Dictionary

All Word

4801 अर्थकरी ना. २. धन प्राप्त गराउने।
4802 अर्थचाल ना. मूल अर्थमा सङ्कोच वा विस्तार नभई केवल गुणको परिवर्तन हुने शब्दार्थ प्रक्रिया, जस्तै- सं. जीव (आत्मा) > ने. जिउ (शरीर), सं. तुङ्ग (चुचुरो ) > ने. ढुङ्गो (पत्थर)।
4803 अर्थचित्र ना. भित्री व्यङ्ग्य अर्थ केही नभएको बाहिरी अर्थ मात्र चमत्कारी भएको अवस्था; त्यस्तो काव्य वा कविता।
4804 अर्थतः क्रि.वि. १. शब्दको अर्थअनुसार वा अर्थका दृष्टिले ।
4805 अर्थतः क्रि.वि. २. वास्तवमा; यथार्थमा; साँच्चै; वस्तुतः।
4806 अर्थतन्त्र ना. सरकारको अर्थसम्बन्धी कारोबार गर्ने प्रणाली।
4807 अर्थदण्ड ना. अपराध गरेबापत दण्डको रूपमा सरकार वा अन्य कसैलाई बुझाउनु पर्ने रकम; जरिवाना; डाँड।
4808 अर्थदूषण ना. १. नचाहिँदो काममा गरिने खर्च; अपव्यय ।
4809 अर्थदूषण ना. २. अन्यायसँग कसैको धन लिने काम ।
4810 अर्थदूषण ना. ३. शब्दका अर्थको दोष ।
4811 अर्थदोष ना. पदको वा वाक्यको अर्थलाई दूषित बनाउने एक प्रकारको काव्यदोष।
4812 अर्थ न बर्थ वि. कुनै खास रूपमा काम पूरा गर्ने नभएको; कुनै खास अर्थ वा अभिप्राय नभएको; बेकामको; बेमतलबको ।
4813 अर्थ न बर्थको वि. विनाप्रयोजनको; विना कामको; बेमतलबको ।
4814 अर्थनीति ना. सरकारले देशको अर्थसम्बन्धी कारोबार सञ्चालन गर्न राष्ट्रिय आयव्ययको सन्तुलन र स्थिरता कायम राख्ने दृष्टिले निर्धारण गरेको नीति वा प्रणाली; सोही नीतिअनुसार राष्ट्रमा क्रियान्वित गरिने अर्थसम्बन्धी सबै कामकुरा ।
4815 अर्थ न्यायालय ना. १. अर्थसम्बन्धी कारोबारको मुद्दा हेर्ने अदालत ।
4816 अर्थ न्यायालय ना. २. देवानी अदालत वा आयकर अदालत ।
4817 अर्थपरिवर्तन ना. शब्दले आफ्नो रूढ अर्थलाई छाडेर अर्कै अर्थ अँगाल्ने क्रिया वा प्रक्रिया। (जस्तै- पहिले 'मृग' को रूढ अर्थ सम्पूर्ण जङ्गली पशु थियो, अहिले यसको अर्थ 'हरिण' नाउँको पशु मात्र हुन्छ।)।
4818 अर्थपिचास/पिशाच ना. सम्पत्ति प्रशस्त भएर पनि खर्च गर्न इच्छा नभएको व्यक्ति; कन्जुस; द्रव्यपिशाच; मक्खीचुस।
4819 अर्थप्रकृति ना. प्रायः काव्य एवं नाटक आदिका कथावस्तुमा रहने बीजावस्थादेखि फलोत्पत्तिसम्मका पाँच कुरा (बीज, बिन्दु, पताका, प्रकरी र कार्य)।
4820 अर्थबोध ना. अर्थको ज्ञान; अर्थ बुझ्ने भाव वा अवस्था।
4821 अर्थबोध विधि ना. खास पद्यांश वा गद्यांशको शब्दार्थ वा भावार्थ बुझाउँदै जाने पद्धति।
4822 अर्थमन्त्री ना. अर्थ मन्त्रालयको अभिभारा सँभाल्ने र राष्ट्रको आयव्ययसम्बन्धी योजना, नीतिको कार्यान्वयन गर्नेगराउने मन्त्री; वित्तमन्त्री।
4823 अर्थमूलक वि. अर्थकै विषय वा सम्बन्धलाई लिएर भएको; अर्थ नै मुख्य भएको।
4824 अर्थविवाद ना. धनसम्पत्ति वा लेनदेनसम्बन्धी कचिङलो; देवानी मुद्दा।
4825 अर्थविस्तार ना. शब्दार्थविज्ञानका अनुसार विशेष अर्थ जाहेर गर्ने शब्दले सामान्य अर्थ जाहेर गर्ने अवस्था वा स्थिति, जस्तै- प्रा. ने. गोठ (गौशाला) > आ. ने. गोठ (कुनै पनि गोठ)।
4826 अर्थशास्त्र ना. धनको उत्पत्ति, उपभोग, विनिमय, वितरण आदिको विवेचना गरिएको शास्त्र; सम्पत्ति र मनुष्यका सम्बन्धको व्याख्या गर्ने समाजशास्त्रको एक अङ्ग।
4827 अर्थशास्त्री वि. १. अर्थशास्त्रमा विशेष ज्ञान भएको; अर्थशास्त्र पढेको। ना.
4828 अर्थशास्त्री वि. २. अर्थशास्त्रको विशेषज्ञ; अर्थशास्त्रवेत्ता।
4829 अर्थश्लेष ना. श्लेषालङ्कारका दुई भेदमध्ये अर्थमा श्लेष पर्ने एक अलङ्कार।
4830 अर्थसङ्कट ना. १. धनको अभावबाट पर्न आएको दुःख; धन नहुँदा पर्ने दुःख।
4831 अर्थसङ्कट ना. २. धनहीन भएको स्थिति वा अवस्था।
4832 अर्थसचिव ना. सरकारद्वारा निर्धारित अर्थसम्बन्धी नीतिनियम सञ्चालन गराउनका निम्ति नियुक्त विशिष्ट दर्जाको अधिकृत; अर्थ मन्त्रालयको कार्यभार लिने सचिव।
4833 अर्थसमिति ना. कुनै कार्य वा योजनाको अर्थसम्बन्धी कारोबार वा व्यवस्था गर्न बनेको समिति।
4834 अर्थसाध्य वि. धन खर्च गरेर सिद्ध हुन सक्ने; धनबाट काम पट्टिने; धनबाट पार लाग्ने ।
4835 अर्थसिद्धि वि. १. प्रसङ्गले नै अर्थ बुझिने ।
4836 अर्थसिद्धि वि. २. धन खर्च गरेर हुन सक्ने । ना.
4837 अर्थसिद्धि वि. ३. इच्छा गरेको कुरा पुग्ने काम वा स्थिति।
4838 अर्थसिद्धि वि. ४. धनलाभ ।
4839 अर्थागम ना. १. आम्दानी हुने स्थिति; आम्दानी; अर्थप्राप्ति ।
4840 अर्थागम ना. २. शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने स्थिति । (जस्तै- 'भयङ्कर' को व्युत्पत्तिगत अर्थ 'असाध्यै ' को अर्थमा हुन थालेको छ- राम भयङ्कर जाती छन्; कर्ण भयङ्कर दानी थिए इ।)
4841 अर्थागम विधि ना. १. अर्थ वा आयका प्राप्तिको विधान ।
4842 अर्थागम विधि ना. २. शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने पद्धति वा तरिका ।
4843 अर्थात् संयो. १. कुनै प्रसङ्गको विशेष विवरण दिँदा वा स्पष्टीकरण दिँदा प्रयोग गरिने शब्द । क्रि.वि.
4844 अर्थात् संयो. २. प्रसङ्गवश; स्वयमेव; स्वतः।
4845 अर्थानुवाद ना. शब्दगत अर्थलाई मात्र लिएर गरिएको अनुवाद; अर्थको उल्था वा अनुवाद।
4846 अर्थान्तर ना. १. अर्को अर्थ; भिन्न अभिप्राय; बेग्लै मतलब।२. अर्को अर्थ दिने प्रसङ्ग वा स्थिति ।
4847 अर्थान्तर ना. ३. कुनै शब्दले पुरानो अर्थ छाडेर नयाँ अर्थ लिने भाषागत अर्थवैज्ञानिक प्रक्रिया; एक प्रकारको अर्थपरिवर्तन ।
4848 अर्थान्तरन्यास ना. सामान्य कुरालाई विशेष कुराले र विशेष कुरालाई सामान्य कुराले बुझाउँदा पर्ने एक अलङ्कार।
4849 अर्थान्वित वि. १. अर्थयुक्त ।
4850 अर्थान्वित वि. २. धनवान्; धनी ।