Dictionary

All Word

3701 अन्तर्मन ना. १. भित्री मन; भित्री चेतना; अन्तर्हृदय; अन्तस्करण; अन्तरात्मा ।
3702 अन्तर्मन ना. २. अवचेतन मन ।
3703 अन्तर्मन्थन ना. १. कुनै कुराका बारेमा सूक्ष्म सोचविचार गरी त्यसका पक्षविपक्ष, लाभहानि आदि सम्पूर्ण सम्भावना केलाउने काम।
3704 अन्तर्मन्थन ना. २. आन्तरिक तर्कवितर्क प्रशस्त मात्रामा गरी कुरा मथ्ने वा मनन गर्ने काम।
3705 अन्तर्मुख / अन्तर्मुखी वि. १. भित्रतर्फ उन्मुख; अन्तस्करणतर्फ उन्मुख हुने प्रवृत्ति भएको ।
3706 अन्तर्मुख / अन्तर्मुखी वि. २. बाहिरी जगत्, क्रियाकलाप वा विषयतर्फभन्दा भित्री आध्यात्मिक कुराहरूमै लीन हुने ।
3707 अन्तर्मुख / अन्तर्मुखी वि. ३. आफ्नै विचार र कल्पनामा तल्लीन रहने र बाहिरी जगत्तर्फ कम रुचि राख्ने ।
3708 अन्तर्मुख / अन्तर्मुखी वि. ४. आफ्नो मनलाई आफैँमा वा आफूभित्रै केन्द्रित गर्ने ।
3709 अन्तर्मुख / अन्तर्मुखी वि. ५. अरूसँग उति सम्पर्क नराख्ने र बोलचाल नगर्ने अनि हिमचिम नबढाउने; आत्मकेन्द्री र सङ्कोची स्वभाव भएको ।
3710 अन्तर्मुख / अन्तर्मुखी वि. विप. बहिर्मुख / बहिर्मुखी।
3711 अन्तर्यामी वि. १. कसैका भित्री मनका सबै कुराहरू जान्ने; हृदय वा अन्तस्करणको रहस्य थाहा पाउने ।
3712 अन्तर्यामी वि. २. अन्तरात्मामा रहने वा वास गर्ने; अन्तरात्मामा अधिकार राख्ने ।
3713 अन्तर्यामी वि. ना. ३. परमात्मा; परमेश्वर।
3714 अन्तर्राष्ट्र ना. विश्वका विभिन्न मुलुक; आफ्नो राष्ट्रबाहेकका अन्य राष्ट्र; स्वदेशबाहेक अन्य विभिन्न राष्ट्रको समुदाय; अन्तर्राष्ट्रिय जगत्।
3715 अन्तर्राष्ट्रवाद ना. १. कुनै एक देशको परिधिभित्र केन्द्रित हुनुलाई सङ्कुचित ठानी सम्पूर्ण विश्वका विभिन्न राष्ट्रलाई एकै एकाइका रूपमा लिएर विश्व वा पूरै मानवजातिलाई अखण्ड मानी तदनुरूप सङ्गठित वा असङ्गठित रूपमा आचरण तथा कार्य गर्नमा जोड दिने दर्शन वा सिद्धान्त ।
3716 अन्तर्राष्ट्रवाद ना. २. अन्तर्राष्ट्रिय स्तरका कार्यक्षेत्र, आधिपत्य, नियन्त्रण आदिमा विश्वास राख्ने वाद; विश्वबन्धुत्ववाद।
3717 अन्तर्राष्ट्रवादी वि. अन्तराष्ट्रवादमा विश्वास राख्ने र तदनुसार आचरण तथा कार्य गर्ने ।
3718 अन्तर्राष्ट्रिय वि. १. दुई वा दुईभन्दा बढी मुलुक वा राष्ट्रका बिचको; विश्वका विभिन्न राष्ट्रसँग सम्बन्धित; विभिन्न राष्ट्रहरूले भाग लिएको; विभिन्न राष्ट्रहरूमा सक्रिय व्यवहार गरिने वा प्रचलित; विभिन्न राष्ट्रहरूमा शाखा, सङ्गठन, सदस्यता, क्रियाकलाप आदि भएको ।
3719 अन्तर्राष्ट्रिय वि. २. कुनै खास राष्ट्रको परिधिलाई नाघी सम्पूर्ण विश्व वा सिङ्गो मानवजातिसँग सम्बन्ध राख्ने; अन्तरराष्ट्रिय; अन्ताराष्ट्रिय ।
3720 अन्तर्राष्ट्रिय आयोग ना. अन्तर्राष्ट्रिय कामकारबाई एवं व्यवस्था आदिका निम्ति बनेको आयोग |
3721 अन्तर्राष्ट्रियकरण ना. कुनै खास राष्ट्रअन्तर्गत नराखी अन्तर्राष्ट्रिय तुल्याउने कार्य ।
3722 अन्तर्राष्ट्रिय कानुन ना. राष्ट्र राष्ट्रका बिच न्यायोचित व्यवहार गर्न बनेको कानुन ।
3723 अन्तर्राष्ट्रिय जलवायु केन्द्र ना. विभिन्न राष्ट्रहरूको जलवायु नाप गर्ने प्रमुख ठाउँ।
3724 अन्तर्राष्ट्रियता ना. कुनै खास देशका सङ्कुचित स्वार्थ र सीमामा नखुम्चिई सम्पूर्ण विश्व वा पूरै मानवजातिलाई आफ्ना चिन्तन र क्रियाकलापको लक्ष्य तुल्याउने मानवतावादी दृष्टिकोण, आस्था वा दर्शन।
3725 अन्तर्राष्ट्रियता ना. विप. राष्ट्रियता।
3726 अन्तर्राष्ट्रिय तिथि रेखा ना. १८० डिग्रीको देशान्तर रेखा ।
3727 अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ना. विभिन्न राष्ट्रहरूमा दूरसञ्चारको व्यवस्था मिलाउने सङ्घ वा समिति ।
3728 अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ ना. विभिन्न राष्ट्रहरूमा वायुयानबाट वारपार गर्ने विशेष प्रबन्ध मिलाउनका निम्ति बनेको सङ्घ।
3729 अन्तर्राष्ट्रिय न्यायालय ना. अन्तर्राष्ट्रिय मामिलाको जाँचबुझ एवं न्याय गर्ने अड्डा।
3730 अन्तर्राष्ट्रिय परिपाटी ना. अन्तर्राष्ट्रिय चालचलन, रीतििस्थति एवं नियम।
3731 अन्तर्राष्ट्रिय भाषा ना. सबै राष्ट्रहरूमा सरदर प्रयोग हुने भाषा ।
3732 अन्तर्राष्ट्रिय मुद्राकोष ना. संयुक्त राष्ट्रसङ्घका सदस्य भएका विभिन्न राष्ट्रहरूका मुद्राहरूको विनिमय, मूल्य स्थिर राख्नमा सहायता गर्ने आदि कामका निम्ति संयुक्त राष्ट्रसङ्घका रेखदेखमा स्थापित कोष वा खजाना ।
3733 अन्तर्राष्ट्रिय विकास सङ्घ ना. विभिन्न राष्ट्रहरूको आवश्यक विकासका निमित्त गठित सङ्घ ।
3734 अन्तर्राष्ट्रिय वित्त निगम ना. अन्तर्राष्ट्रिय सम्पत्तिको व्यवस्था गर्ने वा मुद्रासम्बन्धी कारोबार गर्ने संस्था।
3735 अन्तर्राष्ट्रिय वित्तीय आयोग ना. अन्तर्राष्ट्रिय अर्थव्यवस्थाका निम्ति बनेको आयोग |
3736 अन्तर्राष्ट्रिय समझदारी ना. अन्तर्राष्ट्रिय मेलमिलाप, मैत्रीव्यवस्था आदिका निम्ति हरेक राष्ट्रमा हुनुपर्ने समझदारी ।
3737 अन्तर्लापिका ना. १. प्रश्नभित्रै उत्तर छिपेर रहेको प्रहेलिका; कूट।
3738 अन्तर्लापिका ना. २. एक किसिमको गाउँखाने कथा ।
3739 अन्तर्वर्ती वि. १. बिचमा रहेको; मध्यस्।
3740 अन्तर्वर्ती वि. २. भित्र रहेको; अन्तर्ग।
3741 अन्तर्वाणिज्य ना. कुनै देशभित्र गरिने व्यापार; देशभित्रको व्यापार; भित्री व्यापार ।
3742 अन्तर्वार्ता ना. १. कुनै पदमा योग्य व्यक्ति छान्नका निम्ति सम्बन्धित अधिकारी तथा विशेषज्ञहरूद्वारा उमेदवारहरूलाई प्रश्न सोधेर तिनबाट उत्तर प्राप्त गरिने कार्य वा त्यस्तो कुराकानी।
3743 अन्तर्वार्ता ना. २. विशिष्ट व्यक्ति र पत्रकारहरूका बिचमा हुने सवालजवाफ ।
3744 अन्तर्वार्ता ना. ३. व्यक्ति व्यक्तिका बिच आपसमा भएको गुप्त कुराकानी ।
3745 अन्तर्वाष्प वि. भित्रभित्रै आँसु दबाई वा रोकी राखेको तर गहमा आँसु देखिने गरी चाहिँ नरोएको; अश्रुमय ।
3746 अन्तर्विरोध ना. १. भित्री वा आन्तरिक विरोध; पारस्परिक विरोध; बाहिरी र भित्री रूपमा सामञ्जस्यको अभाव; देखावट र वास्तविकतामा भिन्नता; बाह्य स्तरमा ठानिए, स्विकारिए वा देखिएभन्दा विपरीतको आन्तरिक धर्म वा स्वभाव ।
3747 अन्तर्विरोध ना. २. कुनै वस्तु, व्यक्ति र कुरामा आफैंभित्र आत्मविरोध हुनाको वा आफूलाई खण्डन गर्ने तत्त्व हुनाको भाव वा अवस्था ।
3748 अन्तर्विरोध ना. (उदा.- उनको बोलाइ र काम गराइमा ठुलो अन्तर्विरोध देखियो । अनेकौँ विरोधाभास र अन्तर्विरोध भएकाले तपाईंको सिद्धान्त स्वीकार्य हुन सक्तैन ।)।
3749 अन्तर्विरोधी वि. आन्तरिक विरोध भएको; आन्तरिक सामञ्जस्य नभएको; अन्तर्विरोधसँग सम्बन्ध राख्ने ।
3750 अन्तर्वेद ना. दुई नदीका बिचको भूभाग; अन्तर्वेदी; ब्रह्मावर्त; अन्तर्वेदी।