Dictionary

All Word

3501 अनौपचारिकता ना. औपचारिकताको अभाव; अनौपचारिक हुनाको भाव, गुण वा अवस्था ।
3502 अन्खासी वि. खास आफ्नो नभई पराई भएको; बिरानो (उदा.- दया भै अन्खासी, शठ हठ हट्यो वा लय भयो । लेखनाथ, तरुण तपसी ।)।
3503 अन्जाम ना. १. कुनै कामकुराको परिणाम, फल वा असर।
3504 अन्जाम ना. २. सो परिणाम, फल वा असरको पूर्व अनुमान; अन्दाज; अडकल।
3505 अन्जाम ना. ३. परिणाम, नतिजा ।
3506 अन्ठाउन्न ना. १. पचास र आठका योगबाट बन्ने सङ्ख्या; ५८ को अङ्क ।
3507 अन्ठाउन्न ना. वि. २. पचास र आठका योगसङ्ख्याको।
3508 अन्ठाउन्नौँ वि. गणनाका क्रममा अन्ठाउन्न सङ्ख्यामा आउने; अन्ठाउन्न सङ्ख्यामा पर्ने ।
3509 अन्ठान्नब्बे ना. १. सन्तान्नब्बेभन्दा एक बढीको सङ्ख्या; ९८ अङ्कद्वारा जनाइने गन्तीको परिमाण ।
3510 अन्ठान्नब्बे ना. वि. २. नब्बे र आठका योगसङ्ख्याको ।
3511 अन्ठान्नब्बेऔँ/अन्ठानब्बेयौँ वि. गन्तीका क्रममा अन्ठानब्बेचाहिँ सङ्ख्यामा पर्ने; अन्ठानब्बे सङ्ख्याको।
3512 अन्डबन्ड क्रि.वि. १. कुनै कामकुरा जेजस्तो हुनुपर्ने हो नभई जथाभाबी वा जथबातथबा भएर; कुनै तौरतरिकाबिना; भद्रगोल वा गोलमाल तवरले; गड्याङमड्याङ ।
3513 अन्डबन्ड क्रि.वि. (उदा. - अन्डबन्ड गरी काम गरियो भने लक्ष्य प्राप्त हुनेछैन ।) ना. २. जेजसरी काम हुनुपर्ने हो सोअनुसार काम नभएको अवस्था; भद्रगोल; गोलमाल (उदा.- अन्डबन्ड पर्लाजस्तो लागेकाले मैले त्यो काम नै छाडिदिएँ । ) ।
3514 अन्डबन्ड क्रि.वि. वि. ३. सिलसिला नमिलेको; असम्बद्ध र प्रलापजस्तो।
3515 अन्डबन्ड क्रि.वि. (उदा.- आफ्ना हितैषीसँग पनि अन्डबन्ड कुरा गर्नु राम्रो होइन)।
3516 अन्डर ना. १. कसैको मातहत, अधीन, नियन्त्रण वा देखरेख ।
3517 अन्डर ना. २. कसैभन्दा तल वा मनि रहेको स्थिति (उदा.- आफ्ना अन्डरमा काम गर्ने कर्मचारी वा जनशक्तिको भावना नबुझ्ने हाकिम सफल हुन सक्तैन।।)।
3518 अन्डरपाइन्ट/पेन्ट/प्यान्ट ना. शरीरको तल्लो भागमा लगाइने एक प्रकारको सानो छोटो भित्री अधोवस्त्र; इँजारघर वा ग्याँटिस आदि राखी त्यस आधारमा कम्मरमा वा कम्मरमनि बाँधिने, शरीरको कम्मरमनिको तल्लो भागमध्ये पछिल्तिरको पुट्ठो र चाक तथा अगिल्तिरको मूत्राशयसम्मको भाग ढाक्ने तथा दुवै तिघ्राको फिलाको माथिल्लो केही भाग पनि ढाक्ने गरी दुई पाटा जोरी सिइएको र अग्रभागमा टाँक वा चेन लगाई केही भाग खोल्न र बन्द गर्न सकिने भएको वा नभएको भित्री वस्त्र; सानो जाँघिया वा जाँघे; भित्री कट्टु; कच्छा ।
3519 अन्डरलाइन ना. अधोरेखाङ्कित गर्ने काम; अधोरेखा; अधोरेखाङ्कन; कच; ढाक ।
3520 अन्डरवियर/वेयर ना. हे. अन्डरपाइन्ट।
3521 अन्डरवियर/वेयर ना. हे. अन्डरपाइन्ट।
3522 अन्डस वि. १. कुनै कामका निम्ति हुने असजिलो; गाह्रो; अप्ठेरो।
3523 अन्डस वि. ना. २. खुँगे; दोधार; अठबा।
3524 अन्डा ना. अस्तनपायी चराचुरुङ्गी आदि जीवका पोथीजातका गर्भाशयबाट उत्पन्न प्रजननशील कीटाणुहरू भएको डिम्बलाई धारण गर्ने र पछि त्यही जीवकै अनुरूप बच्चा काढिने गोलो पिण्ड; चराचुङ्गीको फुल; त्यसलाई तारी वा उसिनी तयार गरिएको खाइने परिकार; फुल; डिम्बा; अन्डा।
3525 अन्डावाल वि. १. नसुमरिएको; आँड भएको ।
3526 अन्डावाल वि. २. अन्डाको व्यापार गर्ने ।
3527 अन्डावाल्नी ना. अन्डाको व्यापार गर्ने आइमाई; अन्डाको व्यापार गर्नेकी पत्नी ।
3528 अन्डी ना. रेसमका रेसाबाट अलि मोटो किसिमले बुनिने प्राय: भारतका आसाममा तयार हुने ओढ्ने लुगा; एक प्रकारको भुलायो।
3529 अन्त: अव्य. कुनै उत्तरपदका अगिल्तिर लागी भित्री भाग वा आन्तरिक अंश आदि अभिप्राय बुझाउने पूर्वपद 'अन्तर' को त्यो विशेष रूप जुन उत्तरपदको पहिलो अक्षर कवर्ग, पवर्ग तथा शकार वा सकार भएमा हुन जान्छ (जस्तो- अन्तःकरण, अन्तःपुर, अन्तःप्रेरणा इ.)।
3530 अन्तःकरण ना. अभ्यन्तर; अन्तस्करण।
3531 अन्तःकाल ना. हे. अन्त्यकाल ।
3532 अन्तःकालीन वि. दुई भिन्नाभिन्नै समय वा घटनाका बिचको; अन्तरिम कालको ।
3533 अन्तःपुर ना. १. राजामहाराजा आदिका दरबार वा महलका रानीहरू र अन्य आइमाईहरू रहने भित्री कोठा; रनिवास; खोपी; जनानाखाना ।
3534 अन्तःपुर ना. २. भित्री सहर ।
3535 अन्तःप्रेरणा ना. १. कुनै कामकुराबारे मनमा आफैँआफ उब्जेको प्रेरक भावना वा विचार; भित्रैदेखि मनमा पैदा भएको प्रेरणा वा प्रवृत्ति।
3536 अन्तःप्रेरणा ना. २. सहज वा स्वाभाविक रूपमा कुनै कामकुराबारे मनमा हुन आएको स्फुरण; बाहिरी कारणबाट प्रेरित नभई आन्तरिक रूपमा पैदा भएको प्रेरणा ।
3537 अन्तःप्रेरणा ना. ३. मनोविज्ञानका अनुसार कुनै कामकुरा गर्न आन्तरिक रूपमा अनुभव गरिएको उद्दीपन; कुनै कामकुरामा प्रवृत्त हुन कसैलाई प्रेरित गर्ने आन्तरिक उद्दीपन; सहज प्रेरणा; स्वाभाविक प्रेरणा; आन्तरिक प्रेरणा (उदा.- यो काम कसैले लगाएर होइन, मैले आफ्नै अन्तःप्रेरणाले गरेको हुँ।)।
3538 अन्तःशुद्धि ना. आत्मा वा अन्तस्करणको शुद्धता; हृदयमा कुनै पाप वा कालोमैलो नभई पवित्र, स्वच्छ वा उज्ज्वल हुनाको भाव वा अवस्था; चित्तशुद्धि।
3539 अन्तःशुल्क ना. देशभित्र उब्जेका र आफ्ना देशमै तयार गरिएका कतिपय चिजबिज, मालसामान आदिको देशभित्रैको उत्पादन, बिक्री वा खपतमा सरकारद्वारा लगाइएको भित्री कर; भन्सार ।
3540 अन्तःशुल्क अधिकारी- ना. देशभित्र बनेका उपभोग्य वस्तुहरूमाथि सरकारले लगाएको असुलउपर गर्ने प्रमुख अधिकारी ।
3541 अन्तःशुल्क कार्यालय ना. सो कर उठाउने काम गर्ने कार्यालय |
3542 अन्तःसङ्गीत ना. कविता आदिमा अन्तर्निहित गेय गुण ।
3543 अन्तःसञ्चार ना. आन्तरिक विचारहरूको सञ्चार हुने क्रिया; आन्तरिक कुराकानी।
3544 अन्त:साक्षी ना. १. भित्री हृदयका कुराहरूको साछी ।
3545 अन्त:साक्षी ना. २. अन्तर्यामी; परमात्मा।
3546 अन्त:साक्षी ना. वि. ३. मनमा खेल्ने असल र खराब दुवै थरी भावना, विचार आदिको साछी भएर रहेको ।
3547 अन्तःस्थ वि. हे. अन्तस्।
3548 अन्तःस्थ राज्य ना. दुई ठुलठुला राज्यहरूका बिचमा रहेको सानो राज्य |
3549 अन्त १ ना. १. कुनै कामकुराको आखिरी अवस्था; सो कामकुरा वा ग्रन्थ, लेख आदि पूरा हुने वा टुङ्गिने समयविन्दु; आखिरी; टुङ्गो ।
3550 अन्त १ ना. २. कुनै वस्तु वा कुराको अस्तित्व, विस्तार आदिको अवसान वा समाप्ति हुने ठाउँ; हद ।