Dictionary

All Word

5051 अमिलो ना. २. चुक; च्वाँठ; अमिलो पदार्थ ।
5052 अमिलो ना. वि. ३. चुकका स्वादको; अमिल्चुके ।
5053 अमिलो पालुङ्गो ना. अमिलो स्वाद हुने एक जातको पालुङ्गो ।
5054 अमिलो लुँडे ना. अमिलो स्वाद हुने एक जातको लुँडे ।
5055 अमिल्चुके वि. कुनै वस्तु विकृत भएर अलिअलि अमिलो भएको; अमिल्च्याहा।
5056 अमिल्चो/अमिल्च्या/अमिल्च्याहा वि. अलिअलि अमिलो; थोरै अमिलो।
5057 अमिल्दो वि. कसैसित पनि मिल्ने स्वभाव नभएको; मिलनसार नभएको; बेमेलको; अड्बाङ्गे ।
5058 अमिल्याइ ना. अमिलिने भाव, क्रिया वा प्रक्रिया |
5059 अमिल्याइनु क.क्रि. अमिलिने पारिनु; अमिलो पारिनु ।
5060 अमिल्याउनु प्रे.क्रि. १. अमिलिने पार्नु; अमिलो तुल्याउनु ।
5061 अमिल्सो/अमिल्स्या/अमिल्स्याहा वि. हे. अमिल्चो।
5062 अमिश्रित वि. १. कुनै पनि चिज नमिसिएको; मिसावट नभएको ।
5063 अमिश्रित वि. २. शुद्ध; चोखो ।
5064 अमुक सर्व. १. फलानो; ढिस्कानो ।
5065 अमुक सर्व. वि. २. खास ।
5066 अमुक सर्व. ३. तोकिएको ।
5067 अमुककालिक वि. कुनै खास समयमा केन्द्रित; समकालिक; एककालिक।
5068 अमुक्त वि. १. मुक्त नभएको; बाँधिएको ।
5069 अमुक्त वि. २. परतन्त्र; परवश।
5070 अमुक्ति ना. १. मुक्त नभएको स्थिति; बन्धनमा परेको अवस्था; परतन्त्रता; पराधीनता।
5071 अमुक्ति ना. २. दासता; दासत्व।
5072 अमुख्य वि. मुख्य नभएको; अप्रधान; गौण ।
5073 अमुग्ध वि. १. मुग्ध नभएको; अनासक्त ।
5074 अमुग्ध वि. २. चतुरो; सिपालु ।
5075 अमूर्त वि. १. मूर्ति नभएको; रूप नभएको; आकार नभएको; इन्द्रियबाट अनुभव गर्न नसकिने; निराकार |
5076 अमूर्त वि. ना. २. परमेश्वर।
5077 अमूर्त वि. ३. आत्मा।
5078 अमूर्त वि. ४. काल ।
5079 अमूर्त वि. ५. आकाश ।
5080 अमूर्त वि. ६. वायु ।
5081 अमूर्त भावना ना. छैटौँ इन्द्रियको अनुभूतिको अभिव्यक्ति वा स्थापना ।
5082 अमूर्तरूप ना. चक्षुरिन्द्रियले नदेखिने, तर मनले मात्र थाहा पाइने रूप।
5083 अमूर्तवाद ना. अन्तर्जगत्‌को अमूर्त चिन्तन गरिएको एक किसिमको दर्शन; आत्मवाद; शून्यवाद ।
5084 अमूर्ति वि. १. मूर्ति नभएको; आकाररहित ।
5085 अमूर्ति वि. ना. २. विष्णु ।
5086 अमूल वि. १. मूल नभएको; निर्मूल ।
5087 अमूल वि. २. प्रमाण नभएको; निराधार; अप्रामाणिक।
5088 अमूल वि. ३. मिथ्या; भ्रामक ।
5089 अमूल वि. ४. जरा नभएको ।
5090 अमूलक वि. १. मूल वा जड नभएको; अमूल ।
5091 अमूलक वि. २. निराधार ।
5092 अमूलक वि. ३. मिथ्या; जड ।
5093 अमूल्य वि. १. मोल गर्न नसकिने; अनमोल ।
5094 अमूल्य वि. २. बहुमूल्य; किम्मती ।
5095 अमूल्य वि. ३. उत्तम; श्रेष्ठ ।
5096 अमृत वि. १. नमरेको; जिउँदो ।
5097 अमृत वि. २. अमरत्व दिने; नमर्ने; अमर।
5098 अमृत वि. ३. अति मिठो।
5099 अमृत वि. ४. प्यारो; अभीष्ट ।
5100 अमृत वि. ना. ५. खाँदा अमर हुने पदार्थ; सुधा; पीयूष।