Dictionary

All Word

4451 अमोघ वि. १. खेर नजाने; नचुक्ने; अचुक; अव्यर्थ। ना.
4452 अमोघ वि. २. विष्णु ।
4453 अमोघ किरण ना. उदय र अस्त हुने बेलाको सूर्यकिरण ।
4454 अमोघ वाञ्छित वि. कहिल्यै निराश नहुने; आशावादी ।
4455 अमोघसिद्धि ना. पञ्चध्यानी बुद्धमध्ये एक; चैत्यका उत्तरी भागमा राखिने देवता; ताराका पति; विश्वप्राणीका पिता ।
4456 अमोट ना. हे. अमोठ ।
4457 अमोठ ना. पाकेका आँपको गुदी सुकाएर बनाइएको माडा; आँपको माडा; अम्मट; अमोट ।
4458 अमोल वि. १. मोल नभएको; अनमोल, अमूल्य ।
4459 अमोल वि. २. धेरै मोल पर्ने; बहुमूल्य; किम्मती।
4460 अमौलिक वि. १. मूलसित सम्बन्ध नभएको; मौलिक नभएको ।
4461 अमौलिक वि. २. अर्काका कृति वा विचारधारासँग सम्बन्ध रहेको ।
4462 अमौलिक वि. ३. अरूको सारिएको, अनुसरण गरिएको वा उतारिएको ।
4463 अम्खोरा ना. बिट फर्की मुख केही सानो भएको पेट फुकेको, पानी खाने भाँडो; आम्खोरा।
4464 अम्खोरी ना. अलि सानो किसिमको अम्खोरा ।
4465 अम्चुर ना. काँचो आँपको सुकेका चाना कुटेर बनाइएको धुलो; काँचो आँपका टुक्राको सुकुटी; अमचुर।
4466 अम्तर्नु ना. सुचीकारले लुगा सिउँदा धागो अम्टार्न सियो घचेट्दा औँलामा घाउ नलागोस् र औँटार्न सजिलो होस् भनी खास गरी माझी औँलाका टुप्पामा टोपीजस्तो गरी लगाउने छाला, धातु वा कपडाको औँठीका आकारको साधन; अमलतुनु; लक्खु ।
4467 अम्ब ना. १. बाबु; पिता ।
4468 अम्ब ना. २. वेदध्वनि ।
4469 अम्ब ना. ३. आँखा ।
4470 अम्ब ना. ४. पानी।
4471 अम्बक ना. १. आँखा ।
4472 अम्बक ना. २. बाबु; अम्ब ।
4473 अम्बक ना. अम्बा वा बेलौती (फल) ।
4474 अम्बके ना. १. अम्बासँग मिल्ने तर खुर्सानीका जत्रा फल लाग्ने एक जङ्गली वनस्पति। वि.
4475 अम्बके ना. २. अम्बकको जस्तो ।
4476 अम्बके ना. ३. अम्बक खाएर वा बेचेर जीविका गर्ने ।
4477 अम्बर ना. १. अकास; आकाश।
4478 अम्बर ना. २. लुगा; वस्त्र।
4479 अम्बर ना. ३. सुगन्धित द्रव्यविशेष।
4480 अम्बर पथ ना. आकाश मार्ग ।
4481 अम्बल ना. इलाका; अमल ।
4482 अम्बा१ ना. १. आमा; माता।
4483 अम्बा१ ना. २. दुर्गा।
4484 अम्बा१ ना. ३. महाभारतमा भीष्मलाई मार्न अर्को जन्ममा शिखण्डी भएर जन्मने प्रसिद्ध स्त्री ।
4485 अम्बा२ ना. लाम्चा र खस्रा पात हुने, मसलाको जस्तो पातलो अनि चिल्लो बोक्रो हुने र सो बोक्रो फेरिइरहने, रातो र फुस्रो काठ हुने, पाक्ता धेरै बियाँका साथ पहेँला फल फल्ने एक बोट वा त्यसैको फल; बेलौती; लताम ।
4486 अम्बिका ना. १. आमा; माता; जननी ।
4487 अम्बिका ना. २. पार्वती; गौरी।
4488 अम्बु ना. पानी; जल ।
4489 अम्बुज वि. १. पानीमा उम्रने वा पैदा हुने । ना.
4490 अम्बुज वि. २. कमल।
4491 अम्बुज वि. ३. कपूर ।
4492 अम्बुज वि. ४. शङ्ख ।
4493 अम्बे वि. १. अम्बाजस्तो; अम्बासम्बन्धी।
4494 अम्बे वि. २. अम्बा हाल्ने वा बोक्ने ।
4495 अम्बे डोको ना. अम्बा हालेर बोक्न हुने खालको ससानो डोको ।
4496 अम्भर ना. जिम्मा; अभिभारा ।
4497 अम्मर ना. १. प्रतिज्ञा; कबुल | वि.
4498 अम्मर ना. २. अमर ।
4499 अम्मल ना. अमल; नसा ।
4500 अम्मली वि. अमली।