Dictionary

All Word

3401 अपराग ना. २. वैरभाव; द्वेष; शत्रुता।
3402 अपराग ना. ३. अरुचि; मोहहीनता ।
3403 अपराग ना. ४. असन्तोष; अतृप्ति ।
3404 अपराजिता ना. १. केराउको जस्ता कोसा हुने र सेतो वा निलो फूल फुल्ने एक खालको लहरो । (सेतो फूल फुल्नेलाई गिरिकर्णिका र निलो फूल फुल्नेलाई विष्णुक्रान्ता भनिन्छ।) ।
3405 अपराजिता ना. २. दुर्गा ।
3406 अपराजिता ना. ३. एक योगिनी ।
3407 अपराजिता ना. ४. प्रत्येक पाउमा दुई नगण, एक रगण, एक सगण, एक लघु एक गुरु हुने वार्णिक छन्द ।
3408 अपराध ना. १. कसैको अपमान वा हानि, नोक्सानी हुने काम ।
3409 अपराध ना. २. कानुन विरुद्धको काम; धार्मिक दृष्टिबाट गर्न नहुने आचरण ।
3410 अपराध ना. ३. पाप लाग्ने काम।
3411 अपराध ना. ४. कसुर; दोष ।
3412 अपराध ना. ५. भुलचुक ।
3413 अपराध विज्ञान ना. अपराध गर्नाको कारण खोजी गर्ने र सो अपराध गर्ने प्रवृत्ति हटाउने कुराको शास्त्र ।
3414 अपराध स्वीकरण ना. अधिकारीवर्गका अगाडि आफ्नो अपराध वा पाप स्वयं स्वीकार गर्ने काम ।
3415 अपराध संहिता ना. १. अपराधसम्बन्धी नियम, विनियमहरूको सँगालो।
3416 अपराध संहिता ना. २. त्यससँग सम्बन्धित ग्रन्थ।
3417 अपराधी वि. अपराध गर्ने; पापकर्म गर्ने ।
3418 अपराध सुम्पुवा ना. १. जिल्ला इलाकातिरका चौकीहरूले पक्रिएका दोषी, अपराधीलाई आफ्ना तालुक अड्डामा सुम्पिने वा बुझाउने काम।
3419 अपराध सुम्पुवा ना. २. पक्राउ परेका विदेशी अपराधीहरूलाई तिनकै देशको सरकारछेउ सुम्पने काम।
3420 अपरान्तिका ना. एक नगण, दुई रगण र एक लघु तथा एक गुरु भएको वार्णिक छन्द। (यसैलाई ललित तथा कनकमञ्जरी पनि भनिन्छ।)
3421 अपराह्ण ना. १. दोपहर वा मध्याह्नपछि आरम्भ हुने दिनको भाग; दिनका पाँच भागमध्येको चौथो भाग; अपराह्न ।
3422 अपराह्ण ना. २. सामान्यतः दिनको तेस्रो प्रहर ।
3423 अपराह्न ना. हे. अपराह्ण।
3424 अपरिग्रह ना. १. दान नलिने क्रिया; दानको परित्याग।
3425 अपरिग्रह ना. २. जीवन निर्वाहका लागि अत्यावश्यक वस्तुबाहेकका अन्य वस्तु ग्रहण नगर्ने काम ।
3426 अपरिग्रह ना. ३. मोह, राग, द्वेष, हिंसा आदिको त्याग ।
3427 अपरिग्रह ना. ४. योगशास्त्रका अनुसार पाँचौँ यम; सङ्गत्याग ।
3428 अपरिग्रह ना. ५. ब्रह्मचर्य।
3429 अपरिचित वि. १. परिचित वा चिनजान नभएको; जानपहिचान नभएको; थाहा नभएको ।
3430 अपरिचित वि. २. पराई; परचक्री।
3431 अपरिणय ना. परिणय वा विवाह नभएको अवस्था; कौमार्य; कुमार अवस्था।
3432 अपरिणामी वि. १. परिणाम ननिस्कने वा नहुने ।
3433 अपरिणामी वि. २. अवस्था वा रूपमा हेरफेर नहुने; अविकारी।
3434 अपरिणीता वि. विवाह नभएकी; अविवाहिता; कुमारी; कन्या ।
3435 अपरिपक्व वि. १. परिपक्व नभएको; काँचो।
3436 अपरिपक्व वि. २. राम्रोसँग नपाकेको; अधकल्चो।
3437 अपरिपक्व वि. ३. अपक्व ।
3438 अपरिपक्वता ना. १. अपरिपक्व हुनाको भाव वा अवस्था।
3439 अपरिपक्वता ना. २. खास कुरा सिक्ने वा ग्रहण गर्ने तत्परता बालकमा स्वाभाविक रूपमा देखिइनसकेको शारीरिक वा मानसिक अवस्था।
3440 अपरिमित वि. १. कुनै सीमा नभएको; सीमारहित; असीम; बेहद।
3441 अपरिमित वि. २. असङ्ख्य; अगणित; अनगन्ती।
3442 अपरिमेय वि. १. परिमाण छुट्याउन वा नापतौल गर्न नसकिने; अडकल काट्न नसकिने।
3443 अपरिमेय वि. २. असङ्ख्य; धेरै; अनगन्ती।
3444 अपरिवर्तनीय वि. १. परिवर्तन वा फेरबदल गर्न नसकिने; बदल्न नसकिने।
3445 अपरिवर्तनीय वि. २. कुनै कुराको सट्टा वा बदलामा दिन नसकिने ।
3446 अपरिवर्तनीय वि. ३. सधैँ एकनास रहने; नित्य ।
3447 अपरिवर्तित वि. परिवर्तन वा फेरबदल नभएको; नबदलिएको; उस्तै।
3448 अपरिवर्त्य वि. परिवर्तन वा हेरफेर गर्न लायक नभएको; परिवर्तन नहुने वा गर्न नसकिने ।
3449 अपरिष्कृत वि. १. परिष्कार वा संस्कार नभएको; असंस्कृत; अपरिमार्जित।
3450 अपरिष्कृत वि. २. ठिक वा उचित नपारिएको; नसुधारिएको ।