Dictionary

All Word

4951 अर्पाउनु प्रे.क्रि. अर्पन लाउनु; अर्पण गराउनु ।
4952 अर्पित वि. अर्पण गरिएको; चढाइएको; दिइएको; दान गरिएको ।
4953 अर्पिनु स.क्रि. अर्पने काम गरिनु।
4954 अर्फु ना. पहेँलो केसर भएको, ससाना फूल फुल्ने, धेरै कुना भएका ठुलठुला पात हुने एक प्रकारको काँडे लहरो। (यसको रस माछाका निम्ति विष हुन्छ ।)
4955 अर्बुद ना. १. अरब; अर्ब ।
4956 अर्बुद ना. २. क्यान्सर रोग। वि.
4957 अर्बुद ना. ३. सय करोड सङ्ख्याको।
4958 अर्मल्नु स.क्रि. नोक्सान भए जतिको बिगो निर्धारित गर्नु; तौल आदिद्वारा अनुमान गर्नु; अर्मल तोक्नु ।
4959 अर्मल ना. गाईबस्तुले बाली खाँदा गाईबस्तुका धनीबाट बालीधनीलाई सरकार वा पञ्चले भराइदिने बिगो; बाली नोक्सानीको हर्जाना।
4960 अर्मलाइ ना. अर्मल्ने भाव, क्रिया वा प्रक्रिया।
4961 अर्मलाइनु क.क्रि. अर्मल्न लगाइनु ।
4962 अर्मलाउनु प्रे. क्रि. अर्मल्न लाउनु ।
4963 अर्मलिनु क.क्रि. अर्मल्ने काम गरिनु ।
4964 अर्मले ना. पिरिया वा पिर्रेका आकारको, कलिला मुन्टाको तरकारी खाइने झारविशेष।
4965 अर्माली ना. घरबाहिर पेटी वा पिँडीमा घामपानी छेक्नका निम्ति हालिने सानो छानो; पाली ।
4966 अर्वाचीन वि. हालसालको; वर्तमान समयको; नयाँ; आधुनिक ।
4967 अर्श ना. अलकाई; हर्सा ।
4968 अर्सा ना. खुदोमा वा चिनीको रसमा पिठो मुछेर पातलो गरी बेलेर घिउमा पकाइएको रोटीविशेष ।
4969 अर्ह वि. १. पूजा वा सम्मान गर्न योग्य; पूजनीय; पूज्य ।
4970 अर्ह वि. २. योग्य; लायक।
4971 अर्हत् ना. १. ठुला ज्ञानी; तीर्थङ्कर ।
4972 अर्हत् ना. २. जिन; बुद्ध । वि.
4973 अर्हत् ना. ३. आराध्य; पूजा गर्न योग्य; पूज्य।
4974 अर्हन्त ना. १. बुद्ध ।
4975 अर्हन्त ना. २. बौद्ध भिक्षु; भन्ते । वि.
4976 अर्हन्त ना. ३. योग्य; प्रतिष्ठित ।
4977 अलक ना. १. निधारका दायाँबायाँ लर्केको कपाल ।
4978 अलक ना. २. छाँटकाँट गरी आँखीभौँसम्म निधारमा लर्काइएको कपाल ।
4979 अलक ना. ३. पालेर लामो गरी तलासेको कपाल; जुल्फी; बङ्गाली ।
4980 अलकतरा/अलकत्रा ना. बाटो पक्की तुल्याउँदा गिट्टी आदिसँग मलेर ओछ्‌याइने कालो लेदो; तारपिन आदिको तेल निकाल्दा आएको च्याटच्याटे लेदो ।
4981 अलका ना. १. यक्ष वा गन्धर्वका राजा कुबेरको राजधानी ।
4982 अलका ना. २. घुँगुरिएको कपाल; अलक ।
4983 अलका ना. ३. आठदेखि दश वर्षसम्मकी केटी ।
4984 अलकाई ना. गुदद्वारमा आउने एक किसिमको खटिरो; अर्श; हर्सा ।
4985 अलकापुरी ना. कुबेरको राजधानी; अलका; गन्धर्वपुरी ।
4986 अलकावलि/अलकावली ना. १. केशको समूह; केशराशि।
4987 अलकावलि/अलकावली ना. २. जुल्फी।
4988 अलकावलि/अलकावली ना. ३. घुँगुरा परेको कपाल; मुन्द्रे कपाल।
4989 अलक्षण वि. १. खराब लक्षण भएको; कुलक्षणयुक्त; अलच्छिनी। ना.
4990 अलक्षण वि. २. नराम्रो लक्षण; अपशकुन।
4991 अलक्षित वि. १. नदेखिएको; लक्ष्य नगरिएको; अदृश्य ।
4992 अलक्षित वि. २. अज्ञात, नजानिएको; गुप्त ।
4993 अलक्ष्मी ना. १. पुराणकथाअनुसार लक्ष्मीसँगै समुद्रबाट निस्किएकी तर दुष्ट आचरणकी एक नारी; कश्यपपत्नी दिति । वि.
4994 अलक्ष्मी ना. २. अलच्छिनी ।
4995 अलक्ष्य वि. १. नदेखिएको; लक्ष्य नगरिएको वा गर्न नसकिने ।
4996 अलक्ष्य वि. २. अदृष्ट ।
4997 अलक्ष्य वि. ३. नजानिएको; अज्ञात ।
4998 अलक्ष्य वि. ४. ध्येय नभएको; उद्देश्यरहित।
4999 अलख वि.बो. १. जोगी वा सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने शब्द वा ईश्वरको नाम ।
5000 अलख वि.बो. २. अदृश्य ईश्वर। वि.