Dictionary

All Word

5501 अवस्था ना. ४. उमेरको स्थिति (शिशु, कुमार, किशोर, युवा, वृद्ध आदि)।
5502 अवस्था ना. ५. जीवित प्राणीको दैनन्दिन अवस्था (जाग्रत्, स्वप्न, सुषुप्ति)।
5503 अवस्थित वि. १. कुनै विशिष्ट स्थितिमा आएको; रहेको; बसेको।
5504 अवस्थित वि. २. मौजुद; उपस्थित।
5505 अवस्थित वि. ३. टिकेको; अडिएको।
5506 अवस्थित वि. ४. भौगोलिक रूपमा रहेको ।
5507 अवस्थिति ना. १. कुनै घटना वा कार्यको स्थिति; वर्तमानता ।
5508 अवस्थिति ना. २. रहने काम; उपस्थिति ।
5509 अवस्थिति ना. ३. रहने ठाउँ; बसोबास; निवास; घर।
5510 अवहित्था ना. भय, लज्जा, गौरव आदि कारणबाट आफूमा भएको हर्षोल्लास लुकाउने काम; साहित्यका तेत्तिस सञ्चारी भावमध्ये एक भाव।
5511 अवहेलक वि. अवहेलना गर्ने; अरू कसैलाई हेला वा अपमान गर्ने ।
5512 अवहेलना ना. हेला वा घृणा गर्ने काम; हेपाइ; तिरस्कार; अपमान ।
5513 अवहेला ना. हे. अवहेलना ।
5514 अवहेलित वि. अवहेलना गरिएको; हेपिएको ।
5515 अवाइ ना. आउने भाव, क्रिया वा प्रक्रिया।
5516 अवाइजवाइ ना. आउने र जाने काम; आइजाइ; आउजाउ ।
5517 अवाक् वि. १. उमेर पुगेर पनि बोली नफुटेको; बोल्न नसक्ने ।
5518 अवाक् वि. २. चुप; मौन ।
5519 अवाक् वि. ३. अचम्म; चकित; विस्मित। ना.
5520 अवाक् वि. ४. बोली बन्द रहेको स्थिति।
5521 अवाङ्मुख वि. १. मुख तलतिर फर्केको; उँधमुन्टे; घोप्टो; उभिन्डो।
5522 अवाङ्मुख वि. २. लाज र धकले शिर नुहाएको; मुन्टो निहुराएको ।
5523 अवाच्य वि. १. कसैलाई गाली वा दुर्वचन गर्न नहुने; अनिन्द्य।
5524 अवाच्य वि. २. भन्न नहुने; अकथ्य ।
5525 अवाच्य वि. ३. कुरा उठाउन वा प्रसङ्ग चलाउन नमिल्ने ।
5526 अवाच्य वि. ४. दक्षिण दिशातिर हुने वा पाइने; दक्षिण दिशातिर व्यवहार गरिने। ना.
5527 अवाच्य वि. ५. खराब बोली; कुवाच्य।
5528 अवाञ्छनीय वि. वाञ्छा वा चाहना नभएको; मन नपरेको; अनभीष्ट ।
5529 अवाञ्छित वि. इच्छा नगरिएको; अवाञ्छनीय।
5530 अवान्तर वि. बिचमा रहेको; माझमा परेको; मध्यवर्ती ।
5531 अवान्तर भेद ना. मूल प्रकार वा किसिमभित्र पर्ने ससाना प्रकार; गौण भेद।
5532 अवार ना. नदीको वल्लो किनार वा छेउ; वारि ।
5533 अवाल ना. १. इँट, झिँगटी, टायल आदि पोल्ने भट्टा ।
5534 अवाल ना. २. इँट, झिँगटी आदि पोल्ने पेसा भएको जाति ।
5535 अवाले ना. इँट, झिँगटी, टायल आदि बनाउने, पोल्ने आदि काम गर्ने व्यक्ति ।
5536 अवास्तव वि. असत्य; झुटो; मिथ्या ।
5537 अवास्तविक वि. १. वास्तविक नभएको; झुटो; असत्य।
5538 अवास्तविक वि. २. काल्पनिक।
5539 अविकल वि. १. सबै अङ्ग साबुत भएको; जस्ताको तस्तो; टुटफुट नभएको; सग्लो; सखल्ल; पूर्ण ।
5540 अविकल वि. २. विह्वल नभएको; नअतासिएको ।
5541 अविकल्प वि. १. विकल्प नभएको; अर्को पक्ष नभएको; सट्टा नभएको; निर्विकल्प ।
5542 अविकल्प वि. २. सन्देह नभएको; निस्सन्दिग्ध। ना.
5543 अविकल्प वि. ३. अर्को पक्ष वा विकल्प नहुनाको स्थिति; सन्देहको अभाव ।
5544 अविकसित वि. १. कुनै ठाउँ वा प्रदेशको बाटोघाटो, बिजुलीपानी, स्वास्थ्यशिक्षा आदिको राम्रो व्यवस्था भइनसकेको; विकास वा निर्माण नभएको ।
5545 अविकसित वि. २. नहुर्केको; नबढेको ।
5546 अविकसित वि. ३. असभ्य; गँवार ।
5547 अविकार वि. १. विकार नभएको; नबिग्रिएको; नबदलिएको; निर्विकार ।
5548 अविकार वि. २. नउग्लिएको; नसडेको ।
5549 अविकार वि. ३. नभत्किएको; नटुक्रिएको ।
5550 अविकारी वि. विकार नहुने वा रूप नबदलिने (अनि, पनि आदि शब्द)।