Dictionary

All Word

3351 अनुशीलन ना. १. कुनै कुरा वा विषयको खोजीनिती, छानबिन वा चिन्तनमनन गर्ने काम ।
3352 अनुशीलन ना. २. कुनै ग्रन्थ, विषय, तथ्य वा समस्याका सबै अङ्गउपाङ्ग केलाई ज्यादै सूक्ष्म दृष्टिले विश्लेषणविवेचन गर्ने काम; त्यस्तो सूक्ष्म किसिमले गरिएको विश्लेषण र विवेचना ।
3353 अनुशीलन ना. ३. कुनै ग्रन्थ वा विषयको बारम्बार अध्ययन तथा अभ्यास गरी सूक्ष्मातिसूक्ष्म जानकारी प्राप्त गर्ने काम; चिन्तन; मनन; निरूपण; अध्ययन; आलोचना ।
3354 अनुशीलनकर्ता/कारी वि. अनुशीलन गर्ने ।
3355 अनुश्रुत वि. १. कहिल्यै नसुनिएको ।
3356 अनुश्रुत वि. २. सोच्तै नसोचिएको; कल्पनासम्म पनि नगरिएको ।
3357 अनुश्रुत वि. ३. के कारणले वा कुन प्रयोजनका लागि भन्नेबारे केही पनि जानकारी नभएको ।
3358 अनुश्रुति ना. मौखिक परम्पराद्वारा पुस्तौँपुस्ता सुनिँदै आएको कुरा; कथ्यश्रव्यरूपमा चलिआएको तर कुनै निश्चित स्रोत वा प्रमाण नभेटिने कुरा; जनश्रुति; किंवदन्ती ।
3359 अनुष्टुप् ना. आठ आठ अक्षरका चार पाउबाट बन्ने, वैदिक कालदेखि आधुनिक भारतीय आर्यभाषाकालसम्म चल्दै आएको, प्रत्येक पाउको पाँचौँ अक्षर लघु तथा छैटौं अक्षर गुरु र दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु, अन्य पाउको सातौँ अक्षर गुरु हुनाका साथै विभिन्न पाउका अन्य अक्षर लघु वा गुरु दुवै भई विभिन्न भेद हुन सक्ने एक छन्द।
3360 अनुष्ठाता वि. १. अनुष्ठान गर्ने वा गराउने; शास्त्रमा बताइएको विधिमुताबिक नियमपूर्वक यज्ञ आदि वा अन्य धार्मिक कार्य गर्ने, गराउने।
3361 अनुष्ठाता वि. २. एकाग्र भई कुनै विशेष महत्त्वपूर्ण र कठिन कार्य गर्ने, गराउने ।
3362 अनुष्ठान ना. १. शास्त्रले बताएअनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने काम ।
3363 अनुष्ठान ना. २. अभीष्ट फल वा चिताएको कुरा पाउनका लागि शास्त्रमा बताइएको विधिमुताबिक नियमपूर्वक कुनै देवताको जप, पूजा, पाठ आदि गर्ने काम ।
3364 अनुष्ठान ना. ३. त्यस्तो किसिमको आराधना वा उपासना।
3365 अनुष्ठान ना. ४. नियमपूर्वक एकाग्र वा दत्तचित्त भई गरिने कुनै धार्मिक, सामाजिक वा अन्य विशेष महत्त्वपूर्ण र कठिन कार्य ।
3366 अनुष्ठान ना. ५. त्यस्ता कार्यको शुभारम्भ गरी सफल पार्ने काम; आराधना; उपासना; पुरश्चरण; व्रत; कार्यारम्भ; विशेष कार्य ।
3367 अनुष्ठानिक वि. १. अनुष्ठानसम्बन्धी; अनुष्ठानबारेको ।
3368 अनुष्ठानिक वि. २. शास्त्रीय विधिपूर्वक वा शास्त्रीय नियमानुसार गरिएको कार्यसँग सम्बन्धित ।
3369 अनुष्ठानिक वि. ३. विशेष महत्त्वपूर्ण र कठिन सेवाकार्यसम्बन्धी।
3370 अनुष्ठित वि. अनुष्ठान गरिएको; नियमानुसार गरिएको; सम्पादि।
3371 अनुष्ण वि. १. गरम वा तातो नभएको; नगर्माएको; गर्मी नहुने ।
3372 अनुष्ण वि. २. चिसो; शीतल ।
3373 अनुष्णता ना. शीतलता; चिसोपन।
3374 अनुसन्धाता ना. अनुसन्धान गर्ने व्यक्ति; शोधकर्ता ।
3375 अनुसन्धान ना. १. कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम; गवेषणा; अन्वेषण; आविष्कार ।
3376 अनुसन्धान ना. २. शोध ।
3377 अनुसन्धान ना. ३. नयाँ सत्य वा तथ्यको खोजी ।
3378 अनुसन्धान ना. ४. प्रहरी आदिद्वारा गरिने छानबिन; तलासी ।
3379 अनुसन्धान निर्देशक ना. विद्यावारिधि वा त्यसभन्दा तल्लो तहको अनुसन्धानमा शोधकर्तालाई निर्देशन गर्ने विशेषज्ञ; शोधनिर्देशक ।
3380 अनुसन्धान निर्देशन ना. शोधनिर्देशकको दायित्व वा कार्य ।
3381 अनुसन्धान परियोजना ना. खास मितिमा यति अनुसन्धान गर्ने भनी कुनै संस्थाद्वारा थालिएको परियोजना |
3382 अनुसन्धान प्रस्ताव ना. शोधार्थीले शोध दर्ता गराउनका लागि शोधको बेहोरा खोलेर प्रस्तुत गरेको लिखित प्रस्ताव; शोधप्रस्ताव।
3383 अनुसन्धान प्रहरी ना. छानबिनका लागि तैनाथ गरिएको प्रहरी वा प्रहरीदल |
3384 अनुसन्धान शाखा ना. विश्वविद्यालय आदिको शोधसम्बन्धी काम गर्ने फाँट ।
3385 अनुसन्धान समिति ना. विश्वविद्यालय आदिमा अनुसन्धानका लागि गठित समिति।
3386 अनुसन्धानात्मक वि. अनुसन्धानसम्बन्धी।
3387 अनुसन्धि ना. कुनै विशेष कार्य सम्पन्न गर्नका निम्ति सम्बन्धित व्यक्तिले मात्र थाहा पाउने तर अरूले थाहा नपाउने गरी गरिएको सल्लाह वा सन्धि; गुप्त सन्धि।
3388 अनुसन्धित्सु ना. शोधार्थी ।
3389 अनुसन्धेय वि. अनुसन्धान गर्न उचित; शोध गर्न लायक ।
3390 अनुसमर्थन ना. कुनै विशेष कार्य सम्पन्न गर्न वा सो विषयमा छलफल, विचारविमर्श आदि गर्नका निमित्त भेला भएका प्रतिनिधिहरूद्वारा गरिएको सम्झौता आदिको समर्थनलाई विधिपूर्वक संविदापत्रमा हस्ताक्षर आदिद्वारा गरिने स्वीकृति वा अभिपुष्टि।
3391 अनुसमर्थन संलेख ना. दुई राष्ट्रले परस्परमा गरेका सन्धिलाई समर्थन गर्ने अधिकारप्राप्त सरकारी प्रमुख प्रतिनिधिले हस्ताक्षर गरेको सन्धिपत्र ।
3392 अनुसरण ना. १. कुनै वस्तु, विषय, विचार, कुरा वा व्यक्तिको पछिपछि लाग्ने काम।
3393 अनुसरण ना. २. कुनै व्यक्ति जुन दिशातर्फ गएको छ त्यसैतर्फ जाने काम ।
3394 अनुसरण ना. ३. कसैको आज्ञा वा आदेशको पालन गर्ने र सो आज्ञा, आदेशबमोजिम चल्ने वा आचरण गर्ने काम; ठहर वा निश्चय भएअनुसार गर्ने काम ।
3395 अनुसरण ना. ४. अनुकरण; नक्कल; देखासिकी।
3396 अनुसर्ग ना. व्याकरणमा विभक्ति वा अन्य प्रत्ययको काम गर्नका लागि मूल शब्दमा जोडिने रूपसङ्गठनात्मक तत्त्व (उदा. को, - का, की, - लाई, देखि इ.) ।
3397 अनुसार ना. १. इसारा; सान; अन्सार ।
3398 अनुसार ना. २. लख; अडकल ।
3399 अनुसार ना. ना. यो. ३. मुताबिक; बमोजिम; माफिक ।
3400 अनुसार ना. ४. सरह; तुल्य; झैँ; अनुरूप।