Dictionary

All Word

3501 अपव्यय ना. २. खराब काममा गरिने खर्च ।
3502 अपव्ययी वि. अपव्यय गर्ने; व्यर्थ खर्च गर्ने ।
3503 अपशकुन ना. अशुभ वा खराब शकुन; नराम्रो लक्षण; अपसगुन।
3504 अपशब्द ना. १. कसैप्रति बोलिएको दुर्वाच्य; गाली; दुर्वचन |
3505 अपशब्द ना. २. अश्लीलता भरिएको शब्द; अशुद्ध शब्द ।
3506 अपशब्द ना. ३. निरर्थक वा बेमतलबको कुरा; व्यर्थको बोली ।
3507 अपशब्द ना. ४. असम्बद्ध प्रलाप।
3508 अपशब्द ना. ५. अपानवायु।
3509 अपश्री वि. १. श्री नष्ट भएको; शोभा, सौन्दर्य आदिले रहित।
3510 अपश्री वि. २. कुरूप; नराम्रो; भद्दा । ना.
3511 अपश्री वि. ३. श्री वा शोभा विकृत भएको अवस्था ।
3512 अपसगुन ना. हे. अपशकुन।
3513 अपसङ्ग्रह/अपसञ्चय ना. अनियमित रूपले र धेरै मूल्यमा बेच्ने उद्देश्यले मालसामान जम्मा गरेर लुकाई छिपाई राख्ने काम; पछाडि बढी मोलमा बिक्री गर्ने इरादाले सरसामग्री बढी सङ्ख्यामा जम्मा गर्ने काम ।
3514 अपसमायोजन ना. खास वातावरण वा स्थितिमा प्रतिकूलित हुने वा त्यस रूपमा हेरिने स्थिति; कुसमायोजन।
3515 अपसर्जन ना. १. छाड्ने काम; त्याग ।
3516 अपसर्जन ना. २. मोक्ष; मुक्ति ।
3517 अपसर्प/अपसर्पक ना. १. जासुसी विद्या।
3518 अपसर्प/अपसर्पक ना. २. त्यस्तो विद्या जान्ने जासुस; गुप्तचर ।
3519 अपसर्प/अपसर्पक ना. ३. अर्काको कुरा लगाउने छुल्याहा व्यक्ति।
3520 अपसर्पण ना. १. पछाडि हट्ने काम; खस्कने काम ।
3521 अपसर्पण ना. २. भाग्ने काम; पलायन।
3522 अपसर्पण ना. ३. गुप्तचरको काम; जासुसी ।
3523 अपसर्पण ना. ४. छुल्याइँ।
3524 अपसव्य वि. १. सव्यको उल्टो; दाहिने; दायाँ ।
3525 अपसव्य वि. २. उल्टो; विपरीत। ना.
3526 अपसव्य वि. ३. पितृकार्य आदिमा दायाँ काँधमा जनै रहने स्थिति।
3527 अपसार ना. १. बाहिर जाने वा निक्लने काम ।
3528 अपसार ना. २. पानीको छिटा ।
3529 अपसारक वि. भगाएर लैजाने ।
3530 अपसारण ना. १. कुनै वस्तु पन्छाउने वा हटाउने काम ।
3531 अपसारण ना. २. बाटो दिने वा ठाउँ छाड्ने काम ।
3532 अपसारित वि. पन्छाइएको; हटाइएको; निकालिएको; पर सारिएको ।
3533 अपसारी वि. विरुद्ध जाने वा रहेको; उल्टो चल्ने; विपरीत बाटो हिँड्ने |
3534 अपसिद्धान्त ना. १. सिद्धान्तको विरुद्ध विचार; अनुचित सिद्धान्त।
3535 अपसिद्धान्त ना. २. न्यायमा कुनै सिद्धान्त स्थिर गरेर पनि त्यसको विपरीत गरिने वा भनिने कामकुरो ।
3536 अपसृत वि. १. आफ्नो उत्तरदायित्व, पद, कार्य आदिबाट हटेको; निक्लिएको; पन्छिएको ।
3537 अपसृत वि. २. पारपाचुके लिएको; सम्बन्धविच्छेद गरेको ।
3538 अपसृता वि. सम्बन्ध विच्छेद गरिएकी; पारपाचुके दिएकी वा लिएकी; परित्यक्ता (स्त्री) ।
3539 अपसेट ना. छाप्ने अक्षर वा सामग्रीको विशेष फोटो उतारी धातुको पातामा बिम्ब पारेर छापिने एक विशेष प्लेट।
3540 अपसेट प्रतिलिपि ना. अपसेट पाताले छापेर तयार गरिएको प्रतिलिपि ।
3541 अपसेट प्रेस ना. अपसेटद्वारा छपाइको काम हुने प्रेस; सफा र आकर्षक छपाइ गर्ने आधुनिक मुद्रणयन्त्र ।
3542 अपसोच/अपसोस ना. १. सुर्ता; शोक; बिस्मात ।
3543 अपसोच/अपसोस ना. २. खेद; अफसोस।
3544 अपस्नान ना. १. आफ्नो कुनै सम्बन्धी वा कुटुम्बको मृत्युमा उदकक्रियाको समयमा गरिने स्नान; आशौचमा गरिने नुहाइ; खल्को।
3545 अपस्नान ना. २. अपवित्र पानीमा नुहाउने काम ।
3546 अपस्मार ना. १. रोगीको कलेजो काँपेर बेहोस भई जमिनमा गिर्ने काम; मूर्च्छा पर्ने रोग; छारेरोग; मिरगी; मिर्गी ।
3547 अपस्मार ना. २. वियोगजन्य कष्टले मिर्गीको रोगी जस्तै मूर्च्छित भएर पल्टने खालको प्रेमी वा प्रेमिकाको अवस्था; एक सञ्चारी भाव ।
3548 अपस्मारी वि. अपस्मार रोगले पीडित।
3549 अपहत वि. १. हत्या गरिएको; मारिएको ।
3550 अपहत वि. २. टाढा पारिएको; हटाइएको।