Dictionary

All Word

4001 अपचालक वि. २. नराम्रोसँग सञ्चालन गर्ने ।
4002 अपचालक वि. ३. विज्ञान वा प्रविधिका अनुसार प्रसार वा विस्तारमा प्रतिकूल असर पार्ने; फैलन नदिने ।
4003 अपचालन ना. १. आफूले राखेको माग पूरा नहोउन्जेल यानका चालकलाई बलपूर्वक वा डरत्रास देखाई आफूले भनेका ठाउँमा ओराल्न बाध्य गराउने काम; अपहरण ।
4004 अपचालन ना. २. नराम्रोसँग चलाउने कार्य ।
4005 अपचालन ना. ३. प्रसार वा विस्तारलाई अवरुद्ध पार्ने काम ।
4006 अपचालित वि. अपचालन गरिएको; नराम्रोसित चलाइएको ।
4007 अपजस ना. १. बदनाम; अपकीर्ति ।
4008 अपजस ना. २. विनाकसुर आइलागेको आरोप; दोषारोपण; वृथा आरोप।
4009 अपजसे/अपजस्याहा वि. अपजस पाउने; अबजसे ।
4010 अपजात वि. आफ्नो उत्पादक वा मूल वर्गको पूरै गुण नआएको; अपेक्षाकृत कम गुण भएको ।
4011 अपटु वि. पटु वा कुशल नभएको ।
4012 अपठित वि. १. नपढेको; पढ्ने काम नगरेको; अपढ; अनपढ (व्यक्ति) ।
4013 अपठित वि. २. नपढिएको ( पाठ वा लेख ) ।
4014 अपढ वि. १. लेखपढ नगरेको; अनपढ; नपढेको।
4015 अपढ वि. २. अशिक्षित; मूर्ख।
4016 अपढन्ता वि. अपढ ।
4017 अपत्य ना. सन्तान; छोराछोरी; सन्तति।
4018 अपत्यार ना. कुनै विषय वा प्रसङ्गप्रति पत्यार नहुने अवस्था; अनपत्यार; अविश्वास।
4019 अपत्यारिलो वि. पत्यार नभएको ।
4020 अपत्यारो ना. अपत्यार।
4021 अपथ ना. १. हिँडडुल गर्न योग्य नभएको बाटो; विकट मार्ग |
4022 अपथ ना. २. अनुचित वा खराब मार्ग; कुबाटो ।
4023 अपथ्य वि. १. पथ्य नभएको; स्वास्थ्यलाई खराब गर्ने; स्वास्थ्यनाशक (खानेकुरो ) |
4024 अपथ्य वि. ना. २. स्वास्थ्यलाई हित नगर्ने वस्तु; हानिकारक चिजबिज ।
4025 अपदस्थ वि. १. आफ्नो पद, स्थान वा सेवाबाट हटाइएको; पदच्युत ।
4026 अपदस्थ वि. २. पद वा सेवामा नरहेको; पदबाट हटेको ।
4027 अपद्रव्य ना. १. खराब वा निकृष्ट वस्तु; काम नलाग्ने चिजबिज ।
4028 अपद्रव्य ना. २. कुत्सित धन; घृणित सम्पत्ति।
4029 अपनत्व ना. स्वाधिकार; निजत्व; स्वत्व।
4030 अपनयन ना. १. कुनै वस्तु वा व्यक्तिलाई हटाउने वा निकाल्ने काम ।
4031 अपनयन ना. २. छुटकारा; वियोग ।
4032 अपनयन ना. ३. कुनै स्त्री वा बालकलाई उसका पति वा बाबुको घरबाट लुकाई, बहकाई अन्यत्र कहीँ भगाउने काम; अपहरण ।
4033 अपनाम ना. हे. दुर्नाम |
4034 अपनिहिति ना. कुनै व्यञ्जनको पछि रहेको स्वरवर्ण अनुवर्ती रहेर पनि अगाडि आइपुग्ने भाषावैज्ञानिक प्रक्रिया (हँसिया = हँइस्या, थाकियो = थाइक्यो इ.) ।
4035 अपन्यास ना. १. गीतका खण्डखण्ड अलग गरेर देखाइने स्वर ।
4036 अपन्यास ना. २. खराब ठाउँमा राख्ने काम ।
4037 अपभाषा ना. १. भाषाको अपरिष्कृत तथा अशिष्ट रूप।
4038 अपभाषा ना. २. अश्लील वा लाजभाँडको बोली ।
4039 अपभोग ना. १. अर्काको सम्पत्ति अनुचित किसिमले भोग गर्ने काम।
4040 अपभोग ना. २. सम्पत्तिको दुरुपयोग वा दुर्व्यवहार ।
4041 अपभ्रंश ना. १. तलतिर खस्ने वा झर्ने काम; पतन।
4042 अपभ्रंश ना. २. बिग्रेको स्थिति; विकृति ।
4043 अपभ्रंश ना. ३. मूल उच्चारण ठिक र शुद्ध किसिमले गर्न नसकी बिग्रेको शब्दरूप ।
4044 अपभ्रंश ना. ४. प्राचीन मध्यदेशीय प्राकृत भाषाभन्दा पछिको र आधुनिक आर्यभाषा जन्मनुभन्दा पहिलेको तथा सोही आधुनिक आर्यभाषाको विकास गराउने भाषा।
4045 अपभ्रंश भाषा ना. आधुनिक भारतवर्षीय आर्यभाषाको विकासभन्दा अघिल्लो चरणको भाषा ।
4046 अपभ्रष्ट वि. १. खसेको वा गिरेको; पतित; च्युत ।
4047 अपभ्रष्ट वि. २. बिग्रेको; विकृ।
4048 अपभ्रष्ट वि. ३. संस्कृत तत्सम शब्दबाट आएर विकृत रूपमा प्रचलित; तद्भव (शब्द) ।
4049 अपमान ना. १. अभिमानपूर्वक भनिएको र कसैको इज्जत वा मानमर्यादालाई चोट पुऱ्याउने कुरो ।
4050 अपमान ना. २. कसैको प्रतिष्ठा वा इज्जतलाई कम गराउने कामकाज; बेइज्जती।