Dictionary

All Word

2951 अन्तरिम वि. ३. सोबिचको अवधिको हुनाले अस्थायी वा केवल कामचलाउ किसिमको (अन्तरिम अवधि, अन्तरिम काल, अन्तरिम व्यवस्था, अन्तरिम शासन, अन्तरिम सरकार इ.); मध्यवर्ती; अस्थायी।
2952 अन्तरी वि. अन्तरेको स्त्रीलिङ्गी रूप; कुनै बाबुका छोरीहरूमध्ये जन्मका क्रमले छैटौँ; ठाहिँलीभन्दा पछिल्ली; छोरी, बुहारी, फुपू आदिका गणनाक्रममा छैटौँ ।
2953 अन्तरीप ना. पातलो, साँगुरो र सोतो परी समुद्र वा विशाल तालको निकै भित्रसम्म पसेको भूभाग वा जमिनको विस्तार; सोतो परी निकै भित्रसम्म पसेका कारणले तीनैतर्फबाट समुद्रले घेरिएको भूभाग। (जस्तो- कन्याकुमारी अन्तरीप भारतको दक्षिणी भूसीमा हो। )
2954 अन्तरे वि. कुनै बाबुका छोराहरूमध्ये जन्मका क्रमले छैटौँ; जन्मका क्रमले जेठो, माहिलो, साहिँलो, काहिँलो र ठाहिँलोपछिको ।
2955 अन्तर्कथा ना. १. मनभित्र रहेको कुरा; मनको कुरा; आन्तरिक हालचाल।
2956 अन्तर्कथा ना. २. आन्तरिक कथा; भित्री कथा ।
2957 अन्तर्कथा ना. ३. साङ्केतिक कुरा; गुप्त कुरा; रहस्यमय कुरा ।
2958 अन्तर्कथा ना. ४. बाहिर प्रकट नभएको भित्री तत्त्व; कुनै वस्तु, व्यक्ति कार्य वा प्रसङ्गको अव्यक्त भित्री पक्ष ।
2959 अन्तर्कथा ना. ५. कुनै ठुलो कथाभित्रको सानो कथा; उपकथा।
2960 अन्तर्गत वि. १. कुनै व्यापक सन्दर्भभित्र पर्ने; कुनै विषय वा प्रसङ्गअन्तर्गत समावेश भएको; कुनै वस्तु, व्यक्ति, विषय आदिका अङ्गका रूपमा रहेको; समाविष्ट; सम्मिलित; सामेल ।
2961 अन्तर्गत वि. २. कसैका मातहत वा तैनाथको; कसैका अधीनमा वा रेखदेखमा रहेको। (उदा.- भक्तपुर जिल्ला वाग्मती अञ्चलअन्तर्गत पर्छ । साहित्यअन्तर्गत गद्य र पद्यका साथै नाटक पनि पर्छ। मेराअन्तर्गत तीन जना कर्मचारी काम गर्छन्।)
2962 अन्तर्घात ना. आफ्नाले आफ्नैलाई भित्रभित्रै पुऱ्याउने हानि नोक्सानी; बाहिर बाहिर वा सम्मुखमा ठिक्क पारी भित्रभित्रै कैंची मार्ने काम ।
2963 अन्तर्घाती वि. अन्तर्घात गर्ने ।
2964 अन्तर्जगत् ना. १. भित्री दुनियाँ; आन्तरिक संसार ।
2965 अन्तर्जगत् ना. २. मनको संसार।
2966 अन्तर्जगत् ना. ३. अन्तस्तल; हृदयतल।
2967 अन्तर्जातीय वि. विभिन्न जाति वा जातका बिचको; दुई वा दुईभन्दा बढी जातिका बिचको; अलग अलग जाति वा जातका बिचको। (उदा.- आजकल अन्तर्जातीय विवाहको प्रचलन बढ्दै गएको छ।)
2968 अन्तर्ज्ञान ना. १. मनमा वा अन्तस्करणमा हुने ज्ञान; अन्तर्बोध।
2969 अन्तर्ज्ञान ना. २. प्रकृतिबाटै जीवननिर्वाह, आत्मसुरक्षा आदिका निम्ति जीवलाई प्राप्त भएको आन्तरिक, सहज वा नैसर्गिक चेतना; सहज ज्ञान; सहजानुभूति।
2970 अन्तर्ज्ञान ना. ३. आफ्नै वा अरूका मनभित्रको कुरा जान्ने काम ।
2971 अन्तर्ज्वाला ना. १. भित्रको आगो; मनको राँको।
2972 अन्तर्ज्वाला ना. २. मानसिक दाह, दग्धि वा जलन; आन्तरिक रापताप; चिन्ता; सन्ताप।
2973 अन्तर्दशा ना. १. मनको अवस्था; आन्तरिक स्थिति; मनःस्थिति।
2974 अन्तर्दशा ना. २. जन्मकुण्डलीअन्तर्गत कुनै एक ग्रहको दशा वा महादशाअन्तर्गत पर्न आउने अन्य विभिन्न ग्रहको दशा वा भोगकाल।
2975 अन्तर्दर्शी वि. १. हृदय वा अन्तस्करणतर्फ हेर्ने ।
2976 अन्तर्दर्शी वि. २. बाहिरको वस्तुजगत्भन्दा आफूभित्रको अन्तर्जगत् तर्फ बढी उन्मुख; अन्तर्मुखी।
2977 अन्तर्दर्शी वि. ३. अरूका मनका कुराको अन्दाज गर्न सक्ने ।
2978 अन्तर्दशाह ना. हिन्दूसंस्कारअनुसार, मरेका व्यक्तिको आत्माको सद्गतिका लागि मरेका दिनदेखि दसौँ दिनसम्म गरिने काम वा कृत्य; सो दश दिनसम्म गरिने काजक्रिया; प्रेतकार्य ।
2979 अन्तर्दाह ना. १. शरीर वा मनको दाह, दग्धि वा जलन; औडाहा ।
2980 अन्तर्दाह ना. २. आन्तरिक रापताप; चर्को मानसिक कष्ट; मनको चर्को हुँडलो; मन पोल्ने काम; चर्को पिर ।
2981 अन्तर्दिशा ना. १. दुई दिशाका बिचको कोणमा पर्ने दिशा; आग्नेय, नैॠत्य, वायव्य र ईशान चार उपदिशामध्ये एक।
2982 अन्तर्दृष्टि ना. १. कुनै कुरा देख्ने, पहिचान्ने, सम्झने वा बुझ्ने भित्री आँखा; त्यसो गर्ने वा गर्न सक्ने आन्तरिक शक्ति; भित्री दृष्टि ।
2983 अन्तर्दृष्टि ना. २. अन्तर्ज्ञान; स्फुरण ।
2984 अन्तर्दृष्टि ना. ३. आन्तरिक चेतना; प्रज्ञा; भित्री ब्रह्म; ज्ञानचक्षु; नैसर्गिक विवेक । (उदा.- साहित्यकारहरूका अन्तर्दृष्टिबाट जीवन र जगत्‌का नयाँ नयाँ सत्य उद्घाटित हुन्छन्।)
2985 अन्तर्देशीय वि. १. देश वा मुलुकभित्रको; कुनै एक देशभित्र मात्र सीमित; आभ्यन्तर; आन्तरिक ।
2986 अन्तर्देशीय वि. २. दुई वा दुईभन्दा बढी देशहरूका बिचको; विभिन्न देशहरूसँग सम्बन्धित; अन्तर्राष्ट्रिय ।
2987 अन्तर्देशीय पत्र ना. हुलाकव्यवस्थाअन्तर्गत चल्ने भित्र चिठी लेख्न हुने र पट्याएपछि खामसमेतको काम दिने पत्र; हवाईपत्र।
2988 अन्तर्द्धान ना. भित्रको द्वन्द्व; कुनै ठाउँमा कुनै समयमा भइरहेको र देखिइरहेको कुनै चिज वा व्यक्ति आदि हेर्दाहेर्दै अचानक नदेखिने गरी बिलाउने, आँखाबाट ओझेल वा अलप हुने क्रिया; त्यसरी लुप्त वा गायब हुने काम; लोप; तिरोधान; अदृश्यता । (तपस्वीलाई वर दिनासाथ महादेव अन्तर्द्धान भए ।)
2989 अन्तर्द्वन्द्व ना. मनमा यसो गरूँ कि उसो गरूँ हुने स्थिति; मानसिक द्विविधाको अवस्था; आन्तरिक द्वन्द्व ।
2990 अन्तर्द्वार ना. घरको मूल ढोकाबाहेकको अर्को ढोका; जस्केलो।
2991 अन्तर्धान ना. हे. अन्तर्द्धान ।
2992 अन्तर्धारा ना. १. नदी वा समुद्रको माथिल्लो सतहमा प्रकट नभई सतहभन्दा तल वा भित्रभित्रै बग्ने पानी आदिको प्रवाह, सोतो वा धारा ।
2993 अन्तर्धारा ना. २. कुनै समाज वा वर्ग आदिका भित्रभित्र फैलिएको तर समान्यतः बाहिरी रूपमा प्रकट नहुने खालको विचार वा धारणा आदिको प्रवाह ।
2994 अन्तर्धारा ना. ३. मूल धारा वा प्रवाहका भित्रभित्र सञ्चारित हुने भित्री धारा; आन्तरिक धारा; भित्री धारा; गौण धारा। (उदा.- मोतीरामयुगको मूल धारा शृङ्गार भए पनि अन्तर्धाराका रूपमा चाहिँ भक्तिको पनि अस्तित्व रहेको छ) विप. मूल धारा ।
2995 अन्तर्ध्यान ना. १. मनमा गरिने ध्याउन्न वा ध्यान ।
2996 अन्तर्ध्यान ना. २. कुनै कुराका बारेमा मनको सोचाइ, अन्तर्दृष्टि वा ध्यान केन्द्रित गर्ने क्रिया ।
2997 अन्तर्ध्यान ना. ३. भित्री दृष्टि; मानसिक स्तरमा कुनै कुरामा तल्लीन भई डुब्ने र त्यसबारे मात्र सोच्ने क्रिया ।
2998 अन्तर्ध्वनि ना. १. भित्री ध्वनि वा आवाज; मूल वा बाहिरी रूपमा प्रकट ध्वनिका भित्र भित्र सञ्चार हुने आन्तरिक ध्वनि; ध्वनिभित्रको ध्वनि ।
2999 अन्तर्ध्वनि ना. २. कसैको आत्माको आवाज; अन्तरात्माको पुकार वा भित्री हृदयको आह्वान |
3000 अन्तर्ध्वनि ना. ३. आन्तरिक अभिप्राय; भित्री आशय ।