Dictionary

All Word

3551 अपहत्ते/अपहत्या ना. १. जानी जानी आफ्नो ज्यान गुमाउने काम; आत्महत्या; आत्मघात ।
3552 अपहत्ते/अपहत्या ना. २. कृपा वा सहयोग पाउने आशाले आफैंलाई कष्टपूर्ण स्थितिमा पार्ने काम।
3553 अपहरण ना. १. कसैबाट कुनै वस्तु जबर्जस्ती खोसेर लैजाने काम; हरण।
3554 अपहरण ना. २. चोर्ने वा हरण गर्ने काम ।
3555 अपहरण ना. ३. कुनै स्वार्थ साध्ने वा पैसा कमाउने उद्देश्यले कुनै व्यक्तिलाई जबरजस्ती उठाएर लैजाने काम।
3556 अपहरण ना. ४. तिरोभरो बचाउन कुनै मालसामान लुकीछिपी आयात वा निर्यात गर्ने काम ।
3557 अपहरण ना. ५. नदी, हिमनदी, छाल आदि विकारक तत्त्वद्वारा धरातल खियाउने काम ।
3558 अपहरणकारी वि. अपहरण गर्ने ।
3559 अपहर्ता ना. १. अर्काको धनमाल जबरजस्ती खोसेर लिने व्यक्ति; अपहरण गर्ने व्यक्ति ।
3560 अपहर्ता ना. २. लुटेरा; चोर; डाँकु ।
3561 अपहसित वि. १. अपहास वा उपहास गरिएको; खिल्ली उडाइएको। ना.
3562 अपहसित वि. २. असभ्य हाँसो; खित्का।
3563 अपहार ना. १. अर्काको धनमाल जबरजस्ती हरेर लैजाने काम; अपहरण ।
3564 अपहार ना. २. धोका वा बेइमानी गरेर अर्काको धनसम्पत्तिमा अधिकार जमाउने काम ।
3565 अपहारक/अपहारी वि. १. अर्काको धनमाल जबरजस्ती हरण गरेर लिने; अपहरण गर्ने। ना.
3566 अपहारक/अपहारी वि. २. चोर; डाँकु; लुटेरो।
3567 अपहृत वि. हरण गरिएको; खोसिएको; लुटिएको ।
3568 अपहेलन/अपहेला ना. वास्ता, मान र कदर नगर्ने इरादाले गरिएको उपेक्षा; तिरस्कार; हेला।
3569 अपहेलित वि. अपहेलन गरिएको ।
3570 अपह्नुति ना. १. लुकाउने वा बहाना गर्ने काम ।
3571 अपह्नुति ना. २. ढाँटेर एक थोकलाई अर्को थोकका रूपमा पेस गरेको देखाउँदा हुने एक अर्थालङ्कार।
3572 अपाक ना. १. नपाक्ने वा नपाकेको अवस्था; काँचोपन ।
3573 अपाक ना. २. अपच ।
3574 अपाक्य वि. १. पकाउन लायक नभएको; पकाउन नसकिने ।
3575 अपाक्य वि. २. नपाकेको; काँचो।
3576 अपाङ्ग वि. १. अङ्गभङ्ग भएको; शरीरको कुनै अङ्ग विकृत भएको; हातगोडा आदि भाँचिएको वा नाक, कान, आँखा आदि विकृत भएको; विकलाङ्ग । ना.
3577 अपाङ्ग वि. २. आँखाको कुनो।
3578 अपात्र ना. १. खराब आचरण वा बानीबेहोरा भएको व्यक्ति; कुपात्र; निन्दित व्यक्ति।
3579 अपात्र ना. २. खराब भाँडो; बिटुलो भाँडो ।
3580 अपात्रता ना. खराब आचरण वा शीलस्वभाव; निन्दनीयता।
3581 अपादान ना. १. हटाउने वा पन्छाउने काम; छुट्ट्याउने वा अलग पार्ने प्रक्रिया।
3582 अपादान ना. २. अवधि द्योतन गर्ने कारक चिह्न; पञ्चमी विभक्तिमा प्रयोग गरिने कारक (बाट, देखि)।
3583 अपान ना. १. पञ्च महाप्राणमध्ये एक ।
3584 अपान ना. २. मलमूत्रलाई निकाल्ने अधोवायु।
3585 अपान ना. ३. गुदद्वार ।
3586 अपानवायु ना. गुदद्वारबाट निस्कने वायु; पाद।
3587 अपामार्ग ना. भुवादार पात हुने, आँख्लैआँख्ला परेका राता, हरिया तथा सेता डाँठ हुने, मञ्जरीजस्तो फूल लाग्ने र तिलका दानाजस्तो फल फल्ने एक झारविशेष; एक प्रकारको दतिवन (भाद्रशुक्ल पञ्चमी वा ॠषिपञ्चमीका दिन नारीजातिले लगाउने दतिवन।)
3588 अपामार्जन ना. हे. अपमार्जन ।
3589 अपाम्मे वि. १. ज्यादै; धेरै; अत्यन्त; अगाध । क्रि.वि.
3590 अपाम्मे वि. २. ज्यादा; अति; धेर।
3591 अपार वि. १. पार हुन नसक्ने; सीमारहित; अनन्त।
3592 अपार वि. २. अत्यधिक; ज्यादै।
3593 अपार वि. 3. उग्र; तीव्र; प्रचण्ड ।
3594 अपारगामी वि. १. पार गर्न नसकिने ।
3595 अपारगामी वि. २. योग्य नभएको; अयोग्य।
3596 अपारगामी वि. ३. समर्थ नभएको; असमर्थ।
3597 अपारदर्शक/दर्शी वि. पारदर्शी नभएको; पूर्ण रूपले प्रकाश छिर्न नसक्ने; अर्कोतर्फ कुनै किसिमको छाया वा प्रकाश नदेखिने ।
3598 अपावन वि. पवित्र नभएको; अपवित्र।
3599 अपाहिज वि. १. हातगोडा नभएको; अङ्गहीन; विकलाङ्ग; अपाङ्ग।
3600 अपाहिज वि. २. खोच्याउने; खञ्ज; लुलो, लङ्गडो।