Dictionary

All Word

3651 अपूप ना. ३. महको चाको ।
3652 अपूरणीय वि. कहिल्यै पूरा गर्न नसकिने; ज्यादै कष्टप्रद। (उदा.- प्रसिद्ध नाटककार बालकृष्ण समको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति भएको छ ।)
3653 अपूरो वि. हे. अपुरो ।
3654 अपूर्ण वि. हे. अपुरो ।
3655 अपूर्व वि. १. पहिले कहीँ पनि नभएको वा नदेखिएको ।
3656 अपूर्व वि. २. नयाँ; हालसालको।
3657 अपूर्व वि. ३. अनौठो; अद्भुत ।
3658 अपूर्व वि. ४. चिनजान नभएको; अज्ञात।
3659 अपूर्व वि. ५. अद्भुत; विलक्षण ।
3660 अपूर्व वि. ६. अद्वितीय; अनुपम।
3661 अपृष्ठवंश ना. मेरुदण्ड नभएको जीवको प्रकार ।
3662 अपृष्ठवंशीय युग ना. मेरुदण्ड नभएका जीवहरूको सृष्टि भएको युग; पुराजीवक प्रथम खण्डको समस्त समयलाई ओगट्ने जैविक युग; त्रिखण्डारम्भदेखि गिरि वा शैलयुगसम्मको समस्त युग।
3663 अपेक्षणीय वि. अपेक्षा वा वास्ता गर्न लायक ।
3664 अपेक्षा ना. १. केही वस्तु पाउन त्यसमा दृष्टि वा लालच पुऱ्याउने काम; इच्छा; अभिलाषा; वास्ता; चाहना ।
3665 अपेक्षा ना. २. अस्तित्व, क्रम, विकास, स्थिति आदिका दृष्टिले कुरा वा वस्तुहरूमा रहने स्वाभाविक सम्बन्ध।
3666 अपेक्षा ना. ३. आशा; भरोसा ।
3667 अपेक्षा ना. ४. तुलना; दाँजो ।
3668 अपेक्षाकृत क्रि.वि. १. तुलना वा दाँजोमा ।
3669 अपेक्षाकृत क्रि.वि. २. आशा गरेको भन्दा।
3670 अपेक्षित वि. १. अपेक्षा गरिएको; वाञ्छनीय।
3671 अपेक्षित वि. २. प्रयोजनीय; आवश्यक; जरुरी।
3672 अपेक्ष्य वि. १. वाञ्छनीय; इच्छा गर्न लायक ।
3673 अपेक्ष्य वि. २. प्रयोजनीय; आवश्यक |
3674 अपेय वि. पिउन नहुने वा नसकिने; पिउन लायक नभएको ।
3675 अपौरुष ना. १. पौरुष वा वीरताको अभाव ।
3676 अपौरुष ना. २. साधारण मानिसमा नपाइने गुण; अलौकिक शक्ति; अलौकिकता । वि.
3677 अपौरुष ना. ३. पुरुषार्थ नभएको; सामर्थ्यहीन ।
3678 अपौरुष ना. ४. अलौकिक; ईश्वरीय।
3679 अपौरुषेय वि. १. पुरुष वा मानिसले नबनाएको; अलौकिक।
3680 अपौरुषेय वि. २. पौरुष नभएको; पुरुषार्थहीन; अपौरुष।
3681 अपौष्टिक वि. पौष्टिक नभएको; शरीरमा तागत नलाग्ने; पौष्टिकताहीन (खाद्य वस्तु आदि) ।
3682 अप्ठेरो/अप्ठ्यारो वि. १. असजिलो; गाह्रो; कठिन ।
3683 अप्ठेरो/अप्ठ्यारो वि. २. बाउँटो; बिँगठ्याहा; टेढो । क्रि.वि.
3684 अप्ठेरो/अप्ठ्यारो वि. ३. दोठ्याङ; अन्डस; अडकाउ; अठवा।
3685 अप्रकट वि. प्रकट नभएको; उत्पन्न नभएको; नदेखिएको; लुकेको; छिपेको।
3686 अप्रकरण ना. प्रकरणबाहेकको विषयवस्तु; अप्राकरणिक विषय ।
3687 अप्रकाश ना. १. प्रकाशको अभाव; अँध्यारो । वि.
3688 अप्रकाश ना. २. प्रकाश नआएको; उज्यालोविनाको ।
3689 अप्रकाश ना. ३. लुकेको वा छिपेको; प्रकटमा नआएको।
3690 अप्रकाश ना. ४. ननिस्केको; प्रकाशमा नआएको; अप्रकाशित।
3691 अप्रकाशित वि. १. अँध्यारो; उज्यालो नभएको; प्रकाशविनाको।
3692 अप्रकाशित वि. २. प्रकट नभएको वा नगरिएको
3693 अप्रकाशित वि. ३. गुप्त; नदेखिएको ।
3694 अप्रकाशित वि. ४. छापेर प्रचार नगरिएको ।
3695 अप्रकृत वि. १. प्रकृत वा स्वाभाविक नभएको ।
3696 अप्रकृत वि. २. विषय नमिलेको; भिन्न विषयको; अप्रासङ्गिक।
3697 अप्रचलित वि. प्रचलनमा नआएको; नचलेको; व्यवहारमा नल्याइएको; अप्रयुक्त।
3698 अप्रतिकार वि. १. प्रतिकार नगरिएको; बदला नलिइएको । ना.
3699 अप्रतिकार वि. २. प्रतिकार वा प्रतिशोधको अभाव ।
3700 अप्रतिदेय वि. १. सहायतार्थ दिइएको (धन) ।