Dictionary

All Word

3451 अपरिष्कृत वि. ३. फोहोरमैला भएको; गन्दा ।
3452 अपरिहार्य वि. १. परिहार वा त्याग गर्न नसकिने; छाड्न नहुने; अत्याज्य ।
3453 अपरिहार्य वि. २. कामका निम्ति अत्यावश्यक; अनिवार्य ।
3454 अपरिहार्यता ना. १. छाड्न वा त्याग्न नसकिने गुण वा अवस्था।
3455 अपरिहार्यता ना. २. कुनै कामकुराका निम्ति नभई नहुने स्थिति।
3456 अपरीक्षित वि. १. परीक्षा नगरिएको वा नलिइएको; जाँच, पडताल नभएको।
3457 अपरीक्षित वि. २. रूप, गुण, वर्ण आदिको अनुसन्धान नगरिएको।
3458 अपरीक्षित वि. ३. अप्रमाणित ।
3459 अपरुष वि. १. परुष वा कठोर नभएको; कोमल ।
3460 अपरुष वि. २. कठोर हृदय नभएको; नरिसाउने ।
3461 अपरूप वि. १. नराम्रो रूप भएको; कुरूप ।
3462 अपरूप वि. २. भद्दा।
3463 अपरेटर ना. १. मेसिन, यन्त्र आदि चलाउने व्यक्ति ।
3464 अपरेटर ना. २. फोनमा कुराकानी गर्नका निम्ति लाइन दिने व्यक्ति ।
3465 अपरोग ना. रोगको असर घट्तै गएको अवस्था; स्वास्थ्यलाभ गरेको स्थिति।
3466 अपर्झट क्रि.वि. १. अचानक; अब्झट; अकस्मात्; एक्कासि; अनायास । ना.
3467 अपर्झट क्रि.वि. २. एकाएक आइपरेको स्थिति। वि.
3468 अपर्झट क्रि.वि. ३. आकस्मिक; अप्रत्याशित।
3469 अपर्णा ना. १. शिवप्राप्तिका लागि तपस्या गर्दा पातसम्म पनि खान छोडेकी पार्वतीको नाम; पार्वती ।
3470 अपर्णा ना. २. दुर्गा । वि.
3471 अपर्णा ना. ३. पात नभएको (लहरो इ.)।
3472 अपर्याप्त वि. १. पर्याप्त नभएको ।
3473 अपर्याप्त वि. २. सीमारहित; असीम।
3474 अपर्याप्ति ना. १. पर्याप्त नभएको अवस्था वा स्थिति ।
3475 अपर्याप्ति ना. २. पूर्णताको अभाव; कमी; त्रुटि।
3476 अपर्याप्ति ना. ३. अयोग्यता; अक्षमता।
3477 अपलाप ना. १. व्यर्थको प्रलाप; नचाहिँदो बकबक।
3478 अपलाप ना. २. कुनै प्रसङ्ग टार्नका लागि यताउताको कुरा भन्ने काम; कुरा बनाउने काम।
3479 अपलाप ना. ३. सत्य कुरालाई ढाकछोप गर्ने आचरण।
3480 अपव्याख्या ना. गलत अर्थ गराइ; बेठिक व्याख्या।
3481 अपवर्ग ना. १. सबै खालको कष्टबाट हुने छुटकारा।
3482 अपवर्ग ना. २. सबै दुःखको नाश हुने न्यायवैशेषिक दर्शनले मानेको मोक्ष; मुक्ति; निर्वाण।
3483 अपवर्ग ना. ३. त्याग; बलिदान ।
3484 अपवर्ग ना. ४. दान ।
3485 अपवर्ग ना. ५. कार्यसमाप्तिअनुसारको फलप्राप्ति।
3486 अपवर्त्य वि. १. बदल्न सकिने वा बदल्न हुने ।
3487 अपवर्त्य वि. २. फर्काउन योग्य; फिर्ता दिन लायक । ना.
3488 अपवर्त्य वि. ३. कुनै एक सङ्ख्याले अर्को सङ्ख्यालाई गुणन गर्दा आउने गणितको राशि।
3489 अपवाद ना. १. कसैको सम्मानमा आघात पुग्ने लोकनिन्दा; बदनामी; तिरस्कार।
3490 अपवाद ना. २. नभए, नगरेका कुराको दोष वा आरोप; झुटो दोष ।
3491 अपवाद ना. ३. व्यापक वा सामान्य नियमभित्र नपरेर त्यसको अतिरिक्त आउने विषयवस्तु वा कामकुरो; सामान्य लक्षणमा नअटाउने कुरो।
3492 अपवाद ना. ४. झुटो कुरो; असत्य वार्ता ।
3493 अपवाद ना. ५. वेदान्तशास्त्रका अनुसार अध्यारोपको निराकरण। (जस्तो- डोरीमा सर्पको ज्ञान अध्यारोप हो भने डोरीको वास्तविक ज्ञानबाट सर्पको ज्ञानको निराकरण चाहिँ अपवाद हो।) ।
3494 अपवादक/अपवादी वि. अर्काको अपवाद वा बदनामी गर्ने; परनिन्दक।
3495 अपवित्र वि. १. पवित्र नभएको; चोखो नभएको; अशुद्ध; बिटुलो ।
3496 अपवित्र वि. २. जातिभ्रष्ट; जातिपतित।
3497 अपवित्रता ना. पवित्र नभएको अवस्था; अशुद्धता।
3498 अपविद्या ना. १. अध्ययन गर्न उचित नभएको खराब वा निषिद्ध विद्या ।
3499 अपविद्या ना. २. हे. अविद्या ।
3500 अपव्यय ना. १. अनावश्यक वा अनुचित मात्रामा गरिने व्यय; अनुचित रूपमा गरिएको खर्च; फजुल खर्च; धनको दुरुपयोग ।