Dictionary

All Word

3601 अपाहिज वि. ३. कामका निम्ति योग्य नभएको; अयोग्य ।
3602 अपाहिज वि. ४. अल्सी।
3603 अपाही वि. १. पाही नपरेको; पायक नपरेको ।
3604 अपाही वि. २. कोल्टो; असजिलो; अप्ठेरो ।
3605 अपि संयो. संस्कृतमा 'पनि' को अर्थमा स्वतन्त्र रूपले प्रयोग हुने तर नेपालीमा भने सोही अर्थमा अरू शब्दसँग जोडिएर प्रयोग एक शब्द (तथापि, यद्यपि, तदपि इ.) ।
3606 अपितु संयो. १. वाक्यखण्डका बिच प्रयुक्त भएर संयुक्त वाक्य निर्माणमा सघाउ पुऱ्याउने संयोजक शब्द |
3607 अपितु संयो. २. किन्तु; तर; परन्तु ।
3608 अपितु संयो. ३. बरु ।
3609 अपिल ना. १. विचार, स्वीकृति, न्याय वा सहायताका लागि विनयपूर्वक कसैसँग गरिने प्रार्थना वा निवेदन ।
3610 अपिल ना. २. सुरु वा तल्ला तहको अदालतको निर्णयमा चित्त नबुझी सो बदल्न वा पुनर्विचार गर्न माथिल्लो तहको अदालतमा दिइने निवेदन; पुनरावेदन ।
3611 अपिल ना. ३. कुनै अड्डाका कर्मचारीउपरको उजुर सुन्ने अधिकारप्राप्त अर्को अड्डा।
3612 अपिल अड्डा ना. सुरुका अदालतउपरको उजुरी सुन्ने माथिल्लो अदालत।
3613 अपिल पत्र ना. सुरुका अड्डाले गरेको फैसलाउपर गरिएको नालिससम्बन्धी कागजात।
3614 अपिलवाला ना. अपिलाट ।
3615 अपिलाट ना. अपिल गर्ने व्यक्ति; अपिलवाला; झगडिया ।
3616 अपुग वि. १. नपुगेको; कम भएको ।
3617 अपुग वि. २. पूरा नभएको; अपुरो; अपूर्ण। ना.
3618 अपुग वि. ३. नपुगेको वा पूरा नभएको अंश; अपर्याप्तता; अपूर्णता।
3619 अपुग्दो वि. नपुगेको वा नपुग्दो; कमी; अपर्याप्त; अपूर्ण ।
3620 अपुङ्गी क्रि.वि. १. मानिसैपिच्छे; जनही; प्रतिव्यक्ति ।
3621 अपुङ्गे वि. १. अपुङ्गो जस्तै गरी बाँडिने; थोरथोरै।
3622 अपुङ्गे वि. २. फाल्तु; वाहियात; व्यर्थको ।
3623 अपुङ्गो ना. घिउ, चिनी र गहुँको पिठो आदि मिसाएर बनाएको र देवकार्यमा चढाइने एक प्रकारको नैवेद्य; प्रायः सत्यनारायणको पूजामा चढाइने नैवेद्य वा खाद्य वस्तु।
3624 अपुच्छ वि. १. पुच्छर नभएको । ना.
3625 अपुच्छ वि. २. नरवानरानुगणभित्र पर्ने पुच्छर नहुने वानर।
3626 अपुच्छ ख्यातचतुष्क ना. नरवानरानुगणभित्र पर्ने अपुच्छ नरवानरमा चार प्रकारका प्रसिद्ध नरवानर (शाखावानर, बनमान्छे, मेध्यवानर र भीमवानर)।
3627 अपुच्छ टाङ्गस ना. अफ्रिकाको टाङ्गस नामक स्थानको गुफामा अश्मीभूत अवस्थामा पाइएको, पुच्छर नभएको, मानवजस्तो नरवानर ।
3628 अपुत वि. १. पुत्र वा सन्तान नभएको; अपुत्र। ना.
3629 अपुत वि. २. खराब छोरो; कपूत। वि.
3630 अपुत वि. ३. फूल नफुल्ने ।
3631 अपुताली ना. छोरा वा सन्तान नभएका व्यक्तिको जायजेथा; सम्पत्तिको उपभोग गर्ने निकटतम उत्तराधिकारी नहुने व्यक्तिको धनमाल; औताली ।
3632 अपुतो वि. १. पुत्र वा सन्तान नभएको; अपुत्र। ना.
3633 अपुतो वि. २. खराब छोरो; कपूत। वि.
3634 अपुतो वि. ३. फूल नफुल्ने ।
3635 अपूतो वि. हे. अपुतो।
3636 अपुत्र/अपुत्रक वि. १. सन्तान नभएको; छोराछोरी नभएको; निःसन्तान; अपूतो।
3637 अपुत्र/अपुत्रक वि. २. छोरो नभएको; पुत्रहीन।
3638 अपुत्रिका ना. अपुत्रक पिताकी सन्तानहीन छोरी; अपुत्रक पिताको सम्पत्ति उपभोग गर्न नपाउने छोरी।
3639 अपुत्री वि. १. सन्तान नजन्माएकी (नारी); छोराछोरी नपाएकी (स्त्री) ।
3640 अपुत्री वि. २. पुत्र वा सन्तान जन्मेर मर्दै गरेकाले कोख खाली भएकी (नारी)।
3641 अपुरो वि. १. पूर्ण वा भरिएको नभएको; खाली; रित्तो।
3642 अपुरो वि. २. कुनै कमी, त्रुटि वा दोष भएको ।
3643 अपुरो वि. ३. पूरा वा समाप्त हुन बाँकी रहेको (काम वा वस्तु); अधुरो ।
3644 अपुष्ट वि. १. पुष्ट नभएको; दुब्लो; पातलो; निर्धो।
3645 अपुष्ट वि. २. ख्याउटे; झिनो।
3646 अपुष्ट वि. ३. प्रमाणद्वारा सिद्ध नभएको; अप्रमाणित; मनगढन्त (समाचार, कुरा इ.) ।
3647 अपुष्ट वि. ४. समर्थन नभएको; स्वीकार नगरिएको।
3648 अपुष्पक ना. वनस्पति जगत्‌को फूल नफुल्ने वर्ग ।
3649 अपूप ना. १. अपुङ्गो ।
3650 अपूप ना. २. पुवा वा मालपुवा ।