Dictionary

All Word

4201 अपसर्जन ना. १. छाड्ने काम; त्याग ।
4202 अपसर्जन ना. २. मोक्ष; मुक्ति ।
4203 अपसर्प/अपसर्पक ना. १. जासुसी विद्या।
4204 अपसर्प/अपसर्पक ना. २. त्यस्तो विद्या जान्ने जासुस; गुप्तचर ।
4205 अपसर्प/अपसर्पक ना. ३. अर्काको कुरा लगाउने छुल्याहा व्यक्ति।
4206 अपसर्पण ना. १. पछाडि हट्ने काम; खस्कने काम ।
4207 अपसर्पण ना. २. भाग्ने काम; पलायन।
4208 अपसर्पण ना. ३. गुप्तचरको काम; जासुसी ।
4209 अपसर्पण ना. ४. छुल्याइँ।
4210 अपसव्य वि. १. सव्यको उल्टो; दाहिने; दायाँ ।
4211 अपसव्य वि. २. उल्टो; विपरी।
4212 अपसव्य वि. ना. ३. पितृकार्य आदिमा दायाँ काँधमा जनै रहने स्थिति।
4213 अपसार ना. १. बाहिर जाने वा निक्लने काम ।
4214 अपसार ना. २. पानीको छिटा ।
4215 अपसारक वि. भगाएर लैजाने ।
4216 अपसारण ना. १. कुनै वस्तु पन्छाउने वा हटाउने काम ।
4217 अपसारण ना. २. बाटो दिने वा ठाउँ छाड्ने काम ।
4218 अपसारित वि. पन्छाइएको; हटाइएको; निकालिएको; पर सारिएको ।
4219 अपसारी वि. विरुद्ध जाने वा रहेको; उल्टो चल्ने; विपरीत बाटो हिँड्ने |
4220 अपसिद्धान्त ना. १. सिद्धान्तको विरुद्ध विचार; अनुचित सिद्धान्।
4221 अपसिद्धान्त ना. २. न्यायमा कुनै सिद्धान्त स्थिर गरेर पनि त्यसको विपरीत गरिने वा भनिने कामकुरो ।
4222 अपसृत वि. १. आफ्नो उत्तरदायित्व, पद, कार्य आदिबाट हटेको; निक्लिएको; पन्छिएको ।
4223 अपसृत वि. २. पारपाचुके लिएको; सम्बन्धविच्छेद गरेको ।
4224 अपसृता वि. सम्बन्ध विच्छेद गरिएकी; पारपाचुके दिएकी वा लिएकी; परित्यक्ता (स्त्री) ।
4225 अपसेट ना. छाप्ने अक्षर वा सामग्रीको विशेष फोटो उतारी धातुको पातामा बिम्ब पारेर छापिने एक विशेष प्लेट |
4226 अपसेट प्रतिलिपि ना. अपसेट पाताले छापेर तयार गरिएको प्रतिलिपि ।
4227 अपसेट प्रेस ना. अपसेटद्वारा छपाइको काम हुने प्रेस; सफा र आकर्षक छपाइ गर्ने आधुनिक मुद्रणयन्त्र ।
4228 अपसोच/अपसोस ना. १. सुर्ता; शोक; बिस्मात ।
4229 अपसोच/अपसोस ना. २. खेद; अफसोस।
4230 अपस्नान ना. १. आफ्नो कुनै सम्बन्धी वा कुटुम्बको मृत्युमा उदकक्रियाको समयमा गरिने स्नान; आशौचमा गरिने नुहाइ; खल्को।
4231 अपस्नान ना. २. अपवित्र पानीमा नुहाउने काम ।
4232 अपस्मार ना. १. रोगीको कलेजो काँपेर बेहोस भई जमिनमा गिर्ने काम; मूर्च्छा पर्ने रोग; छारेरोग; मिरगी; मिर्गी ।
4233 अपस्मार ना. २. वियोगजन्य कष्टले मिर्गीको रोगी जस्तै मूर्च्छित भएर पल्टने खालको प्रेमी वा प्रेमिकाको अवस्था; एक सञ्चारी भाव ।
4234 अपस्मारी वि. अपस्मार रोगले पीडि।
4235 अपहत वि. १. हत्या गरिएको; मारिएको ।
4236 अपहत वि. २. टाढा पारिएको; हटाइएको।
4237 अपहत्ते/अपहत्या ना. १. जानी जानी आफ्नो ज्यान गुमाउने काम; आत्महत्या; आत्मघात ।
4238 अपहत्ते/अपहत्या ना. २. कृपा वा सहयोग पाउने आशाले आफैंलाई कष्टपूर्ण स्थितिमा पार्ने काम।
4239 अपहरण ना. १. कसैबाट कुनै वस्तु जबर्जस्ती खोसेर लैजाने काम; हरण।
4240 अपहरण ना. २. चोर्ने वा हरण गर्ने काम ।
4241 अपहरण ना. ३. कुनै स्वार्थ साध्ने वा पैसा कमाउने उद्देश्यले कुनै व्यक्तिलाई जबरजस्ती उठाएर लैजाने काम।
4242 अपहरण ना. ४. तिरोभरो बचाउन कुनै मालसामान लुकीछिपी आयात वा निर्यात गर्ने काम ।
4243 अपहरण ना. ५. नदी, हिमनदी, छाल आदि विकारक तत्त्वद्वारा धरातल खियाउने काम ।
4244 अपहरणकारी वि. अपहरण गर्ने ।
4245 अपहर्ता ना. १. अर्काको धनमाल जबरजस्ती खोसेर लिने व्यक्ति; अपहरण गर्ने व्यक्ति ।
4246 अपहर्ता ना. २. लुटेरा; चोर; डाँकु ।
4247 अपहसित वि. १. अपहास वा उपहास गरिएको; खिल्ली उडाइएको।
4248 अपहसित वि. ना. २. असभ्य हाँसो; खित्का।
4249 अपहार ना. १. अर्काको धनमाल जबरजस्ती हरेर लैजाने काम; अपहरण ।
4250 अपहार ना. २. धोका वा बेइमानी गरेर अर्काको धनसम्पत्तिमा अधिकार जमाउने काम ।