Dictionary

All Word

3001 अन्तर्नयन ना. १. भित्री आँखा; दिव्य दृष्टि; ज्ञानचक्षु; प्रज्ञाचक्षु; अन्तर्दृष्टि।
3002 अन्तर्निहित वि. १. बाहिरी रूपमा नदेखिए पनि भित्री रूपमा रहेको ।
3003 अन्तर्निहित वि. २. कुनै व्यक्ति वा कुराको भित्री अङ्गका रूपमा रहेको; छिपेर रहेको; छोपिएको ।
3004 अन्तर्निहित वि. ३. कुनै मूल कुराभित्र अन्तर्भाव भएको। (उदा.- तपाईंका भनाइमा त चर्को व्यङ्ग्य पो अन्तर्निहित छ नि!)
3005 अन्तर्निहितता ना. अन्तर्निहित हुनाको भाव, गुण वा अवस्था ।
3006 अन्तर्पट ना. १. छेकबार; पर्दा; बार ।
3007 अन्तर्पट ना. २. आड; आधार; भर ।
3008 अन्तर्पट ना. ३. चराका आँखाका बाहिरी पटलभित्रको जाली ।
3009 अन्तर्पट ना. ४. आच्छादन; ओत; ढकनी।
3010 अन्तप्रदिशिक वि. दुई वा दुईभन्दा बढी प्रदेश वा क्षेत्रसँग सम्बन्धित; दुई वा दुईभन्दा बढी प्रदेशका बिचको ।
3011 अन्तर्बोध ना. मनमा पैदा हुने अनुभूति वा ज्ञान; मानसिक चेतना; अन्तर्ज्ञान।
3012 अन्तर्भाव/अन्तर्भावना ना. १. भित्री भावना; आन्तरिक भाव; मनको भावना; भित्री आशय वा अभिप्राय; मनोभावना ।
3013 अन्तर्भाव/अन्तर्भावना ना. २. आफ्नो अलग पहिचान वा अस्तित्व त्यागी अरूमा विलीन, सम्मिलित वा समाविष्ट हुने काम।
3014 अन्तर्भाव/अन्तर्भावना ना. ३. कुनै खास व्यापक सन्दर्भअन्तर्गत अन्य प्रासङ्गिक कुरालाई मिलाउने र गाभ्ने, गाभिने क्रिया। (उदा.- मैले राखेको प्रस्तावअन्तर्गत तपाईंले उठाएको कुराको पनि अन्तर्भाव छ।)
3015 अन्तर्भावित वि. अन्तर्भाव भएको; समाविष्ट भएको; अन्तर्भूत।
3016 अन्तर्भूत वि. अर्कोमा विलीन भएको वा गाभिएको; समाविष्ट; अन्तर्भावित।
3017 अन्तर्भौम वि. जमिनभित्र रहेको; भूगर्भको।
3018 अन्तर्मन ना. १. भित्री मन; भित्री चेतना; अन्तर्हृदय; अन्तस्करण; अन्तरात्मा ।
3019 अन्तर्मन ना. २. अवचेतन मन ।
3020 अन्तर्मन्थन ना. १. कुनै कुराका बारेमा सूक्ष्म सोचविचार गरी त्यसका पक्षविपक्ष, लाभहानि आदि सम्पूर्ण सम्भावना केलाउने काम।
3021 अन्तर्मन्थन ना. २. आन्तरिक तर्कवितर्क प्रशस्त मात्रामा गरी कुरा मथ्ने वा मनन गर्ने काम।
3022 अन्तर्मुख / अन्तर्मुखी वि. १. भित्रतर्फ उन्मुख; अन्तस्करणतर्फ उन्मुख हुने प्रवृत्ति भएको ।
3023 अन्तर्मुख / अन्तर्मुखी वि. २. बाहिरी जगत्, क्रियाकलाप वा विषयतर्फभन्दा भित्री आध्यात्मिक कुराहरूमै लीन हुने ।
3024 अन्तर्मुख / अन्तर्मुखी वि. ३. आफ्नै विचार र कल्पनामा तल्लीन रहने र बाहिरी जगत् तर्फ कम रुचि राख्ने ।
3025 अन्तर्मुख / अन्तर्मुखी वि. ४. आफ्नो मनलाई आफैँमा वा आफूभित्रै केन्द्रित गर्ने ।
3026 अन्तर्मुख / अन्तर्मुखी वि. ५. अरूसँग उति सम्पर्क नराख्ने र बोलचाल नगर्ने अनि हिमचिम नबढाउने; आत्मकेन्द्री र सङ्कोची स्वभाव भएको । विप. बहिर्मुख/बहिर्मुखी।
3027 अन्तर्यामी वि. १. कसैका भित्री मनका सबै कुराहरू जान्ने; हृदय वा अन्तस्करणको रहस्य थाहा पाउने ।
3028 अन्तर्यामी वि. २. अन्तरात्मामा रहने वा वास गर्ने; अन्तरात्मामा अधिकार राख्ने । ना.
3029 अन्तर्यामी वि. ३. परमात्मा; परमेश्वर।
3030 अन्तर्राष्ट्र ना. विश्वका विभिन्न मुलुक; आफ्नो राष्ट्रबाहेकका अन्य राष्ट्र; स्वदेशबाहेक अन्य विभिन्न राष्ट्रको समुदाय; अन्तर्राष्ट्रिय जगत्।
3031 अन्तर्राष्ट्रवाद ना. १. कुनै एक देशको परिधिभित्र केन्द्रित हुनुलाई सङ्कुचित ठानी सम्पूर्ण विश्वका विभिन्न राष्ट्रलाई एकै एकाइका रूपमा लिएर विश्व वा पूरै मानवजातिलाई अखण्ड मानी तदनुरूप सङ्गठित वा असङ्गठित रूपमा आचरण तथा कार्य गर्नमा जोड दिने दर्शन वा सिद्धान्त ।
3032 अन्तर्राष्ट्रवाद ना. २. अन्तर्राष्ट्रिय स्तरका कार्यक्षेत्र, आधिपत्य, नियन्त्रण आदिमा विश्वास राख्ने वाद; विश्वबन्धुत्ववाद।
3033 अन्तर्राष्ट्रवादी वि. अन्तरार्ष्ट्रवादमा विश्वास राख्ने र तदनुसार आचरण तथा कार्य गर्ने ।
3034 अन्तर्राष्ट्रिय वि. १. दुई वा दुईभन्दा बढी मुलुक वा राष्ट्रका बिचको; विश्वका विभिन्न राष्ट्रसँग सम्बन्धित; विभिन्न राष्ट्रहरूले भाग लिएको; विभिन्न राष्ट्रहरूमा सक्रिय व्यवहार गरिने वा प्रचलित; विभिन्न राष्ट्रहरूमा शाखा, सङ्गठन, सदस्यता, क्रियाकलाप आदि भएको ।
3035 अन्तर्राष्ट्रिय वि. २. कुनै खास राष्ट्रको परिधिलाई नाघी सम्पूर्ण विश्व वा सिङ्गो मानवजातिसँग सम्बन्ध राख्ने; अन्तरराष्ट्रिय; अन्ताराष्ट्रिय ।
3036 अन्तर्राष्ट्रिय आयोग ना. अन्तर्राष्ट्रिय कामकारबाई एवं व्यवस्था आदिका निम्ति बनेको आयोग।
3037 अन्तर्राष्ट्रियकरण ना. कुनै खास राष्ट्रअन्तर्गत नराखी अन्तर्राष्ट्रिय तुल्याउने कार्य ।
3038 अन्तर्राष्ट्रिय कानुन ना. राष्ट्र राष्ट्रका बिच न्यायोचित व्यवहार गर्न बनेको कानुन ।
3039 अन्तर्राष्ट्रिय जलवायु केन्द्र ना. विभिन्न राष्ट्रहरूको जलवायु नाप गर्ने प्रमुख ठाउँ।
3040 अन्तर्राष्ट्रियता ना. कुनै खास देशका सङ्कुचित स्वार्थ र सीमामा नखुम्चिई सम्पूर्ण विश्व वा पूरै मानवजातिलाई आफ्ना चिन्तन र क्रियाकलापको लक्ष्य तुल्याउने मानवतावादी दृष्टिकोण, आस्था वा दर्शन। विप. राष्ट्रियता।
3041 अन्तर्राष्ट्रिय तिथि रेखा ना. १८० डिग्रीको देशान्तर रेखा ।
3042 अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ना. विभिन्न राष्ट्रहरूमा दूरसञ्चारको व्यवस्था मिलाउने सङ्घ वा समिति ।
3043 अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ ना. विभिन्न राष्ट्रहरूमा वायुयानबाट वारपार गर्ने विशेष प्रबन्ध मिलाउनका निम्ति बनेको सङ्घ।
3044 अन्तर्राष्ट्रिय न्यायालय ना. अन्तर्राष्ट्रिय मामिलाको जाँचबुझ एवं न्याय गर्ने अड्डा।
3045 अन्तर्राष्ट्रिय परिपाटी ना. अन्तर्राष्ट्रिय चालचलन, रीतिस्थति एवं नियम।
3046 अन्तर्राष्ट्रिय भाषा ना. सबै राष्ट्रहरूमा सरदर प्रयोग हुने भाषा ।
3047 अन्तर्राष्ट्रिय मुद्राकोष ना. संयुक्त राष्ट्रसङ्घका सदस्य भएका विभिन्न राष्ट्रहरूका मुद्राहरूको विनिमय, मूल्य स्थिर राख्नमा सहायता गर्ने आदि कामका निम्ति संयुक्त राष्ट्रसङ्घका रेखदेखमा स्थापित कोष वा खजाना ।
3048 अन्तर्राष्ट्रिय विकास सङ्घ ना. विभिन्न राष्ट्रहरूको आवश्यक विकासका निमित्त गठित सङ्घ ।
3049 अन्तर्राष्ट्रिय वित्त निगम ना. अन्तर्राष्ट्रिय सम्पत्तिको व्यवस्था गर्ने वा मुद्रासम्बन्धी कारोबार गर्ने संस्था।
3050 अन्तर्राष्ट्रिय वित्तीय आयोग ना. अन्तर्राष्ट्रिय अर्थव्यवस्थाका निम्ति बनेको आयोग ।