Dictionary

All Word

5651 अर्मलाउनु प्रे. क्रि. अर्मल्न लाउनु ।
5652 अर्मलिनु क.क्रि. अर्मल्ने काम गरिनु ।
5653 अर्मले ना. पिरिया वा पिर्रेका आकारको, कलिला मुन्टाको तरकारी खाइने भारविशेष।
5654 अर्माली ना. घरबाहिर पेटी वा पिँडीमा घामपानी छेक्नका निम्ति हालिने सानो छानो; पाली ।
5655 अर्वाचीन वि. हालसालको; वर्तमान समयको; नयाँ; आधुनिक ।
5656 अर्श ना. अलकाई; हर्सा ।
5657 अर्सा ना. खुदोमा वा चिनीको रसमा पिठो मुछेर पातलो गरी बेलेर घिउमा पकाइएको रोटीविशेष ।
5658 अर्ह वि. १. पूजा वा सम्मान गर्न योग्य; पूजनीय; पूज्य ।
5659 अर्ह वि. २. योग्य; लायक।
5660 अर्हत् ना. १. ठुला ज्ञानी; तीर्थङ्कर ।
5661 अर्हत् ना. २. जिन; बुद्ध ।
5662 अर्हत् ना. वि. ३. आराध्य; पूजा गर्न योग्य; पूज्य।
5663 अर्हन्त ना. १. बुद्ध ।
5664 अर्हन्त ना. २. बौद्ध भिक्षु; भन्ते ।
5665 अर्हन्त ना. वि. ३. योग्य; प्रतिष्ठित ।
5666 अलक ना. १. निधारका दायाँबायाँ लर्केको कपाल ।
5667 अलक ना. २. छाँटकाँट गरी आँखीभौँसम्म निधारमा लर्काइएको कपाल ।
5668 अलक ना. ३. पालेर लामो गरी तलासेको कपाल; जुल्फी; बङ्गाली ।
5669 अलकतरा/अलकत्रा ना. बाटो पक्की तुल्याउँदा गिट्टी आदिसँग मलेर ओछ्‌याइने कालो लेदो; तारपिन आदिको तेल निकाल्दा आएको च्याटच्याटे लेदो ।
5670 अलका ना. १. यक्ष वा गन्धर्वका राजा कुबेरको राजधानी ।
5671 अलका ना. २. घुँगुरिएको कपाल; अलक ।
5672 अलका ना. ३. आठदेखि दश वर्षसम्मकी केटी ।
5673 अलकाई ना. गुदद्वारमा आउने एक किसिमको खटिरो; अर्श; हर्सा ।
5674 अलकापुरी ना. कुबेरको राजधानी; अलका; गन्धर्वपुरी ।
5675 अलकावलि/अलकावली ना. १. केशको समूह; केशराशि।
5676 अलकावलि/अलकावली ना. २. जुल्फी।
5677 अलकावलि/अलकावली ना. ३. घुँगुरा परेको कपाल; मुन्द्रे कपाल।
5678 अलक्षण वि. १. खराब लक्षण भएको; कुलक्षणयुक्त; अलच्छिनी।
5679 अलक्षण वि. ना. २. नराम्रो लक्षण; अपशकुन।
5680 अलक्षित वि. १. नदेखिएको; लक्ष्य नगरिएको; अदृश्य |
5681 अलक्षित वि. २. अज्ञात, नजानिएको; गुप्त ।
5682 अलक्ष्मी ना. १. पुराणकथाअनुसार लक्ष्मीसँगै समुद्रबाट निस्किएकी तर दुष्ट आचरणकी एक नारी; कश्यपपत्नी दिति ।
5683 अलक्ष्मी ना. वि. २. अलच्छिनी ।
5684 अलक्ष्य वि. १. नदेखिएको; लक्ष्य नगरिएको वा गर्न नसकिने ।
5685 अलक्ष्य वि. २. अदृष्ट ।
5686 अलक्ष्य वि. ३. नजानिएको; अज्ञात ।
5687 अलक्ष्य वि. ४. ध्येय नभएको; उद्देश्यरहि।
5688 अलख वि.बो. १. जोगी वा सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने शब्द वा ईश्वरको नाम ।
5689 अलख वि.बो. २. अदृश्य ईश्वर।
5690 अलख वि.बो. वि. ३. नदेखिने; अदृश्य; अप्रत्यक्ष।
5691 अलखधारी ना. १. गोरखपन्थीहरूको एक सम्प्रदाय र त्यसका अनुयायी ।
5692 अलखधारी ना. २. अलख जगाएर जीवन निर्वाह गर्ने व्यक्ति ।
5693 अलखनामी ना. हे. अलखधारी ।
5694 अलखबम्बम् ना. १. अलक्ष्य ओम् ओम् अर्थात् ब्रह्मा, विष्णु, शिवका रूपमा रहने ईश्वर ।
5695 अलखबम्बम् ना. २. वि.बो. जोगी, सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने सोही शब्द; अलख ।
5696 अलखा ना. कठालो नभएको ह्वार्लाङ्गे कुर्था; अलख जगाउनेले लगाउने खोलक; जोगी, सन्न्यासीले लगाउने एक प्रकारको ह्वार्लाङ्गे कपडा; भर्थरी ।
5697 अलग क्रि.वि. १. अलग्ग; छुट्टै; पृथक्; फरक।
5698 अलग क्रि.वि. वि. २. भिन्न; छुट्टो ।
5699 अलगर्जी वि. १. कामको पर्बाह नगर्ने; काममा निष्क्रिय रहने; अल्छी; अलमस्त; फिक्री नभएको ।
5700 अलगर्जी वि. २. अकर्मण्य; बिकामे; बेकामे।