Dictionary

All Word

3851 अबाध्य वि. १. रोक्न नसकिने; भाँजी हाल्न नसकिने ।
3852 अबाध्य वि. २. नबाँधिएको; बाध्य नभएको।
3853 अबाध्य वि. ३. अनिवार्य नभएको।
3854 अबिजालो ना. १. केराउका जस्ता बाटुला पात हुने एक प्रकारको झार वा बुटीविशेष ।
3855 अबिजालो ना. २. पिनासको रोगमा प्रयोग गरिने अर्मलेजस्तो एक झार ।
3856 अबिजालो ना. ३. कडा पिरो पदार्थ ।
3857 अबिर ना. देवताको पूजा गर्ने र टिको आदि लगाउने काममा प्रयोग गरिने रातो धुलो; अबीर ।
3858 अबिरी वि. १. अबिरको; अबिरजस्तो; अबिरसम्बन्धी।
3859 अबिरी वि. २. अबिरजस्तो रातो रङको; अबीरी ।
3860 अबीर ना. हे. अबिर ।
3861 अबीरी वि. अबिरी ।
3862 अबुद्धि ना. बुद्धि नहुने भाव वा अवस्था; निर्बुद्धिता; कुबुद्धि।
3863 अबुझ वि. जति नै बुझाउँदा पनि नबुझ्ने; जति सम्झाए पनि नसम्झने; बोधो; नासमझ।
3864 अबुझकी वि. कुरा नबुझ्ने; अबुझ; मूर्ख ।
3865 अबेर क्रि.वि. बियाँलो; विलम्ब; अबेला; ढिलो ।
3866 अबेला ना. १. अनुचित वा अनुपयुक्त समय; खराब समय; बेमौका; कुबेला । क्रि.वि.
3867 अबेला ना. २. अबेर; ढिलो; बेला सकिएपछि।
3868 अबेस्ता ना. फारसीहरूको धर्मग्रन्थ; इरानका जरथ्रुस्तद्वारा प्रतिपादित फारसी धर्मको आधारग्रन्थ।
3869 अबेहोर वि. खराब चालचलनको; दुराचारी; दुश्चरित्र ।
3870 अबोध वि. केही पनि नबुझ्ने; केही नजान्ने; अज्ञानी; मूर्ख ।
3871 अबोधगम्य वि. बुझ्न नसकिने; बोध वा सामर्थ्यभन्दा परको ।
3872 अबोला वि. नबोल्ने स्वभावको; मौन प्रकृतिको ।
3873 अब्झट क्रि.वि. अपर्झट; अचानक; एक्कासि; अनायास ।
3874 अब्द ना. १. वर्ष; साल।
3875 अब्द ना. २. मेघ; बादल।
3876 अब्द ना. ३. आकाश।
3877 अब्धि ना. १. समुद्र; सागर ।
3878 अब्धि ना. २. सरोवर; तलाउ; जलाशय।
3879 अब्धि ना. ३. चारलाई बुझाउने सङ्ख्या ।
3880 अब्धि ना. ४. अङ्गुल एवं मात्राको सात गुना बराबरको नाप; दृष्टि, मुनि एवं पाताल बराबरको नाप ।
3881 अब्बल वि. १. असल; उत्तम; श्रेष्ठ।
3882 अब्बल वि. २. प्रथम दर्जाको; एक नम्बरको (जग्गाजमिन आदि)।
3883 अब्बल स्वर ना. उच्चारणमा जिब्रोसँग सहमति जनाउँदै जिब्रो पश्च भएका बेलामा ओठ खुम्चिएर र जिब्रो अग्र भएका बेलामा ओठ तन्किएर उच्चारण हुने स्वरवर्ण ।
3884 अब्रख ना. हे. अभ्रक ।
3885 अब्रह्मचर्य ना. १. ब्रह्मचर्यमा नरहेको अवस्था। वि.
3886 अब्रह्मचर्य ना. २. ब्रह्मचर्यको पालना नगर्ने ।
3887 अब्रह्मण्य वि. १. ब्राह्मणलाई योग्य नभएको; ब्राह्मणले गर्न नहुने; ब्राह्मणको प्रतिकूल (कर्म) ।
3888 अब्रह्मण्य वि. २. ब्राह्मणमा आस्था नराख्ने । ना.
3889 अब्रह्मण्य वि. ३. संस्कृत नाटकका अनुसार नाटकमा कुनै अनुचित कुराको सूचना गर्दा नेपथ्यमा उच्चारण गरिने शब्द।
3890 अब्रुवाँ ना. मिहिन र पातलो खालको एक जातको असल सेतो कपडा; एक प्रकारको असल मलमल।
3891 अभक्ति ना. १. भक्ति वा श्रद्धा नहुने स्थिति; भक्तिभावको अभाव।
3892 अभक्ति ना. २. प्रेमहीनता; अनुरागविहीनता।
3893 अभक्ष्य वि. १. खान नहुने (वस्तु)। ना.
3894 अभक्ष्य वि. २. अभोज्य चिज; अखाद्य पदार्थ; धर्मशास्त्रले निषेध गरेको वस्तु; अभच्छे।
3895 अभग ना. गीतको दोहोऱ्याई, तेहऱ्याई भनिने चरण; गीतको स्थायी ।
3896 अभङ्ग वि. टुटफुट नभएको; भङ्ग नभएको; अखण्ड; पूर्ण ।
3897 अभङ्गपद ना. पद वा अक्षरलाई भङ्ग नगरीकनै दुई वा बढी अर्थ निस्कने अर्थालङ्कार; श्लेषालङ्कारको एक भेद।
3898 अभच्छे ना./वि. हे. अभक्ष्य।
3899 अभद्र वि. १. भलादमीपन नभएको; भलो व्यवहार नगर्ने; अशिष्ट।
3900 अभद्र वि. २. खराब; अशुभ।