Dictionary

All Word

3751 अप्रसन्नता ना. अप्रसन्न हुनाको भाव वा स्थिति; अप्रफुल्लता; बेराजीपना।
3752 अप्रसिद्ध वि. प्रसिद्ध नभएको; प्रख्यात नभएको; चारैतिर नफैलिएको।
3753 अप्रसिद्धि ना. प्रसिद्धिको अभाव; ख्यातिहीनता; प्रख्यातिविहीनता।
3754 अप्रस्तावित वि. प्रस्ताव नराखिएको; प्रस्ताव पेस नभएको।
3755 अप्रस्तुत वि. १. पेस नगरिएको; प्रस्तुत नगरिएको ।
3756 अप्रस्तुत वि. २. अगाडि नरहेको; उपस्थित नभएको ।
3757 अप्रस्तुत वि. ३. प्रासङ्गिक नभएको; सङ्गति नमिलेको; प्रयोजन नभएको । ना.
3758 अप्रस्तुत वि. ४. उपमान।
3759 अप्रस्तुत प्रशंसा ना. कुनै अप्रासङ्गिक कुरा गरेर प्रासङ्गिक कुरा बुझाएमा हुने एक अर्थालङ्कार ।
3760 अप्राकृत वि. १. प्राकृत नभएको, अस्वाभाविक।
3761 अप्राकृत वि. २. साधारण नभएको; असाधारण।
3762 अप्राकृतिक वि. १. प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक ।
3763 अप्राकृतिक वि. २. अस्वाभाविक ढङ्गले गरिने (सम्बन्ध, मैथुन इ.)।
3764 अप्राप्त वि. १. प्राप्त नभएको; नपाइएको; नमिलेको ।
3765 अप्राप्त वि. २. पाउन कठिन; अलभ्य; दुर्लभ ।
3766 अप्राप्ति ना. प्राप्तिको अभाव; नपाइने स्थिति ।
3767 अप्राप्य वि. पाउन नसकिने; अलभ्य; दुर्लभ ।
3768 अप्रामाणिक वि. प्रामाणिक नभएको; प्रमाणबेगरको; प्रमाणरहित।
3769 अप्रासङ्गिक वि. प्रसङ्ग नमिलेको; बेप्रसङ्गको; सिलसिलादेखि बाहिरको; विनासन्दर्भको।
3770 अप्रिय वि. १. मन नपरेको; प्यारो नभएको; प्रेम नभएको।
3771 अप्रिय वि. २. चाह नभएको; इच्छा नजाग्ने । ना.
3772 अप्रिय वि. ३. शत्रु; वैरी ।
3773 अप्रियता ना. अप्रिय हुनुको भाव वा अवस्था; स्नेहहीनता ।
3774 अप्रिल वि. ग्रेगोरी पात्रोअनुसार इस्वी संवत्‌को चौथो महिना; वैशाख आधाआधीदेखि जेठको आधाआधीका बिचमा पर्ने अङ्ग्रेजी महिना ।
3775 अप्रिल फुल ना. अप्रिल एक तारिखमा कसैलाई झुक्याउँदै मूर्ख बनाउने पर्व।
3776 अप्रीति ना. प्रीतिको अभाव; प्रीति वा माया नहुनाको अवस्था ।
3777 अप्रेन्टिस ना. कुनै कार्यालयमा काम सिक्न अवैतनिक वा अल्पवैतनिक रूपले काम गर्ने कर्मचारी; सिकारु व्यक्ति।
3778 अप्रेसन ना. चिरफार; शल्यक्रिया।
3779 अप्रौढ वि. १. प्रौढ नभएको; आलोकाँचो ।
3780 अप्रौढ वि. २. डरपोक; काँतर।
3781 अप्रौढता ना. १. प्रौढताको अभाव; आलोकाँचोपना; कट्मिरो अवस्था।
3782 अप्रौढा वि. १. विवाह नभएकी स्त्री; कन्या ।
3783 अप्रौढा वि. २. भर्खर विवाह भएकी स्त्री; नवविवाहिता स्त्री ।
3784 अप्रौढा वि. ३. नछुने नभएकी कन्या; रजोवती नभएकी कन्या।
3785 अप्सरा ना. १. इन्द्रको सभामा नाचगान गर्ने नटुवी; स्वर्गकी नर्तकी; देवाङ्गना; स्वर्वेश्या ।
3786 अप्सरा ना. २. जलकण; वाष्पकण । वि.
3787 अप्सरा ना. ३. अत्यन्त राम्री; परम सुन्दरी (स्त्री) ।
3788 अप्सानी ना. अग्रासन; औसानी ।
3789 अफगान ना. अफगानिस्तान देशमा बस्ने जाति ।
3790 अफगानिस्तान ना. एसिया महादेशमा रहेको इरान पूर्वको एक देश ।
3791 अफताली ना. राजा, महाराजा आदिका यात्रामा पहिले नै गएर बास आदिको प्रबन्ध गर्ने कर्मचारी; पेसगी ।
3792 अफल वि. १. फल नभएको; निष्फल ।
3793 अफल वि. २. निरर्थक; व्यर्थ |
3794 अफल वि. ३. खसी पारिएको; नपुंसक तुल्याइएको; लक्ख्य्राइएको ।
3795 अफलाकाङ्क्षी वि. पारिश्रमिकको इच्छा नगर्ने; पुरस्कारको आशा नगर्ने; निस्वार्थी।
3796 अफलातुन ना. १. प्राचीन युनानका प्रसिद्ध दार्शनिक विद्वान् प्लेटोको अरबी नाउँ; प्लेटो ।
3797 अफलातुन ना. २. आफूलाई ठुलो विद्वान् ठान्ने व्यक्तिलाई व्यङ्ग्य गरी भनिने शब्द।
3798 अफवाह ना. सर्वसाधारण जनतामा चलेको हल्ला; होहल्ला ।
3799 अफसर ना. हे. अफिसर।
3800 अफसरी ना. अफिसरी ।