Dictionary

All Word

5101 अलसाहट ना. अलसाउने क्रिया वा प्रक्रिया ।
5102 अलाप्नु अ.क्रि. १. गानाको ताना छोड्नु; गानाको भाकामा गुनगुनाउनु।
5103 अलाप्नु अ.क्रि. २. लेघ्रो तानेर कुनै कुरा भन्नु।
5104 अलाप ना. आलाप; बिलौना ।
5105 अलापविलाप ना. हे. आलापविलाप ।
5106 अलापाइ ना. अलाप्ने भाव, क्रिया वा प्रक्रिया।
5107 अलापिनु अ.क्रि. १. अलाप्ने होइनु । क.क्रि.
5108 अलापिनु अ.क्रि. २. मुखबाट अलाप छाड्नु।
5109 अलाभ ना. १. लाभ नहुने स्थिति; घाटा; हानि; नोक्सानी; नोक्सान।
5110 अलाभकर वि. लाभ नहुने; हानिकारक।
5111 अलि ना. १. भमरो; भँवरो; भ्रमर ।
5112 अलि ना. २. कोइली ।
5113 अलि ना. ३. कौवा; काग।
5114 अलि ना. ४. बिच्छी।
5115 अलि ना. ५. कुकुर।
5116 अलि ना. ६. मदिरा।
5117 अलि/अलिक वि. १. थोरै; कम; अलिकति; अल्प; अलिक; अलिकता । क्रि.वि.
5118 अलि/अलिक वि. २. अझ ।
5119 अलिकता/अलिकति क्रि.वि. थोरै; थोरै मात्रामा ।
5120 अलिखित वि. नलेखिएको; लिपिबद्ध नभएको ।
5121 अलिखेर क्रि.वि. एकछिन; अलिक बेर; अलिबार; थोरै बेर।
5122 अलिनु१ ना. लुगाफाटो आदि झुन्ड्याउन टाँगिएको डोरी वा काठ आदिको डन्डीदार वस्तु; सिँगौरी।
5123 अलिनु२ वि. १. नुन नभएको; नुन नहालेको; बिलिनु ।
5124 अलिनु२ वि. २. खल्लो; बेस्वादको ।
5125 अलिनो वि. हे. अलिनु२ ।
5126 अलिनो भट्ट वि. १. जन्मै नुन नखाई बस्ने । ना.
5127 अलिनो भट्ट वि. २. नेपाली भट्ट ब्राह्मणको एक उपभेद (अलनापुरीबाट आएको अनुश्रुतिमा आधारित)।
5128 अलिप्त वि. १. नलिपिएको; नपोतिएको ।
5129 अलिप्त वि. २. नटाँसिएको; निर्लिप्त ।
5130 अलिफार्से/अलिफार्स्या ना. तोकिएका म्यादमा पैसा बुझाउन नसके कबुलअनुसार धितो फार्से हुने कागत वा व्यवहार ।
5131 अलिबार/अलिबेर क्रि.वि. एक छिन; थोरै बेर; अल्प समय ।
5132 अलिमाला ना. भमराको ताँती वा पङ्क्ति।
5133 अलुवा१ ना. नउसिनीकनै सुकाएर कुटाएको धानको चामल; अरुवा।
5134 अलुवा२ ना. सखरखण्ड; सुठुनी ।
5135 अलेख वि. १. धनाढ्य; खुब धनी; सम्पत्तिशाली; सम्पन्न।
5136 अलेख वि. २. ज्यादै; धेरै; प्रशस्त।
5137 अलेख्य वि. १. लेख्न नसकिने; नलेखिने ।
5138 अलेख्य वि. २. अलेख ।
5139 अलेरी ना. १. खेतमा आली लगाउने मानिस; आली लगाउने खेतालो ।
5140 अलैँची ना. १. बेसार, पानीसरो आदिका झैँ लामा लामा ठुला पात हुने, फेदमा पहेँलो फूल फुली सुकुमेलको जस्तो, तर भटमासे रङ्को केही ठुलो कोसोभित्र मसिना गेडा लाग्ने, पानी भएको वा रसिलो ठाउँमा हुने एक खालको बोट ।
5141 अलैँची ना. २. त्यसैको फल; एला ।
5142 अलैँची कोठी ना. राणाशासनका समयमा अङ्ग्रेज सरकारसँग नेपाल सरकारको सम्बन्ध रहँदा पटनामा रहेको, नेपालतर्फको वाणिज्य कार्यालय।
5143 अलैङ्गिक वि. लिङ्ग नछुट्टिएको; नपुंसक; अयौन।
5144 अलोक वि. १. नदेखिने; अदृश्य ।
5145 अलोक वि. २. निर्जन; एकान्त। ना.
5146 अलोक वि. ३. परलोक।
5147 अलोक वि. ४. मिथ्या दोष; कलङ्क।
5148 अलोप वि. लोप नभएको; अलुप्त ।
5149 अलोप समास ना. विभक्ति एवं संयोजकको लोप नहुने समास। (उदा.- भारतका लागि नेपाली राजदूत, सुनमा सुगन्ध, मानविकी र सामाजिक शास्त्र, कानुन तथा न्याय मन्त्रालय इ.) ।
5150 अलौकिक वि. १. यस लोकमा नहुने वा नपाइने; लोकोत्तर ।