|
|
|
|
|
|---|---|---|---|
| 2851 | अन्डबन्ड | क्रि.वि. | ३. सिलसिला नमिलेको; असम्बद्ध र प्रलापजस्तो। (उदा.- आफ्ना हितैषीसँग पनि अन्डबन्ड कुरा गर्नु राम्रो होइन)। |
| 2852 | अन्डर | ना. | १. कसैको मातहत, अधीन, नियन्त्रण वा देखरेख । |
| 2853 | अन्डर | ना. | २. कसैभन्दा तल वा मनि रहेको स्थिति (उदा.- आफ्ना अन्डरमा काम गर्ने कर्मचारी वा जनशक्तिको भावना नबुझ्ने हाकिम सफल हुन सक्तैन।) |
| 2854 | अन्डरपाइन्ट/पेन्ट/प्यान्ट | ना. | शरीरको तल्लो भागमा लगाइने एक प्रकारको सानो छोटो भित्री अधोवस्त्र; इँजारघर वा ग्याँटिस आदि राखी त्यस आधारमा कम्मरमा वा कम्मरमनि बाँधिने, शरीरको कम्मरमनिको तल्लो भागमध्ये पछिल्तिरको पुट्ठो र चाक तथा अगिल्तिरको मूत्राशयसम्मको भाग ढाक्ने तथा दुवै तिघ्राको फिलाको माथिल्लो केही भाग पनि ढाक्ने गरी दुई पाटा जोरी सिइएको र अग्रभागमा टाँक वा चेन लगाई केही भाग खोल्न र बन्द गर्न सकिने भएको वा नभएको भित्री वस्त्र; सानो जाँघिया वा जाँघे; भित्री कट्टु; कच्छा । |
| 2855 | अन्डरलाइन | ना. | अधोरेखाङ्कित गर्ने काम; अधोरेखा; अधोरेखाङ्कन; कच; ढाक । |
| 2856 | अन्डरवियर/वेयर | ना. | हे. अन्डरपाइन्ट। |
| 2857 | अन्डस | वि. | १. कुनै कामका निम्ति हुने असजिलो; गाह्रो; अप्ठेरो। ना. |
| 2858 | अन्डस | वि. | २. खुँगे; दोधार; अठबा। |
| 2859 | अन्डा | ना. | अस्तनपायी चराचुरुङ्गी आदि जीवका पोथीजातका गर्भाशयबाट उत्पन्न प्रजननशील कीटाणुहरू भएको डिम्बलाई धारण गर्ने र पछि त्यही जीवकै अनुरूप बच्चा काढिने गोलो पिण्ड; चराचुङ्गीको फुल; त्यसलाई तारी वा उसिनी तयार गरिएको खाइने परिकार; फुल; डिम्बा; अन्डा। |
| 2860 | अन्डावाल | वि. | १. नसुमरिएको; आँड भएको । |
| 2861 | अन्डावाल | वि. | २. अन्डाको व्यापार गर्ने । |
| 2862 | अन्डावाल्नी | ना. | अन्डाको व्यापार गर्ने आइमाई; अन्डाको व्यापार गर्नेकी पत्नी । |
| 2863 | अन्डी | ना. | रेसमका रेसाबाट अलि मोटो किसिमले बुनिने प्राय: भारतका आसाममा तयार हुने ओढ्ने लुगा; एक प्रकारको भुलायो। |
| 2864 | अन्त: | अव्य. | कुनै उत्तरपदका अगिल्तिर लागी भित्री भाग वा आन्तरिक अंश आदि अभिप्राय बुझाउने पूर्वपद 'अन्तर' को त्यो विशेष रूप जुन उत्तरपदको पहिलो अक्षर कवर्ग, पवर्ग तथा शकार वा सकार भएमा हुन जान्छ (जस्तो- अन्तःकरण, अन्तःपुर, अन्तःप्रेरणा इ.)। |
| 2865 | अन्तःकरण | ना. | अभ्यन्तर; अन्तस्करण। |
| 2866 | अन्तःकाल | ना. | हे. अन्त्यकाल । |
| 2867 | अन्तःकालीन | वि. | दुई भिन्नाभिन्नै समय वा घटनाका बिचको; अन्तरिम कालको । |
| 2868 | अन्तःपुर | ना. | १. राजामहाराजा आदिका दरबार वा महलका रानीहरू र अन्य आइमाईहरू रहने भित्री कोठा; रनिवास; खोपी; जनानाखाना । |
| 2869 | अन्तःपुर | ना. | २. भित्री सहर । |
| 2870 | अन्तःप्रेरणा | ना. | १. कुनै कामकुराबारे मनमा आफैँआफ उब्जेको प्रेरक भावना वा विचार; भित्रैदेखि मनमा पैदा भएको प्रेरणा वा प्रवृत्ति। |
| 2871 | अन्तःप्रेरणा | ना. | २. सहज वा स्वाभाविक रूपमा कुनै कामकुराबारे मनमा हुन आएको स्फुरण; बाहिरी कारणबाट प्रेरित नभई आन्तरिक रूपमा पैदा भएको प्रेरणा। |
| 2872 | अन्तःप्रेरणा | ना. | ३. मनोविज्ञानका अनुसार कुनै कामकुरा गर्न आन्तरिक रूपमा अनुभव गरिएको उद्दीपन; कुनै कामकुरामा प्रवृत्त हुन कसैलाई प्रेरित गर्ने आन्तरिक उद्दीपन; सहज प्रेरणा; स्वाभाविक प्रेरणा; आन्तरिक प्रेरणा (उदा.- यो काम कसैले लगाएर होइन, मैले आफ्नै अन्तःप्रेरणाले गरेको हुँ।) |
| 2873 | अन्तःशुद्धि | ना. | आत्मा वा अन्तस्करणको शुद्धता; हृदयमा कुनै पाप वा कालोमैलो नभई पवित्र, स्वच्छ वा उज्ज्वल हुनाको भाव वा अवस्था; चित्तशुद्धि। |
| 2874 | अन्तःशुल्क | ना. | देशभित्र उब्जेका र आफ्ना देशमै तयार गरिएका कतिपय चिजबिज, मालसामान आदिको देशभित्रैको उत्पादन, बिक्री वा खपतमा सरकारद्वारा लगाइएको भित्री कर; भन्सार । |
| 2875 | अन्तःशुल्क अधिकारी | ना. | देशभित्र बनेका उपभोग्य वस्तुहरूमाथि सरकारले लगाएको असुलउपर गर्ने प्रमुख अधिकारी । |
| 2876 | अन्तःशुल्क कार्यालय | ना. | सो कर उठाउने काम गर्ने कार्यालय । |
| 2877 | अन्तःसङ्गीत | ना. | कविता आदिमा अन्तर्निहित गेय गुण । |
| 2878 | अन्तःसञ्चार | ना. | आन्तरिक विचारहरूको सञ्चार हुने क्रिया; आन्तरिक कुराकानी। |
| 2879 | अन्त:साक्षी | ना. | १. भित्री हृदयका कुराहरूको साछी । |
| 2880 | अन्त:साक्षी | ना. | २. अन्तर्यामी; परमात्मा। वि. |
| 2881 | अन्त:साक्षी | ना. | ३. मनमा खेल्ने असल र खराब दुवै थरी भावना, विचार आदिको साछी भएर रहेको । |
| 2882 | अन्तःस्थ | वि. | हे. अन्तस्थ। |
| 2883 | अन्तःस्थ राज्य | ना. | दुई ठुलठुला राज्यहरूका बिचमा रहेको सानो राज्य । |
| 2884 | अन्त१ | ना. | १. कुनै कामकुराको आखिरी अवस्था; सो कामकुरा वा ग्रन्थ, लेख आदि पूरा हुने वा टुङ्गिने समयविन्दु; आखिरी; टुङ्गो । |
| 2885 | अन्त१ | ना. | २. कुनै वस्तु वा कुराको अस्तित्व, विस्तार आदिको अवसान वा समाप्ति हुने ठाउँ; हद । |
| 2886 | अन्त१ | ना. | ३. कुनै कामकुरा खत्तम हुनाको भाव वा अवस्था; समाप्ति; नाश । |
| 2887 | अन्त१ | ना. | ४. कुनै प्राणीको जीवनको समाप्ति; मरण; मृत्यु; देहावसान । |
| 2888 | अन्त१ | ना. | ५. कुनै कामकुराको आखिरी नतिजा वा अन्तिम परिणाम । |
| 2889 | अन्त१ | ना. | ६. कुनै वस्तु, व्यक्ति, तत्त्व वा कामकुराबारेको यो यस्तो हो भन्ने रहस्य; वास्तविक तत्त्व वा भेद । |
| 2890 | अन्त२ | क्रि.वि. | वक्ताअनुसार जुन ठाउँको प्रसङ्ग छ त्यसभन्दा बाहेकको ठाउँमा; अरू ठाउँमा; अन्य स्थानमा; अन्यत्र। |
| 2891 | अन्त३ | क्रि.वि. | कुराका सिलसिलामा कसैको कुनै प्रसङ्ग वा कुरापछि अरू के कस्तो भयो भन्ने अतिरिक्त जिज्ञासा जनाउँदा दोस्रो वक्ताद्वारा प्रयोग गरिने शब्द; त्यसपछि; त्यसका अतिरिक्त। (उदा.- तिमीले रामलाई भेट्टायौ, अन्त के भयो ?) |
| 2892 | अन्तक | वि. | १. मार्ने । |
| 2893 | अन्तक | वि. | २. नाश गर्ने; टुङ्ग्याउने । |
| 2894 | अन्तक | वि. | ३. कुनै विन्दुमा पुगी टुङ्गिने, सकिने वा समाप्त हुने (दुःखान्तक, मरणान्तक इ.) । ना. |
| 2895 | अन्तक | वि. | ४. यमराज। |
| 2896 | अन्तक | वि. | ५. काल; मृत्यु । |
| 2897 | अन्तकाल | ना. | कुनै प्राणीको अन्त हुने वा मरणको अवस्था; अन्तिम काल; आखिरी घडी; मृत्युकाल; मरणसमय। |
| 2898 | अन्ततः | क्रि.वि. | कुनै कामकुराका सिलसिलामा सुरुमा वा बिचबिचमा जेजसो भए पनि आखिरमा; आखिरी विन्दुसम्ममा; अन्ततोगत्वा; आखिरमा; अन्तमा । |
| 2899 | अन्ततोगत्वा | क्रि.वि. | कुनै कामकुराका क्रममा थालनीमा वा माझमा जेजस्तो भए पनि आखिरमा गएर; अन्तिम बिन्दुसम्ममा पुगेर; अन्तमा आइपुगेपछि; अन्ततः; अन्तमा; आखिरमा । (उदा.- तिमीले स्वास्थ्यका कारणले अन्ततोगत्वा चुरोट खाने बानी छाड्नै पर्छ।) |
| 2900 | अन्तर | अव्य. | १. कुनै उत्तरपदका अगिल्तिर लागी सो आधारपदका सन्दर्भका माझमा, भित्री रूपमा, मातहतमा अथवा परस्परको भन्ने अभिप्राय जनाउने पूर्वपद (अन्तरविद्यालय, अन्तरात्मा इ.)। |