Dictionary

All Word

2651 अनुवचन ना. १. कुनै शब्द वा वाक्यको दुरुस्त अनुकरण गरी गरिने उच्चारण ।
2652 अनुवचन ना. २. भाषाशास्त्रअनुसार उही अर्थ भएको शब्दसँग द्वन्द्वसमासका रूपमा टाँसिन आउने कुनै शब्द (जस्तै- धनसम्पत्ति, दुःखदर्द, सागसब्जी इ.)।
2653 अनुवचन ना. ३. त्यसरी टाँसिने क्रियाप्रक्रिया।
2654 अनुवर्तन ना. १. नक्कल गर्ने काम; अनुसरण; अनुकरण।
2655 अनुवर्तन ना. २. समान आचरण; मिल्दोजुल्दो व्यवहार ।
2656 अनुवर्तन ना. ३. पछि लाग्ने वा पछ्याउने काम।
2657 अनुवर्ती वि. १. कुनै खास स्थान वा समयभन्दा पछिल्तिर रहने या रहेको; पश्चवर्ती ।
2658 अनुवर्ती वि. २. कुनै व्यक्तिको पछिपछि लाग्ने; कसैका अधीनमा वा मुठीमा रहेको; पछुवा; अनुयायी; अनुगामी ।
2659 अनुवर्ती कार्यक्रम ना. अनुवर्ती वा अनुगमनात्मक अध्ययनका लागि तयार गरिएको योजनाबद्ध कार्यक्रम ।
2660 अनुवाक ना. १. शास्त्रीय ग्रन्थको कुनै खास भाग, खण्ड वा अंश ।
2661 अनुवाक ना. २. कुनै एक विषयको प्रतिपादन गर्ने वैदिक ॠचा, कण्डिका वा मन्त्रहरूको समूह; वेदका अध्याय वा प्रकरणको खास अंश वा एक पाठ ।
2662 अनुवाद ना. एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने काम; उल्था; भाषान्तर; भाषिक रूपान्तर ।
2663 अनुवादक/कर्ता वि. १. उल्था गर्ने । ना.
2664 अनुवादक/कर्ता वि. २. उल्थ्याउने मान्छे ।
2665 अनुवादन ना. अनुवाद ।
2666 अनुवादित वि. अनुवाद गरिएको; अनूदित ।
2667 अनुवादी ना. कुनै रागको वादी स्वरको अनुरूप र सहकारी भई त्यस रागको सौन्दर्य बढाउनमा सहयोगी र संवादी स्वरभन्दा गौण स्वर ।
2668 अनुवाद्य वि. अनुवाद गर्न योग्य; उल्था गर्न लायक ।
2669 अनुविभाग ना. १. कुनै पुस्तक वा ग्रन्थमा रहेका मूल खण्डदेखि अतिरिक्त रहेको सानो खण्ड वा विभाग ।
2670 अनुविभाग ना. २. आफ्नै किसिमका चालचलन एवं व्यवहार भएको कुनै समाज वा सम्प्रदायको खण्ड वा उपभेद ।
2671 अनुविभाग ना. ३. कुनै कक्षामा रहेका समूहको विषय फरक हुने कारणले गर्दा छुट्टिएको सानो उपसमूह।
2672 अनुविभाग ना. ४. कुनै कार्यालयका विभिन्न विभागमध्ये एक; फाँट ।
2673 अनुविभागीय वि. १. अनुविभागको; अनुविभागसम्बन्धी ।
2674 अनुविभागीय वि. २. सरकारी वा गैरसरकारी विभागहरूमध्ये कुनै एक विभागको (अधिकारी, अधिकृत इ.)।
2675 अनुवृत्त वि. १. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरिसकेपछि सेवामुक्त भएको ।
2676 अनुवृत्त वि. २. व्याकरणअनुसार पहिलो सूत्रमा रहेको अर्थ पछिल्ला सूत्रमा पनि सम्बन्धित रहेको ।
2677 अनुवृत्त वि. ३. पछि आउने विषयसँग सम्बन्धित रहेको (दृष्टि वा विचार)।
2678 अनुवृत्ति ना. १. कुनै सरकारी वा गैरसरकारी संस्थामा निर्धारित समय वा उमेरसम्म काम गरी सेवाबाट मुक्त भइसकेपछि पनि निजलाई उक्त संस्थाबाट नियमित समयमा दिइने निश्चित रकम; निवृत्तिभरण।
2679 अनुवृत्ति ना. २. व्याकरणअनुसार अगिल्ला सूत्र वा नियमको अर्थ पछिल्ला सूत्र वा नियमसँग पनि सम्बन्धित रहने क्रिया ।
2680 अनुशयाना ना. साहित्यशास्त्रअनुसार प्रेमीसँग भेट्ने स्थान नष्ट हुनाले दुःखी भएकी परकीया नायिका ।
2681 अनुशासक ना. अनुशासनमा राख्ने व्यक्ति; आफ्ना अधीनस्थ वा आश्रित रहेका व्यक्तिहरूलाई शिष्टाचारमा राख्ने व्यक्ति ।
2682 अनुशासन ना. १. सामाजिक, नैतिक, धार्मिक, राजनीतिक आदि नियमनियमावलीको मर्यादा वा सो मर्यादाभित्र रहने कार्य ।
2683 अनुशासन ना. २. आदर्श आचरण र त्यसको पालना ।
2684 अनुशासन ना. ३. मान्य वस्तु र मान्यजनप्रतिको आस्था ।
2685 अनुशासन ना. ४. शिक्षा; तालिम; शिक्षण |
2686 अनुशासन ना. ५. शिक्षणक्रियाको एक पद्धति ।
2687 अनुशासन ना. ६. आफूमन्तिरकालाई काबुमा राख्ने कार्य; अदप।
2688 अनुशासन ना. ७. नियमितता; सुव्यवस्था; शान्तिसुरक्षा |
2689 अनुशासन ना. ८. संयम; आत्मसंयम ।
2690 अनुशासन पर्व ना. १. खण्डित अनुशासनलाई सुधार्ने प्रयास वा त्यो प्रयास भएको काल ।
2691 अनुशासन पर्व ना. २. महाभारतका अठार पर्वमध्येको एक पर्व ।
2692 अनुशासनप्रिय/प्रेमी वि. १. अनुशासन मन पराउने। ना.
2693 अनुशासनप्रिय/प्रेमी वि. २. अनुशासन मन पराउने व्यक्ति ।
2694 अनुशासनहीन वि. अनुशासन नभएको; अनुशासन नमान्ने; अनुशासनरहित।
2695 अनुशासित वि. १. अनुशासनमा रहेको; अनुशासन मान्ने ।
2696 अनुशासित वि. २. अनुशासनमा ल्याइएको वा राखिएको ।
2697 अनुशासितता ना. अनुशासित हुने तथा रहने कार्य वा गुण ।
2698 अनुशीलन ना. १. कुनै कुरा वा विषयको खोजीनिती, छानबिन वा चिन्तनमनन गर्ने काम ।
2699 अनुशीलन ना. २. कुनै ग्रन्थ, विषय, तथ्य वा समस्याका सबै अङ्गउपाङ्ग केलाई ज्यादै सूक्ष्म दृष्टिले विश्लेषणविवेचन गर्ने काम; त्यस्तो सूक्ष्म किसिमले गरिएको विश्लेषण र विवेचना ।
2700 अनुशीलन ना. ३. कुनै ग्रन्थ वा विषयको बारम्बार अध्ययन तथा अभ्यास गरी सूक्ष्मातिसूक्ष्म जानकारी प्राप्त गर्ने काम; चिन्तन; मनन; निरूपण; अध्ययन; आलोचना।