Dictionary

All Word

3201 अन्योन्य क्रि.वि. १. परस्पर; आसपासमा । ना.
3202 अन्योन्य क्रि.वि. २. दुई वा दुईभन्दा बढी वस्तुले परस्परमा एउटै क्रिया गर्दा हुने एक प्रसिद्ध अर्थालङ्कार।
3203 अन्योन्याश्रय ना. १. परस्परमा एकमा अर्को आश्रित हुने क्रिया ।
3204 अन्योन्याश्रय ना. २. न्यायमा एक वस्तुका ज्ञानबाट अर्का वस्तुको ज्ञान हुने क्रिया; सापेक्ष ज्ञान।
3205 अन्योन्याश्रित वि. १. परस्परमा एकमा अर्को आश्रित रहेको ।
3206 अन्योन्याश्रित वि. २. एक वस्तुका ज्ञानबाट अर्को वस्तुको ज्ञान हुने ।
3207 अन्योन्याश्रित वि. ३. स्वभावैले अभिन्न।
3208 अन्योल क्रि.वि. १. अलमल्ल; अकमक्क । ना.
3209 अन्योल क्रि.वि. २. किंकर्तव्यविमूढता ।
3210 अन्योल क्रि.वि. ३. पिर; मानसिक ताप ।
3211 अन्योल क्रि.वि. ४. बेसुद्धि; बुद्धिविभ्रम; सम्भ्रम।
3212 अन्योलिनु अ.क्रि. अन्योलमा पर्नु; यसो गरुँ कि उसो गरुँ हुनु ।
3213 अन्योली/अन्योले वि. अन्योलमा पार्ने; अत्याचारी ।
3214 अन्योल्याइ ना. अन्योलिने वा अन्योल्याउने भाव, क्रिया वा प्रक्रिया।
3215 अन्योल्याउनु स.क्रि. अन्योलमा पार्नु ।
3216 अन्वय ना. १. कुनै दुई वा दुईभन्दा बढी कुराको पारस्परिक सम्बन्ध।
3217 अन्वय ना. २. पद्यका सङ्गति नमिलेका पदहरूलाई सङ्गतियुक्त गराउने क्रिया।
3218 अन्वय ना. ३. कुनै वाक्यमा रहेका पदहरूको सङ्गति मिलाएर अर्थ लगाउने क्रिया।
3219 अन्वय ना. ४. एउटा कुरा सिद्ध गर्न अर्कै कुराको सिद्धि वा क्रमिक सम्बन्ध देखाउने काम ।
3220 अन्वय ना. ५. एकले अर्काको पछि लाग्ने क्रिया ।
3221 अन्वय विधि ना. आलङ्कारिक पदक्रममा व्यक्त भएका पद्यांश वा गद्यांशलाई सामान्य पदक्रममा ढाली भाषा सिकाउने प्रक्रिया।
3222 अन्वर्थ वि. शब्दका अर्थअनुसारको; नामअनुसार काम भएको ।
3223 अन्वष्टका ना. पौष, माघ, फाल्गुन र आश्विन महिनाका कृष्णपक्षका नवमीका दिन गरिने मातृक श्राद्ध ।
3224 अन्वारम्भ ना. स्त्रीले माइतबाट घर जाँदा लैजाने धन; स्त्रीधन; दाइजो; पेवापात।
3225 अन्वारोहण ना. स्त्रीले पतिका साथ चितामा चढ्ने काम; सती जाने काम।
3226 अन्वाहार्य ना. मरेका मानिसका नाउँमा प्रतिमास गरिने श्राद्ध; मासिक श्राद्ध ।
3227 अन्वित वि. १. अन्वय मिलेको ।
3228 अन्वित वि. २. क्रमबद्ध रूपमा मिलेको; सङ्गत।
3229 अन्वितार्थ ना. १. अन्वय गरेर निकालेको अर्थ ।
3230 अन्वितार्थ ना. २. लुकेको अर्थ ।
3231 अन्वितार्थ ना. ३. गूढार्थ वा गूढाशय।
3232 अन्विति ना. क्रमबद्ध रूपमा मिलेर रहनुको भाव; क्रमबद्धता; सङ्गति ।
3233 अन्वीक्षण ना. १. राम्ररी खोजीनिती गर्ने क्रिया; अनुसन्धान; खोज; शोध।
3234 अन्वीक्षण ना. २. कुनै विषयमा लेखिएको सामयिक प्रकाशित लेख ।
3235 अन्वेषक ना. १. बितेका वा लुकेछिपेका कुराको राम्रोसँग खोजीनिती गर्ने व्यक्ति; अनुसन्धाता; शोधकर्ता; शोधार्थी । वि.
3236 अन्वेषक ना. २. अन्वेषण गर्ने ।
3237 अन्वेषण ना. लुकेछिपेका कुराहरूको राम्रोसँग खोजीनिती गर्ने काम; अनुसन्धान; शोध ।
3238 अन्वेषी वि. अन्वेषण गर्ने ।
3239 अन्सार ना. १. सान; इसारा ।
3240 अन्सार ना. २. लख; अडकल; अनुसार।
3241 अन्सारी वि. अनुमान गर्ने; अडकल काट्ने; अन्दाज गर्ने; लख काट्ने ।
3242 अप उप. शब्दका अगिल्तिर गाँसिएर अनुचित वा निन्दनीय, रहित वा हीन, विपरीत वा विरुद्ध; हीनता वा कमी, दूषण वा आकस्मिकता आदि अर्थ बुझाउने शब्द (अपव्यय, अपमान, अपभ्रंश, अपमृत्यु)।
3243 अपकर्ता वि. १. अपकार गर्ने वा हानि पुऱ्याउने; नोक्सान गर्ने; अपकारक।
3244 अपकर्ता वि. २. दुष्कर्म गर्ने; खराब आचरण भएको।
3245 अपकर्म ना. १. खराब वा अनुचित काम; निन्दनीय काम; गर्न नहुने काम; दुष्कर्म।
3246 अपकर्म ना. २. पाप; अधर्म।
3247 अपकर्ष ना. १. कुनै वस्तुलाई पछिल्तिर धकेल्ने काम ।
3248 अपकर्ष ना. २. घटाउने या घट्ने प्रक्रिया; ह्रास ।
3249 अपकर्ष ना. ३. पद, प्रतिष्ठा, मान आदिमा हुने कमी वा न्यूनता; मानहानि; अपमान ।
3250 अपकर्ष ना. ३. उन्नति घट्ने, नहुने वा नभएको स्थिति; अवनति।