Dictionary

All Word

4251 अमनस्क वि. १. मन वा चित्त ठिक नभएको; विमनस्क।
4252 अमनस्क वि. २. उदास।
4253 अमनस्क वि. ३. विवेकशक्तिहीन ।
4254 अमनस्क वि. ४. किंकर्तव्यविमूढ।
4255 अमर वि. १. कहिल्यै नमर्ने; सधैँ बाँचिरहने । ना.
4256 अमर वि. २. देवता ।
4257 अमर वि. ३. पारो।
4258 अमर वि. ४. सुवर्ण; सुन ।
4259 अमरकोश ना. अमरसिंह नाउँका व्यक्तिले पद्यमा बनाएको संस्कृतको पर्यायवाची शब्दकोश।
4260 अमरता ना. १. अमर हुनाको भाव; कहिल्यै नमर्ने स्थिति; अविनाशिता ।
4261 अमरता ना. २. चिरजीवन ।
4262 अमरता ना. ३. देवत्व; अमरत्व।
4263 अमरपद ना. देवताको पद; देवपद; देवपद प्राप्त गर्ने स्थिति; मोक्ष; मुक्ति ।
4264 अमरपदवी ना. अमरको पद वा पदवी; देवत्व ।
4265 अमरवल्ली ना. आकाशवल्ली।
4266 अमरसिंह ना. १. अमरकोशका निर्माता ।
4267 अमरसिंह ना. २. विक्रमी उन्नाइसौँ शताब्दीमा थापाकुलमा भएका नेपालका एक प्रसिद्ध व्यक्ति ।
4268 अमराङ्गना ना. १. अप्सरा; स्वर्गकी वेश्या ।
4269 अमराङ्गना ना. २. देवताकी स्त्री; देवाङ्गना।
4270 अमराधिप ना. १. अमरहरूका राजा; इन्द्र।
4271 अमराधिप ना. २. ईश्वर ।
4272 अमरावती ना. देवताका राजा इन्द्रको राजधानी; इन्द्रपुरी; स्वर्ग; अमरपुरी।
4273 अमरी ना. १. देवस्त्री; देवी; देवाङ्गना ।
4274 अमरी ना. २. इन्द्रको राजधानी; अमरावती।
4275 अमर्त्य वि. १. अविनाशी; नमर्ने; नाश नहुने; दैवी । ना.
4276 अमर्त्य वि. २. कहिल्यै नमर्ने जाति; देवता ।
4277 अमर्यादा ना. १. अनुशासन, मान, सम्मान आदिको अभाव; अनुशासनहीनता।
4278 अमर्यादा ना. २. अभद्रता; मनपरी ।
4279 अमर्यादित वि. अमर्यादा भएको; अमर्यादा गरिएको ।
4280 अमल१ वि. १. मल नभएको; निर्मल; स्वच्छ।
4281 अमल१ वि. २. निर्दोष; निष्कलङ्क; निष्पाप।
4282 अमल१ वि. ३. साँचो; सच्चा; सत्य।
4283 अमल१ वि. ४. शुद्ध; पवित्र।
4284 अमल२ ना. एक औँलाको नापो; अङ्गुल।
4285 अमल३ ना. १. सुर्ती; गाँजा; अफिम आदि लागु वस्तु; मादक पदार्थ; नसा; अम्मल ।
4286 अमल३ ना. २. लत; बानी; आदत ।
4287 अमल३ ना. ३. मातहतको इलाका; जिल्ला; हाता ।
4288 अमल३ ना. ४. अधिकार; शासन।
4289 अमल३ ना. ५. व्यवहार।
4290 अमल३ ना. ६. विजय ।
4291 अमलची वि. नसा सेवन गर्ने आदत भएको; मादक पदार्थ खाने आदत बसेको; अम्मली; नसाबाज।
4292 अमलबाज वि. अमलची; अमली।
4293 अमलतास ना. सानासाना पात हुने, ठुला र चम्किला पहेँला फूल फुल्ने मझौला खालको वृक्षविशेष; राजवृक्ष।
4294 अमलतुनु ना. दमाईं वा सुचीकारले लुगा सिउन सियो घचेट्दा औँलामा घाउ नलागोस् र सजिलो पनि होस् भनी औँलाका टुप्पामा टोपीजस्तो हुने गरी लगाउने छालाको, धातुको वा कपडाबाटै बनाइएको साधन; अम्तर्नु; लक्खु ।
4295 अमलदार ना. सुबेदारभन्दा तल र हवलदारभन्दा माथिको एक जङ्गी दर्जा ।
4296 अमलपित्त ना. पित्तका दोषले गर्दा खाएको वस्तु अमिलो हुने रोगविशेष; पित्त वमन हुने रोग; अम्लपित्त ।
4297 अमला ना. १. अमिलीका जस्ता मसिना पात हुने गोलाकार फल फल्ने बोटविशेष ।
4298 अमला ना. २. त्यसैको फल; आमलक ।
4299 अमला झार ना. ससाना पातमा झुस भएको, पहेँलो फूल फुल्ने र चौडा कोसादार फल लाग्ने बोटविशेष ।
4300 अमला रङ्ग ना. अमलाका फलको जस्तो हल्का तथा फिक्का हरियो रङ।