Dictionary

All Word

4501 अम्रिसो ना. बाँसका जस्ता तर ठुला र लामा पात, खैरा र झुसिला झुप्पादार फूल फुल्ने र मसिना ज्वानुजस्ता गेडा लाग्ने विशेष गरी सुक्खा ठाउँ र भिरपहरा आदिमा हुने एक जातको घाँस; खरको एक जाति; अम्लिसो ।
4502 अम्लिसो ना. हे. अम्रिसो ।
4503 अम्रे वि. १. अम्रोजस्तो; अम्रोसम्बन्धी।
4504 अम्रे वि. २. भर्खरको; लैनु ।
4505 अम्रे गुहु ना. जन्मनेबित्तिकै बच्चाले हगेको गुहु; गर्भावस्थादेखि पेटमा रहेको र जन्मेपछि हर निकालेको गुहु।
4506 अम्रे दुध ना. बच्चो पैदा हुनुभन्दा पहिले नै फाँचामा भरिएको दुध; बिगौते दुध।
4507 अम्रो ना. जनावरबाट बच्चा पैदा हुँदा साथमा आउने सालनाल ।
4508 अम्ल वि. १. अमिलो । ना.
4509 अम्ल वि. २. षड् रसमध्ये एक रस; अमिलो स्वाद।
4510 अम्लजन ना. प्राणीका निम्ति आवश्यक वायुतत्त्व।
4511 अम्लपित्त ना. अमलपित्त ।
4512 अम्लान वि. १. नओइलाएको; चाउरी नपरेको; म्लान नभएको ।
4513 अम्लान वि. २. फुलेको; प्रफुल्ल ।
4514 अम्लान वि. ३. उदास नभएको; प्रसन्न।
4515 अम्लान वि. ४. स्वच्छ; साफ।
4516 अम्लेट ना. कुखुरा आदिको फुल फिटेर मसला र प्याज आदिका टुक्रा मिलाई वा नमिलाईकनै बनाइएको रोटीजस्तो खानेकुरो।
4517 अयत्न वि. १. यत्न गर्न नपर्ने; प्रयास गर्न नपर्ने । ना.
4518 अयत्न वि. २. यत्नको अभाव; प्रयत्नहीनता । क्रि.वि.
4519 अयत्न वि. ३. यत्नविना नै ।
4520 अयथार्थ वि. यथार्थ वा सत्य नभएको; झुटो; मिथ्या ।
4521 अयथार्थता ना. अयथार्थ हुनाको भाव वा स्थिति; असत्यता।
4522 अयथार्थ्य ना. १. यथार्थताको अभाव; असत्यता।
4523 अयथार्थ्य ना. २. असङ्गति; असंलग्नता।
4524 अयन ना. १. हिँडाइ; गति ।
4525 अयन ना. २. बाटो; मार्ग ।
4526 अयन ना. ३. सूर्यको उत्तरी र दक्षिणी गति।
4527 अयन ना. ४. आश्रय; घर ।
4528 अयन ना. ५. काल; समय ।
4529 अयन ना. ६. कल्चौँडो; फाँचो।
4530 अयन ना. ७. अङ्गुल एवं मात्राको छ गुना बराबरको नाप।
4531 अयन ना. ८. करपाद, अङ्ग वा रस बराबरको नाप ।
4532 अयनवृत्त ना. ग्रहणरेखा ।
4533 अयन सङ्क्रान्ति ना. सूर्यको दक्षिणगति र उत्तरगतिको आरम्भ हुने माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति ।
4534 अयन्त्रित वि. नियन्त्रणमा नरहेको; नियन्त्रण गर्न नसकिने; मनमानी गर्ने; उच्छृङ्खल ।
4535 अयश ना. १. अपयश; अपकीर्ति ।
4536 अयश ना. २. निन्दा; तिरस्कार ।
4537 अयशस्वी वि. कीर्ति नभएको; यश नभएको; ख्याति नभएको ।
4538 अयस ना. मोजमज्जा; भोगविलास; ऐस; आराम; चैन।
4539 अयसी वि. अयस गर्ने; ऐसी ।
4540 अयाचित वि. १. नमागिएको; मागेर नलिइएको।
4541 अयाचित वि. २. आफैँ प्राप्त भएको ।
4542 अयाल ना. घोडा, सिंह आदिका गर्दनका लामा लामा रौँ; याल ।
4543 अयु वि.बो. एक्कासि आश्चर्य, विस्मय, भय आदि जनाउँदा प्रयोग हुने शब्द। (उदा.- अयु, सर्प देखेर म त डरले भुतुक्कै भएँ!)
4544 अयुक्त वि. १. नजोतिएको; नदाइएको ।
4545 अयुक्त वि. २. नमिलेको; नजोडिएको ।
4546 अयुक्त वि. ३. अयोग्य; अनुचित ।
4547 अयुक्ति ना. युक्तिसङ्गत नभएको अवस्थिति; बेमेल ।
4548 अयुग्म वि. जोडा नभएको; बेजोडा; बिजोडा।
4549 अयुत ना. १. दश हजारको सङ्ख्या । वि.
4550 अयुत ना. २. दश हजार सङ्ख्याको।