Dictionary

All Word

5401 अवरोही वि. ओर्लने; ओर्लिरहेको ।
5402 अवर्ग वि. १. वर्गमा नपरेको; वर्गबाहिरको; फुट्टा; छुट्टा। ना.
5403 अवर्ग वि. २. नराम्रो वर्ग; कुवर्ग ।
5404 अवर्ग वि. ३. स्वरवर्ण ।
5405 अवर्ण वि. १. वर्ण वा रोगन नमिल्ने ।
5406 अवर्ण वि. २. वर्ण वा गोत्रबाहिरको । ना.
5407 अवर्ण वि. ३. नराम्रो रङ्ग वा वर्ण ।
5408 अवर्ण वि. ४. अकार अक्षर; अ।
5409 अवर्णनीय वि. वर्णन गर्न नसकिने वा नहुने; वर्णन नै गर्नु नपर्ने ।
5410 अवर्ण्य वि. हे. अवर्णनीय ।
5411 अवलङ्घन ना. नाघ्ने वा फड्कने काम; उल्लङ्घन।
5412 अवलम्ब ना. १. टिक्ने वा अड्ने ठाउँ; आश्रय; आधार; आलम्बन। वि.
5413 अवलम्ब ना. २. कुनै वस्तु वा कुरामा अडेको; झुन्डिएको; तुर्लुङ्गिएको ।
5414 अवलम्बन ना. १. कुनै आधारमा टिक्ने, अड्ने भाव वा स्थिति; आश्रय; टेवा।
5415 अवलम्बन ना. २. ग्रहण वा धारण गर्ने काम; अङ्गीकार ।
5416 अवलम्बन ना. ३. अनुकरण; अनुसरण।
5417 अवलम्बनीय वि. आधार लिन योग्य; अवलम्बन गर्न लायक ।
5418 अवलम्बित वि. १. सहारा लिएको; आधारित; आश्रित ।
5419 अवलम्बित वि. २. झुन्डिएको; उझिन्डिएको।
5420 अवलम्बी वि. १. आधार लिने; अडिने; आश्रयी ।
5421 अवलम्बी वि. २. झुन्डिने; उझिन्डिने।
5422 अवलुञ्चन ना. १. लुछ्ने वा चुँड्ने क्रिया ।
5423 अवलुञ्चन ना. २. तान्ने वा लुँड्याउने क्रिया ।
5424 अवलुञ्चन ना. ३. उखेल्ने क्रिया ।
5425 अवलुञ्चित वि. १. लुछिएको; चुँडिएको; उखेलिएको । ना.
5426 अवलुञ्चित वि. २. दिगम्बर सम्प्रदायका जैन श्रमण (भिक्षु, सन्न्यासी)।
5427 अवलुण्ठन ना. १. लडीबडी गर्ने वा गुल्टी खेल्ने क्रिया।
5428 अवलुण्ठन ना. २. लुट्ने क्रिया वा प्रक्रिया।
5429 अवलुण्ठित वि. १. लडेको; ढलेको ।
5430 अवलुण्ठित वि. २. लुटिएको; खोसिएको।
5431 अवलुण्ठित वि. ३. गुल्टी खेलेको; लडीबडी गरेको ।
5432 अवलुण्ठित वि. ४. मिल्किएको।
5433 अवलेखन ना. १. ताछ्ने वा खुर्कने काम ।
5434 अवलेखन ना. २. रेखा तान्ने वा धर्को कोर्ने क्रिया ।
5435 अवलेखन ना. ३. कपालको कोराइ वा तलासाइ ।
5436 अवलेखन ना. ४. अभिलेख लेख्ने काम, कप्ने क्रिया ।
5437 अवलेखनी ना. १. खरी; पेन्सिल ।
5438 अवलेखनी ना. २. काइँयो; काङ्गियो ।
5439 अवलेखनी ना. ३. बुरुस; कुची ।
5440 अवलेखनी ना. ४. छिनु ।
5441 अवलेपन ना. १. लिप्ने वा पोत्ने क्रिया ।
5442 अवलेपन ना. २. शरीरमा घस्ने तेल, पाउडर, बुकुवा आदि पदार्थ ।
5443 अवलेपन ना. ३. एकता; मेल।
5444 अवलेपन ना. ४. अभिमान; सेखी; घमन्ड।
5445 अवलेह/अवलेहन ना. १. चाट्ने क्रिया ।
5446 अवलेह/अवलेहन ना. २. चाटेर खाइने पदार्थ।
5447 अवलोकन ना. १. सूक्ष्म रूपमा हेर्ने वा तथ्य पत्ता लगाउन अध्ययन गर्ने काम; निरीक्षण।
5448 अवलोकन ना. २. आँखा; नयन; नेत्र।
5449 अवलोकन विधि ना. १. विद्यार्थीहरूका उच्चारण, पद, वाक्यगठन, विषयवस्तु, अभिव्यक्ति सामर्थ्य, शिल्पविधान आदिको निरीक्षण गर्ने पाठ्यविधि वा कला; निरीक्षणविधिद्वारा पढाइने एक तरिका ।
5450 अवलोकन विधि ना. २. कुनै ग्रन्थभित्रका मुख्य मुख्य बुँदाहरू सरसरती हेरेर मोटामोटी अध्ययन गरिने पद्धति।