्थ वि. २. आखिरमा रहेको वा हुने; अन्तिम। ना.
3077 अन्तस्थ वि. ३. 'य्, र्, ल्, व्' यी चारवटा वर्ण ।
3078 अन्तःस्फुरण ना. ज्ञान, विचार आदि मनभित्र स्फुरण हुने क्रिया; मनमा हुने कुनै कुराको फुराइ।
3079 अन्ताक्षरी ना. अरूले भनेका गीत वा कविताको अन्तिम अक्षरबाट सुरु गरी अर्को गीत वा कविता भनिने क्रिया, खेल वा प्रतियोगिता ।
3080 अन्ताराष्ट्रिय वि. हे. अन्तर्राष्ट्रिय ।
3081 अन्तिम वि. सबैभन्दा पछिको; पछिल्लो; आखिरमा गरिने (काम, कुरो, प्रयास इ.)।
3082 अन्तिमेत्थम् ना. कुनै सङ्गठन, कलकारखाना आदिमा कामदार, कर्मचारीहरूले कुनै काम वा माग पूरा गर्ने अन्तिम म्याद दिई त्यस म्यादभित्र काम नभएका खण्डमा अर्को पाइला चाल्ने धम्की दिने काम; अन्तिम चेतावनी; अल्टिमेटम।
3083 अन्ती ना. झारीका ढबको रक्सी हाल्ने धातुको भाँडो; मधुकलश।
3084 अन्त्य वि. १. पछिल्लो; पुछारको; आखिरको; अन्तिम। ना.
3085 अन्त्य वि. २. आखिरी अवस्था; मर्ने बेला; अन्तिम घडी ।
3086 अन्त्य वि. ३. किनारा; छेउ।
3087 अन्त्य वि. ४. समाप्ति; अवसान।
3088 अन्त्य वि. ५. मृत्यु; मरण ।
3089 अन्त्यकर्म ना. मरेपछि गरिने संस्कार; अन्तिम संस्कार; अन्त्येष्टि।
3090 अन्त्यज वि. १. अन्त्यमा जन्मिएको; तल्लो जात मानिएकोबाट पैदा भएको।
3091 अन्त्यज वि. २. तल्लो जाति; शूद्र ।
3092 अन्त्ययुग ना. आखिरी युग; कलियुग ।
3093 अन्त्यवर्ण ना. १. तल्लो श्रेणी वा जातको मानिस; निम्न वर्ण; शूद्र ।
3094 अन्त्यवर्ण ना. २. अन्तिम वर्ण वा अक्षर ।
3095 अन्त्यवर्ण ना. ३. कविताका चरण वा पदको आखिरी अक्षर ।
3096 अन्त्यवर्णलोप ना. कुनै शब्दमा अन्तिम वर्णको लोप हुने भाषावैज्ञानिक प्रक्रिया (जस्तै- राम, श्याम आदिको उच्चारणमा शब्दान्तको 'अ' ध्वनिको लोप) ।
3097 अन्त्यस्वरलोप ना. पदका अन्त्यमा रहेका स्वरको लोप हुने क्रिया (जस्तै-जाति > जात)।
3098 अन्त्यस्वरागम ना. शब्द वा पदका अन्त्यमा स्वर थपिने क्रिया । (जस्तै- श्रीमान् > श्रीमान, कीर्तिमान् > कीर्तिमान इ.) ।
3099 अन्त्याक्षरी ना. हे. अन्ताक्षरी ।
3100 अन्त्यानुप्रास ना. पद वा वाक्यका अन्त्यमा रहेको स्वर या व्यञ्जनमा सादृश्य हुँदा पर्ने शब्दालङ्कार; अनुप्रास शब्दालङ्कारको एक भेद ।