Dictionary

All Word

3351 अपभाषा ना. १. भाषाको अपरिष्कृत तथा अशिष्ट रूप।
3352 अपभाषा ना. २. अश्लील वा लाजभाँडको बोली ।
3353 अपभोग ना. १. अर्काको सम्पत्ति अनुचित किसिमले भोग गर्ने काम।
3354 अपभोग ना. २. सम्पत्तिको दुरुपयोग वा दुर्व्यवहार ।
3355 अपभोगी वि. १. अपभोग गर्ने; अर्काको सम्पत्ति अनुचित रूपमा फुक्ने ।
3356 अपभोगी वि. २. सम्पत्तिको दुरुपयोग गर्ने ।
3357 अपभ्रंश ना. १. तलतिर खस्ने वा झर्ने काम; पतन।
3358 अपभ्रंश ना. २. बिग्रेको स्थिति; विकृति ।
3359 अपभ्रंश ना. ३. मूल उच्चारण ठिक र शुद्ध किसिमले गर्न नसकी बिग्रेको शब्दरूप ।
3360 अपभ्रंश ना. ४. प्राचीन मध्यदेशीय प्राकृत भाषाभन्दा पछिको र आधुनिक आर्यभाषा जन्मनुभन्दा पहिलेको तथा सोही आधुनिक आर्यभाषाको विकास गराउने भाषा।
3361 अपभ्रंश भाषा ना. आधुनिक भारतवर्षीय आर्यभाषाको विकासभन्दा अघिल्लो चरणको भाषा ।
3362 अपभ्रष्ट वि. १. खसेको वा गिरेको; पतित; च्युत ।
3363 अपभ्रष्ट वि. २. बिग्रेको; विकृत।
3364 अपभ्रष्ट वि. ३. संस्कृत तत्सम शब्दबाट आएर विकृत रूपमा प्रचलित; तद्भव (शब्द) ।
3365 अपमान ना. १. अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुऱ्याउने कुरो ।
3366 अपमान ना. २. कसैको प्रतिष्ठा वा इज्जतलाई कम गराउने कामकाज; बेइज्जती।
3367 अपमान ना. ३. तिरस्कार।
3368 अपमान ना. ४. अपहेलना; दुत्कार।
3369 अपमानकारी वि. अपमान गर्ने ।
3370 अपमानजनक वि. अपमान पुऱ्याउने (वचन वा कार्य) ।
3371 अपमानित वि. अपमान गरिएको; तिरस्कृत।
3372 अपमानी वि. अरूको अपमान गर्ने ।
3373 अपमार्जन ना. १. शुद्धि, सफाइ वा संशोधन गर्ने काम वा भाव; फोहरमैला, कसरमसर आदि साफ गर्ने काम; अपामार्जन।
3374 अपमार्जन ना. २. कुनै वस्तुमा बसेको दाग, कलङ्क आदि मेटाउने क्रिया ।
3375 अपमार्जन ना. ३. मेट्ने वा रद्द गर्ने काम।
3376 अपमिश्रण ना. असल वा उम्दा वस्तुमा खराब वस्तु मिसाउने काम; खाद्यवस्तु आदिमा दूषित पदार्थ मिलाउने काम; मिसावट ।
3377 अपमृत्यु ना. असामयिक या आकस्मिक मृत्यु; अकालमृत्यु।
3378 अपयश ना. अपजस; अपकीर्ति; अबगाल।
3379 अपयोग ना. १. अनुचित वा खराब समय; कुसाइत; खराब मुहूर्त ।
3380 अपयोग ना. २. नियमित मात्राभन्दा बढी वा कम औषधीको मिश्रण।
3381 अपयोजन ना. १. अर्काको धनसम्पत्ति अनुचित रूपले आफ्ना काममा खर्च गर्ने प्रक्रिया ।
3382 अपयोजन ना. २. कुनै वस्तुलाई खराब ढङ्गले उपयोगमा ल्याउने काम ।
3383 अपर वि. १. अर्को; अरू; दोस्रो ।
3384 अपर वि. २. अप्रतिद्वन्द्वी; बेजोड ।
3385 अपरतन्त्र वि. परतन्त्र नभएको; स्वाधीन; स्वतन्त्र।
3386 अपरपक्ष ना. महालय श्राद्ध (सोह्र श्राद्ध) गरिने पक्ष; आश्विन कृष्णपक्ष; पितृपक्ष।
3387 अपर पुरापाषाण ना. पुरापाषाणयुगका तीन विभाजनमध्ये अन्तिम तथा ओरनेक, सोलुत्रे, मदलेन र अजिल मानवले प्रयोग गरेका पाषाण उपकरणको समय; त्यस्ता मानवले प्रयोग गरेका पाषाण उपकरणको सामूहिक नाम।
3388 अपर प्रातिनूतनाश्म ना. प्रातिनूतनाश्मका तीन विभाजनमध्ये अन्तिम विभाजन; आजभन्दा लगभग एक लाख पचास हजार वर्षपहिले प्रारम्भ भएको समय।
3389 अपरम्पार वि. पार पाइनसकिने; पार पाउन नसकिने; अपार; असीम; बेहद ।
3390 अपरस ना. १. छालामा कत्ला कत्ला पर्ने एक प्रकारको रोग ।
3391 अपरस ना. २. बिग्रिएको रस; दूषित रस । वि.
3392 अपरस ना. ३. अस्पृश्य ।
3393 अपरस ना. ४. अनासक्त।
3394 अपरा ना. १. अध्यात्म वा ब्रह्मविद्यादेखि भिन्न विद्या ।
3395 अपरा ना. २. लौकिक विद्या; पदार्थ विद्या; भौतिक विद्या ।
3396 अपरा ना. ३. पश्चिम दिशा।
3397 अपरा ना. ४. हात्तीको पछिल्लो भाग ।
3398 अपरा ना. ५. गर्भाशय ।
3399 अपरा ना. ६. जेठ महिनाको कृष्णपक्षको एकादशी।
3400 अपराग ना. १. प्रेम वा रागको विरोधी भाव।