Dictionary

All Word

4301 अमली वि. अमलका रूपमा नसादार वस्तुहरूको सेवन गर्ने; लागु पदार्थ खाने; नसाबाज; अमलची; अम्मली।
4302 अमलेख ना. करियाहरूलाई पार वा स्वतन्त्र गरिदिने काम; कमाराकमारीको छुटकारा; दासत्वमोचन।
4303 अमलेखगन्ज ना. १. नेपालको नारायणी अञ्चलअन्तर्गत बारा जिल्लामा पर्ने एक बस्ती।
4304 अमलेखगन्ज ना. २. अमलेख गरिएका व्यक्तिहरूका निम्ति बसाइएको बस्ती।
4305 अमलेखगन्ज ना. ३. प्राचीन समयको 'भिक्षाखोरी'।
4306 अमा ना. १. चन्द्र र सूर्य एकै नक्षत्रमा सँगै बस्ने दिन; औँसी; अमावास्या।
4307 अमा ना. २. औँसीको कला ।
4308 अमा ना. ३. घर; भवन; शाला ।
4309 अमा ना. ४. मर्त्यलोक।
4310 अमात्य ना. १. सधैँ राजाका साथमा रही राजकाज चलाउन मद्दत गर्ने प्रमुख व्यक्ति; मन्त्री ।
4311 अमात्य ना. २. नेवार समुदायको एक थर।
4312 अमान वि. १. मान नभएको; अप्रतिष्ठित ।
4313 अमान वि. २. परिमाणरहित; असीम।
4314 अमानक वि. मानक नभएको ।
4315 अमानकीकृत वि. निर्माण, सञ्चालन आदि कार्यका लागि कुनै सुनिश्चित प्रक्रिया नअँगालिएको (परीक्षण); मानकीकृत नभएको ।
4316 अमानत ना. १. सरकार वा हकदारबाटै चलेको रकमकलम; त्यस्तो रकमकलम चलाउने काम।
4317 अमानत ना. २. धरोट वा धितो राख्ने काम; थाती; जिम्मा।
4318 अमानती वि. १. धरौट वा नासो राखिएको ।
4319 अमानती वि. २. ठेक्कापट्टाबाट नचलाई आफैँबाट चलाइएको।
4320 अमानव वि. १. मान्छे भन्न नमिल्ने। ना.
4321 अमानव वि. २. पशु ।
4322 अमानव वि. ३. राक्षस ।
4323 अमानव वि. ४. मानवेतर जीव ।
4324 अमानवी वि. मानवसँग सम्बन्ध नभएको; मानवेतर प्राणीसम्बन्धी; अमानव ।
4325 अमानवीय वि. १. मानिसले गर्न नसक्ने, नहुने वा नसुहाउने ।
4326 अमानवीय वि. २. दानवीय; आसुरी ।
4327 अमानवीयता ना. मानिसलाई उचित नहुने तथा नसुहाउने गुण वा व्यवहार ।
4328 अमानी वि. १. ठुलो हुँ भन्ने अभिमान नभएको; मान नखोज्ने; विनीत; नम्र ।
4329 अमानी वि. २. मान नभएको; अप्रतिष्ठित।
4330 अमानुष वि. १. मनुष्यबाट हुन नसक्ने; अलौकिक । ना.
4331 अमानुष वि. २. मनुष्यदेखि अतिरिक्त प्राणी।
4332 अमानुष वि. ३. कपूत; कुजात; नीच व्यक्ति।
4333 अमानुषिक वि. १. अमानवीय।
4334 अमानुषिक वि. २. अलौकिक।
4335 अमानुषी वि. अमानुषिक।
4336 अमान्य वि. १. मान्न वा मान गर्न अयोग्य; मान्नु नपर्ने ।
4337 अमान्य वि. २. अस्वीकार्य ।
4338 अमारो ना. १. सलिफाका जस्ता पात लाग्ने, लप्सीका जस्ता अमिला फल फल्ने र ससाना सेता फूल फुल्ने एक बोट।
4339 अमारो ना. २. त्यसैको फल; आम्रात।
4340 अमारे वि. अमाराको जस्तो स्वाद भएको अथवा अमिलो र गुलियो स्वाद भएको।
4341 अमार्जित वि. सफा नगरिएको; अपरिष्कृत; नमाझिएको ।
4342 अमाल ना. पहिले पहिले गाउँघरको मुद्दामामिला हेर्ने र सरकारी तिरो उठाउने अड्डा ।
4343 अमाली ना. अमाल अड्डाको मुख्य हाकिम; द्वारे ।
4344 अमावस्या/अमावास्या ना. औँसी; अमा ।
4345 अमित वि. १. सीमा नभएको; असीमित; अपरिमित।
4346 अमित वि. २. अत्यधिक; धेरै।
4347 अमिताभ ना. १. पञ्चबुद्धमध्ये एक; पाण्डुराका पति; पद्मपाणिका पिता।
4348 अमिताभ ना. २. चैत्यको पश्चिममा स्थापना गरिने देवता। वि.
4349 अमिताभ ना. ३. असीमित आभा वा कान्ति भएको; कान्तिवान्; तेजस्वी; तेज नरित्तिने।
4350 अमित्र ना. मित्र नभएको व्यक्ति; भिन्न व्यक्ति; शत्रु; वैरी ।