Dictionary

All Word

4101 अपराध संहिता ना. २. त्यससँग सम्बन्धित ग्रन्।
4102 अपराधी वि. अपराध गर्ने; पापकर्म गर्ने ।
4103 अपराध सुम्पुवा ना. १. जिल्ला इलाकातिरका चौकीहरूले पक्रिएका दोषी, अपराधीलाई आफ्ना तालुक अड्डामा सुम्पिने वा बुझाउने काम।
4104 अपराध सुम्पुवा ना. २. पक्राउ परेका विदेशी अपराधीहरूलाई तिनकै देशको सरकारछेउ सुम्पने काम।
4105 अपरान्तिका ना. एक नगण, दुई रगण र एक लघु तथा एक गुरु भएको वार्णिक छन्द।
4106 अपरान्तिका ना. (यसैलाई ललित तथा कनकमञ्जरी पनि भनिन्छ।)।
4107 अपराह्ण ना. १. दोपहर वा मध्याह्नपछि आरम्भ हुने दिनको भाग; दिनका पाँच भागमध्येको चौथो भाग; अपराह्न ।
4108 अपराह्ण ना. २. सामान्यतः दिनको तेस्रो प्रहर ।
4109 अपराह्न ना. हे. अपराह्ण।
4110 अपरिग्रह ना. १. दान नलिने क्रिया; दानको परित्याग।
4111 अपरिग्रह ना. २. जीवन निर्वाहका लागि अत्यावश्यक वस्तुबाहेकका अन्य वस्तु ग्रहण नगर्ने काम ।
4112 अपरिग्रह ना. ३. मोह, राग, द्वेष, हिंसा आदिको त्याग ।
4113 अपरिग्रह ना. ४. योगशास्त्रका अनुसार पाँचौँ यम; सङ्गत्याग ।
4114 अपरिग्रह ना. ५. ब्रह्मचर्य।
4115 अपरिचित वि. १. परिचित वा चिनजान नभएको; जानपहिचान नभएको; थाहा नभएको ।
4116 अपरिचित वि. २. पराई; परचक्री।
4117 अपरिणय ना. परिणय वा विवाह नभएको अवस्था; कौमार्य; कुमार अवस्था।
4118 अपरिणामी वि. १. परिणाम ननिस्कने वा नहुने ।
4119 अपरिणामी वि. २. अवस्था वा रूपमा हेरफेर नहुने; अविकारी।
4120 अपरिणीता वि. विवाह नभएकी; अविवाहिता; कुमारी; कन्या ।
4121 अपरिपक्व वि. १. परिपक्व नभएको; काँचो।
4122 अपरिपक्व वि. २. राम्रोसँग नपाकेको; अधकल्चो।
4123 अपरिपक्व वि. ३. अपक्व ।
4124 अपरिपक्वता ना. १. अपरिपक्व हुनाको भाव वा अवस्था।
4125 अपरिपक्वता ना. २. खास कुरा सिक्ने वा ग्रहण गर्ने तत्परता बालकमा स्वाभाविक रूपमा देखिइनसकेको शारीरिक वा मानसिक अवस्था।
4126 अपरिमित वि. १. कुनै सीमा नभएको; सीमारहित; असीम; बेहद।
4127 अपरिमित वि. २. असङ्ख्य; अगणित; अनगन्ती।
4128 अपरिमेय वि. १. परिमाण छुट्याउन वा नापतौल गर्न नसकिने; अडकल काट्न नसकिने २. असङ्ख्य; धेरै; अनगन्ती।
4129 अपरिवर्तनीय वि. १. परिवर्तन वा फेरबदल गर्न नसकिने; बदल्न नसकिने।
4130 अपरिवर्तनीय वि. २. कुनै कुराको सट्टा वा बदलामा दिन नसकिने ।
4131 अपरिवर्तनीय वि. ३. सधैँ एकनास रहने; नित्य ।
4132 अपरिवर्तित वि. परिवर्तन वा फेरबदल नभएको; नबदलिएको; उस्तै।
4133 अपरिवर्त्य वि. परिवर्तन वा हेरफेर गर्न लायक नभएको; परिवर्तन नहुने वा गर्न नसकिने ।
4134 अपरिष्कृत वि. १. परिष्कार वा संस्कार नभएको; असंस्कृत; अपरिमार्जि।
4135 अपरिष्कृत वि. २. ठिक वा उचित नपारिएको; नसुधारिएको ।
4136 अपरिष्कृत वि. ३. फोहोरमैला भएको; गन्दा ।
4137 अपरिहार्य वि. १. परिहार वा त्याग गर्न नसकिने; छाड्न नहुने; अत्याज्य ।
4138 अपरिहार्य वि. २. कामका निम्ति अत्यावश्यक; अनिवार्य ।
4139 अपरिहार्यता ना. १. छाड्न वा त्याग्न नसकिने गुण वा अवस्था।
4140 अपरिहार्यता ना. २. कुनै कामकुराका निम्ति नभई नहुने स्थिति।
4141 अपरीक्षित वि. १. परीक्षा नगरिएको वा नलिइएको; जाँच, पडताल नभएको।
4142 अपरीक्षित वि. २. रूप, गुण, वर्ण आदिको अनुसन्धान नगरिएको।
4143 अपरीक्षित वि. ३.अप्रमाणित ।
4144 अपरुष वि. १. परुष वा कठोर नभएको; कोमल ।
4145 अपरुष वि. २. कठोर हृदय नभएको; नरिसाउने ।
4146 अपरूप वि. १. नराम्रो रूप भएको; कुरूप ।
4147 अपरूप वि. २. भद्दा।
4148 अपरेटर ना. १. मेसिन, यन्त्र आदि चलाउने व्यक्ति ।
4149 अपरेटर ना. २. फोनमा कुराकानी गर्नका निम्ति लाइन दिने व्यक्ति ।
4150 अपरोग ना. रोगको असर घट्तै गएको अवस्था; स्वास्थ्यलाभ गरेको स्थिति।