Dictionary

All Word

4651 अभिज्ञात वि. १. विशेष रूपमा जानिएको; थाहा पाइएको ।
4652 अभिज्ञात वि. २. राम्ररी सम्झिएको; स्मरण भएको ।
4653 अभिज्ञान ना. १. सम्झना; स्मृति ।
4654 अभिज्ञान ना. २. सम्झौटो; चिनु ।
4655 अभिज्ञान ना. ३. लक्षण; चिह्न ।
4656 अभिज्ञान ना. ४. चिनारी ; परिचय |
4657 अभिताप ना. १. प्रचण्ड गर्मी; चर्को धुप ।
4658 अभिताप ना. २. अत्यन्त दुःख; अत्यधिक पीडा ।
4659 अभिताप ना. ३. ठुलो चिन्ता ।
4660 अभिधा ना. १. नाउँ; नाम ।
4661 अभिधा ना. २. पदवी; दर्जा; श्रेणी; उपाधि।
4662 अभिधा ना. ३. शब्दको वाच्यार्थ वा सोझो अर्थको बोध गराउने शक्ति; वाचक शब्दद्वारा बुझिने सामान्य अर्थ ।
4663 अभिधात्मक वि. वाच्यार्थ प्रधान भएको; अभिधामूलक ।
4664 अभिधान ना. नाउँ; नाम; संज्ञा ।
4665 अभिधेय ना. १. अर्थ; भाव; तात्पर्य; अभिप्राय ।
4666 अभिधेय ना. २. निचोर; निष्कर्ष ।
4667 अभिधेय ना. ३. कुनै शब्दको शाब्दिक अर्थ ।
4668 अभिधेय ना. ४. नाउँ; नाम।
4669 अभिधेय ना. वि. ५. अभिधाद्वारा व्यक्त गर्न सकिने ( वाच्य ) |
4670 अभिनन्दन ना. १. कुनै महत्त्वपूर्ण कामकुरा वा योगदान गर्ने व्यक्तिलाई गरिने स्वागत, सत्कार, प्रशंसा, धन्यवाद आदि कार्य ।
4671 अभिनन्दन ना. २. हर्ष; खुसी; आनन्द; सन्तोष।
4672 अभिनन्दन ना. ३. अभिवादन; प्रणाम।
4673 अभिनन्दन ना. ४. विनयपूर्वक गरिएको प्रार्थना ।
4674 अभिनन्दन पत्र ना. कुनै प्रतिष्ठित व्यक्तिलाई उनका सत्कार्यको प्रशंसा लेखी समर्पण गरिने पत्र; सम्मानपत्र; प्रशस्तिपत्र ।
4675 अभिनन्दनीय वि. १. प्रशंसनीय; श्लाघनीय ।
4676 अभिनन्दनीय वि. २. वन्दनीय; प्रणाम गरिने ।
4677 अभिनन्दनीय वि. ३. हर्षप्रद; आनन्दयुक्।
4678 अभिनन्दित वि. अभिनन्दन गरिएको; प्रणाम गरिएको; अभिवादन गरिएको ।
4679 अभिनय ना. १. नक्कल; देखासिकी अनुकरण ।
4680 अभिनय ना. २. नाटकमा पात्रपात्राद्वारा गरिने अर्थपूर्ण अङ्ग सञ्चालन; हाउभाउ ।
4681 अभिनय ना. ३. हृदयका भावलाई बाह्य चेष्टाद्वारा प्रदर्शन गर्ने काम ।
4682 अभिनव वि. १. नयाँ; नवीन ।
4683 अभिनव वि. २. आलो; ताजा; साजी |
4684 अभिनवन ना. पहिले सिकेका धारणा, व्यवहार वा कार्यकलापलाई पुनर्नवीकरण गर्ने कार्य; नयाँ नयाँ ज्ञान र सिपद्वारा स्तर वृद्धि गर्ने काम।
4685 अभिनीत वि. १. नजिक ल्याइएको; अगिल्तिर ल्याइएको ।
4686 अभिनीत वि. २. सिँगार गरिएको; अलङ्कृत; सुसज्जित ।
4687 अभिनीत वि. ३. अभिनय गरिएको; रङ्गमञ्चमा प्रस्तुत गरिएको (नाटक) ।
4688 अभिनेता ना. १. नृत्य, नाटक आदिमा अभिनय गर्ने व्यक्ति; रङ्गमञ्च वा चलचित्रमा अभिनय गर्ने कलाकार ।
4689 अभिनेता ना. २. चलचित्रको मुख्य पात्र; कुनै चरित्रको अनुकर्ता; नायक ।
4690 अभिनेत्री ना. १. अभिनय गर्ने स्त्री; अभिनेताको स्त्रीरूप; महिला अभिनेता।
4691 अभिनेय वि. अभिनय गर्न योग्य वा सकिने; नाटक खेल्न लायक; नाटक खेल्न सकिने ।
4692 अभिन्न वि. १. नछुट्टिएको वा नबेग्लिएको; भिन्न नभएको; नकाटिएको; सिङ्गो; सग्लो ।
4693 अभिन्न वि. २. टाँसिएको; मिलेको; लेप्सिएको ।
4694 अभिन्न वि. ३. लागेको; संलग्न; सम्बद्ध |
4695 अभिन्नता ना. १. अभिन्न हुनाको भाव वा स्थिति; भिन्नताको अभाव।
4696 अभिन्नता ना. २. एकरूप वा समान हुनाको अवस्था; एकात्मता; एकरूपता ।
4697 अभिन्नता ना. ३. अभिन्न सम्बन्ध ।
4698 अभिन्न पद ना. हे. अभङ्ग पद ।
4699 अभिन्यास ना. १. कुनै वस्तुलाई कुनै विभागमा राख्ने काम ।
4700 अभिन्यास ना. २. कुनै वस्तुलाई क्रमबद्ध रूपमा राख्ने काम।