Dictionary

All Word

5251 अयोनिजा वि. योनिबाट नजन्मेकी (जस्तो- रामायणका अनुसार सीता)।
5252 अयौगिक वि. १. यौगिक नभएको; शब्दसाधनका उपायबाट सिद्ध नहुने।
5253 अयौगिक वि. २. दुई रासायनिक तत्त्वहरूको योग नभएको ।
5254 अयौन वि. नपुंसक; अलैङ्गिक ।
5255 अर ना. चक्का र धुरालाई जोड्ने ससाना काठ वा फलामका डन्डी ।
5256 अरक ना. सडाएका चिज उमालेर बाफका रूपमा निकालेको रस; आसव; रक्सी; तेजाब; अर्क; अरख।
5257 अरकच्च क्रि.वि. १. मेलो वा मेसो नपाएर; बाटो हराएर ।
5258 अरकच्च क्रि.वि. २. अनिश्चित स्थितिले अलमलिएर; अलमल्ल; बिलखबन्द; जिल्ल; वाल्ल; पक्क।
5259 अरक्षित वि. रक्षा नगरिएको वा नभएको; बचाउ नगरिएको; नजोगाइएको ।
5260 अरख ना. हे. अरक ।
5261 अरगज्ज क्रि. यो. अर्गज्ज ।
5262 अरघट्ठी ना. १. इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र; अरघट ।
5263 अरघट्ठी ना. क्रि.वि. २. घट्ट झैँ निश्चल वा हलचल नगरीकन; ढसमस्स।
5264 अरट्ठो वि. १. नदोब्रिने; जर्रो; कडा; ठर्रो; नरम नभएको; अररो ।
5265 अरट्ठो वि. २. साहो; दरो ।
5266 अरणी ना. १. ठुलठुला यज्ञमा आगो पार्ने काठको मदानीजस्तो साधन; अग्निमन्।
5267 अरणी ना. २. सूर्य ।
5268 अरणी ना. ३. आगो; अग्नि ।
5269 अरणी ना. ४. चकमक।
5270 अरण्य ना. १. वन; जङ्ल ।
5271 अरण्य ना. २. सन्न्यासीको एक भेद ।
5272 अरण्यरोदन ना. १. जङ्गलभित्र रोएजस्तो रुवाइ; कसैले नसुन्ने रुवाइ; कसैले नसुन्ने एकोहोरो गुनासो ।
5273 अरत वि. १. नलहसिएको; विरक्त ।
5274 अरत वि. २. नरमेको; रत नभएको ।
5275 अरति ना. १. राग वा प्रेम नभएको स्थिति; विरक्ति ।
5276 अरति ना. २. असन्तोष।
5277 अरत्नि ना. १. अङ्गुल वा मात्राको चौबिस गुना, करपादको चार गुना ।
5278 अरत्नि ना. २. मुष्टिको छ गुना र तुणीको तीन गुना बराबरको नापो ।
5279 अरथी ना. १. सिँगारिएको शव हालेर मसानमा लैजाने यान; मुर्दाको खट; टाँड; शवयान ।
5280 अरथी ना. वि. २. रथमा नबसेको; पैदल हिँडेको ।
5281 अरनिको ना. इसाको तेह्रौँ शताब्दीमा भोट हुँदै चीन जाने र चिनियाँ सम्राट् कुब्ला खाँको दरबारमा ठुलो सम्मान पाउने एक विश्वप्रसिद्ध एक नेपाली कलाकार; बलबाहु; अर्निको ।
5282 अरनिको राजमार्ग ना. काठमाडौँबाट कोदारी हुँदै नेपाल र चीनको सीमा मितेरी साँघुसम्म पुग्ने राजपथ ।
5283 अरनी ना. १. बिहानबेलुका खाइने मुख्य खानादेखि बाहेकको खानेकुरा; नास्ता; जलपान ।
5284 अरनी ना. २. दिउँसो खाइने खानेकुरा; खाजा; दोपहरे; अर्नी ।
5285 अरन्डी ना. १. अन्डी; अन्डीको धागोबाट बनेको खास्टो।
5286 अरन्डी ना. २. भुलायो।
5287 अरब १ ना. १. सय करोडको सङ्ख्या; सय करोड ।
5288 अरब १ ना. वि. २. सय करोड सङ्ख्याको; अर्ब ।
5289 अरब २ ना. १. एसिया महाद्वीपको दक्षिणभागमा रहेको एक प्रसिद्ध भूभाग।
5290 अरब २ ना. २. त्यस भूभागका निवासी ।
5291 अरब लिग ना. मिस्र, इराक, सिरिया, जोर्डन, सउदी अरब, यमन आदि देशमा सहयोग सम्बन्ध कायम गर्नका निम्ति इ. १९४५ मा स्थापित र पछि लिबिया, सुडान, मोरक्को, कुबेत, अल्जेरिया, ट्युनिसिया र दक्षिणी यमन पनि सामेल भएको एक संस्था ।
5292 अरबी वि. १. अरब देशको; अरबसम्बन्धी ।
5293 अरबी वि. ना. २. पानीदार र ठुलो तो घोडा।
5294 अरबी वि. ३. अरब देशमा पाइने घोडा।
5295 अररिनु अ.क्रि. १. जाडाले कक्रक्क पर्नु ।
5296 अररिनु अ.क्रि. २. काँचो वा चिसो अवस्थाको वस्तु सुकेर ठर्रिनु ।
5297 अररिनु अ.क्रि. ३. नसाको रगत सञ्चालित हुन रोकिनु; बाउँडिनु ।
5298 अररिनु अ.क्रि. ४. ठुलो दुःख हुनु ।
5299 अररी १ ना. १. डोरी बाट्दै गएपछि टुङ्ग्याउनीमा उब्रिएका पोया त्यसै डोरीका अन्तमा बेरेर नफुस्किने गरी सिउरिने काम।
5300 अररी १ ना. वि. २. काम गर्न गाह्रो मान्ने; अराएको काम गर्न गह्रुकाउने वा अप्ठ्यारो मान्ने (स्त्री)।