|
|
|
|
|
|---|---|---|---|
| 2801 | अनेकाक्षर | ना. | १. एकभन्दा बढी वा अनेक अक्षर; एकाधिक अक्षरको योग वा त्यस्तो समूह। वि. |
| 2802 | अनेकाक्षर | ना. | २. एकभन्दा बढी वा अनेक अक्षर भएको । |
| 2803 | अनेकाक्षरी | वि. | अनेक अक्षर भएको; अनेकाक्षर । |
| 2804 | अनेकाच् | वि. | एकभन्दा बढी वा अनेक अच् या स्वरवर्ण भएको । विप. एकाच् । |
| 2805 | अनेकानेक | वि. | १. अनेकभन्दा पनि अनेक; अनेकौँ प्रकारको; नानावलीको; नानाथरी। |
| 2806 | अनेकानेक | वि. | २. हुँदोनहुँदो; बाह्रसत्ताइस (उदा.- उसले अनेकानेक कुरा देखाई सम्झाए पनि मेरो चित्त बुझेन ।) । |
| 2807 | अनेकार्थ | ना. | १. कुनै शब्द, वाक्य, अभिव्यक्ति वा कुराको एकभन्दा बढी अर्थ; नानार्थ; बहु अर्थ | वि. |
| 2808 | अनेकार्थ | ना. | २. एकभन्दा बढी अर्थ वा अभिप्राय भएको; अनेक अर्थमा प्रयोग हुन सक्ने; नानार्थक; नानार्थी; अनेकार्थक; अनेकार्थी । |
| 2809 | अनेकार्थक | वि. | अनेकार्थ । |
| 2810 | अनेकार्थकता | ना. | एकभन्दा बढी वा नाना अर्थ हुनाको भाव वा अवस्था; नानार्थता; नानार्थकता । |
| 2811 | अनेकार्थी | वि. | अनेकार्थ । (उदा.- माल नेपाली भाषाको अनेकार्थी शब्द हो।) |
| 2812 | अनेकाश्रय | वि. | एकभन्दा बढी आश्रय वा आधारस्थान भएको; एकभन्दा बढी कुरासँग सम्बन्ध राख्ने; एकभन्दा बढी प्रसङ्गमा लाग्ने । |
| 2813 | अनेकाश्रयी | वि. | अनेकाश्रय । विप. एकाश्रयी । |
| 2814 | अनेकाश्रित | वि. | एकभन्दा बढी वा अनेक कुरामा आश्रित, आधारित वा निर्भर; अनेकाश्रय । विप. एकाश्रित । |
| 2815 | अनेकौँ | वि. | एकभन्दा बढी; अनेक; धेरै; कैयन; प्रशस्त; अनेकन्। |
| 2816 | अनैकान्तिक | वि. | १. एउटै वस्तु वा कुरामा स्थिर नरहने; अपरिहार्य नभएको । |
| 2817 | अनैकान्तिक | वि. | २. एकान्तमा बस्न नरुचाउने; एकान्तमा नभएको। ना. |
| 2818 | अनैकान्तिक | वि. | ३. पाँच प्रकारका हेत्वाभासमध्ये एक मात्र साधनका रूपमा नरहेको चाहिँ हेत्वाभास । |
| 2819 | अनैक्य | ना. | ऐक्य वा एकताको अभाव; अनेक हुनाको भाव वा अवस्था; एकरूप वा समान नहुनाको भाव वा अवस्था; अनेकता । विप. ऐक्य । |
| 2820 | अनैच्छिक | वि. | इच्छा नभएको; इच्छापूर्वक नगरिएको; अवाञ्छित । विप. ऐच्छिक । |
| 2821 | अनैतिक | वि. | १. कुनै समाजमा स्वीकृत वा प्रचलित भएभन्दा विपरीत आचरण गर्ने; कुनै संस्कृतिअन्तर्गत स्विकारिएका ठिक र बेठिक आचरणसम्बन्धी मर्यादाअनुकूल नचल्ने; यसो गर्नु हुन्छ र यसो गर्नु हुँदैन भन्ने सामाजिक र वैयक्तिक आचरण वा विधिनिषेधको पालना नगर्ने; स्वीकृत नैतिक मूल्यको अनुसरण नगर्ने । |
| 2822 | अनैतिक | वि. | २. नीतिअनुकूल नभएको; नीतिविरुद्ध; नीतिसङ्गत नभएको; नैतिकता नभएको । विप. नैतिक । |
| 2823 | अनैतिकता | ना. | नैतिकताको अभाव; अनैतिक हुनाको भाव वा अवस्था । |
| 2824 | अनैसर्गिक | वि. | १. प्राकृतिक रूपमा जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको; प्रकृतिसित नमिल्ने; अप्राकृतिक । |
| 2825 | अनैसर्गिक | वि. | २. बनावटी; कृत्रिम; नक्कली। |
| 2826 | अनैसर्गिक | वि. | ३. प्रकृति वा स्वभावअनुसार जेजस्तो हुनुपर्ने हो त्यस्तो नभएको; अस्वाभाविक; स्वभावविपरीत। विप. नैसर्गिक । |
| 2827 | अनैसर्गिकता | ना. | नैसर्गिक वा प्राकृतिक नहुनाको भाव, गुण वा अवस्था; अप्राकृतिकता। |
| 2828 | अनौ | ना. | खेतबारी जोत्नका लागि प्रयोग गरिने, हलीले हातद्वारा समात्ने र त्यसै आधारमा हलालाई निश्चित दिशामा जोत्ने गरी चलाइने हलाको हातो वा मुठ । |
| 2829 | अनौचित्य | ना. | १. जेजस्तो हुनुपर्ने हो वा हुनु उचित हो त्यसको अभाव; औचित्य वा उचितताको अभाव । |
| 2830 | अनौचित्य | ना. | २. अनुचित वा अनुपयुक्त हुनाको भाव वा अवस्था । |
| 2831 | अनौचित्य | ना. | ३. आचार्य क्षेमेन्द्रद्वारा प्रस्तुत औचित्यवादअनुसार कुनै कृतिमा साहित्यिक तत्त्व, रस आदिको उचित उपयोग नभएको अवस्था । |
| 2832 | अनौठो | वि. | १. सामान्यतः हुने वा देखिनेभन्दा नौलो; नयाँ किसिमको । |
| 2833 | अनौठो | वि. | २. आफ्ना असाधारणता, विशिष्टता वा विलक्षणताले गर्दा चकित, विस्मित वा हक्क न बक्कका साथै प्रसन्न तुल्याउने । |
| 2834 | अनौठो | वि. | ३. यसो हुन्छ होला वा हुन सक्छ भनी लिइएको सामान्य धारणा तथा विश्वासभन्दा बिलकुलै बेग्लै; आश्चर्यलाग्दो; विस्मयकारी; विलक्षण; अचम्मको; अपूर्व; अद्भुत; विचित्र; गजबको; छक्कलाग्दो । |
| 2835 | अनौपचारिक | वि. | १. औपचारिक नभएको; तोकिएको विधि, रीत वा औपचारिकता नपुऱ्याई गरिएको (भ्रमण, पोसाक, शिक्षा इ.)। |
| 2836 | अनौपचारिक | वि. | २. नियम वा दस्तुरअनुसार नभएको; आफूखुसी ( समाचार, चिठीपत्र इ.) । |
| 2837 | अनौपचारिक | वि. | ३. पूर्वयोजना नमिलाई वा पूर्वनिर्धारणविना आयोजन गरिएको (सभा, सम्मेलन इ.)। |
| 2838 | अनौपचारिकता | ना. | औपचारिकताको अभाव; अनौपचारिक हुनाको भाव, गुण वा अवस्था । |
| 2839 | अन्खासी | वि. | खास आफ्नो नभई पराई भएको; बिरानो (उदा.- दया भै अन्खासी, शठ हठ हट्यो वा लय भयो । लेखनाथ, तरुण तपसी ।) |
| 2840 | अन्जाम | ना. | १. कुनै कामकुराको परिणाम, फल वा असर। |
| 2841 | अन्जाम | ना. | २. सो परिणाम, फल वा असरको पूर्व अनुमान; अन्दाज; अडकल। |
| 2842 | अन्जाम | ना. | ३. परिणाम, नतिजा । |
| 2843 | अन्ठाउन्न | ना. | १. पचास र आठका योगबाट बन्ने सङ्ख्या; ५८ को अङ्क । वि. |
| 2844 | अन्ठाउन्न | ना. | २. पचास र आठका योगसङ्ख्याको। |
| 2845 | अन्ठाउन्नौँ | वि. | गणनाका क्रममा अन्ठाउन्न सङ्ख्यामा आउने; अन्ठाउन्न सङ्ख्यामा पर्ने । |
| 2846 | अन्ठान्नब्बे | ना. | १. सन्तान्नब्बेभन्दा एक बढीको सङ्ख्या; ९८ अङ्कद्वारा जनाइने गन्तीको परिमाण । वि. |
| 2847 | अन्ठान्नब्बे | ना. | २. नब्बे र आठका योगसङ्ख्याको । |
| 2848 | अन्ठान्नब्बेऔँ/अन्ठानब्बेयौँ | वि. | गन्तीका क्रममा अन्ठानब्बेचाहिँ सङ्ख्यामा पर्ने; अन्ठानब्बे सङ्ख्याको। |
| 2849 | अन्डबन्ड | क्रि.वि. | १. कुनै कामकुरा जेजस्तो हुनुपर्ने हो नभई जथाभाबी वा जथबातथबा भएर; कुनै तौरतरिकाबिना; भद्रगोल वा गोलमाल तवरले; गड्याङमड्याङ । (उदा.- अन्डबन्ड गरी काम गरियो भने लक्ष्य प्राप्त हुनेछैन ।) ना. |
| 2850 | अन्डबन्ड | क्रि.वि. | २. जेजसरी काम हुनुपर्ने हो सोअनुसार काम नभएको अवस्था; भद्रगोल; गोलमाल (उदा.- अन्डबन्ड पर्लाजस्तो लागेकाले मैले त्यो काम नै छाडिदिएँ ।)। वि. |