Dictionary

All Word

5551 अविकृत वि. १. विकृत नभएको; नबिग्रिएको; ननासिएको।
5552 अविकृत वि. २. नफेरिएको; अपरिवर्तित।
5553 अविकृत वि. ३. नउग्लिएको; नसडेको।
5554 अविघात वि. १. चोटपटक नलागेको; ठेसठक्कर आदि नखाएको।
5555 अविघात वि. २. विघ्नबाधा नभएको ।
5556 अविघात वि. ३. बिघ्नै; धेरै ।
5557 अविघ्न वि. विघ्न नपरेको; निर्विघ्न ।
5558 अविचल वि. एक ठाउँबाट अर्को ठाउँमा नसर्ने; अचल; स्थिर।
5559 अविचलित वि. विचलित नभएको; नडगमगाएको; अटल; स्थिर ।
5560 अविचार ना. १. राम्रो विचारको अभाव; खराब विचार; कुविचार | वि.
5561 अविचार ना. २. खराब विचार राख्ने; कुविचारी ।
5562 अविचारित वि. विचार नपुऱ्याइएको ।
5563 अविचारी वि. उचितअनुचितको विचार नभएको ।
5564 अविच्छिन्न वि. बिच बिचमा नटुटेको; विच्छिन्न नहुने; अटुट; लगातार; निरन्तर।
5565 अविच्छिन्न उत्तराधिकारी ना. खण्डित नभईकन परम्परादेखि नै पाइआएको पैतृक हक।
5566 अविच्छेद वि. १. विच्छेद नभएको । ना.
5567 अविच्छेद वि. २. नछिनेको अवस्था; निरवच्छिन्नता।
5568 अविजित वि. विजय नगरिएको; नजितिएको; जित्न नसकिएको।
5569 अविज्ञ वि. विज्ञ नभएको; अजान।
5570 अविज्ञता ना. अविज्ञ हुनुको भाव वा स्थिति; अनजानपन।
5571 अविज्ञात वि. १. नजानेको; थाहा नभएको ।
5572 अविज्ञात वि. २. नजान्ने; थाहा नपाउने।
5573 अविदित वि. नजानिएको; थाहा नभएको; नसम्झिएको; नचिनिएको; अज्ञात।
5574 अविद्यमान वि. १. विद्यमान नभएको; अगाडि नरहेको; अनुपस्थित।
5575 अविद्यमान वि. २. झुटो; असत्य; मिथ्या।
5576 अविद्या ना. १. विद्याको अभाव; निरक्षरता ।
5577 अविद्या ना. २. (दार्शनिक क्षेत्रमा) सांसारिक मायामोहमा फसाउने मिथ्या ज्ञान; आत्मिक दृष्टिले घातक मानिने इन्द्रियजन्य क्षणिक ज्ञान; अनित्यलाई नित्य सम्झने मिथ्या बुद्धि।
5578 अविनय ना. १. विनय वा नम्रताको अभाव; शिष्टता आदिको अभाव।
5579 अविनय ना. २. उद्दण्डता; धृष्टता ।
5580 अविनश्वर वि. नश्वर वा नाशवान् नभएको; नाश नहुने; अविनाशी ।
5581 अविनाभाव ना. दुई वस्तुका बिच कहिल्यै नटुट्ने पारस्परिक अनिवार्य सम्बन्ध। (उदा.- आगो र धुवाँमा अविनाभाव सम्बन्ध रहेको हुन्छ)।
5582 अविनाशी वि. १. कहिल्यै विनाश नहुने; अनश्वर; अक्षय ।
5583 अविनाशी वि. २. शाश्वत; नित्य; स्थायी ।
5584 अविनीत वि. १. विनीत नभएको; ननिहुरेको; विनयहीन |
5585 अविनीत वि. २. उद्दण्ड; धृष्ट; उच्छृङ्खल ।
5586 अविपन्न वि. १. विपन्न नभएको; सुखी ।
5587 अविपन्न वि. २. निरोगी; स्वस्थ ।
5588 अविपन्न वि. ३. कुनै आघात वा चोट नलागेको; कुनै क्षति नपुगेको।
5589 अविपन्न वि. ४. पवित्र; विशुद्ध ।
5590 अविभक्त वि. विभक्त नभएको; अंशबन्डा नभएको; नछुट्टिएको (कुटुम्ब, परिवार इ.)।
5591 अविभाज्य वि. १. विभाजन वा बाँडफाँड नहुने; बाँड्न नसकिने । ना.
5592 अविभाज्य वि. २. कुनै भाजकबाट पनि निःशेष भाग नलाग्ने सङ्ख्या ।
5593 अविरल वि. १. मिलेको; नछुट्टिएको; घना । क्रि.वि.
5594 अविरल वि. २. लगातार; निरन्तर ।
5595 अविराम वि. १. विराम नभएको; नरोकिएको । क्रि.वि.
5596 अविराम वि. २. रोकटोकविना; निरन्तर; लगातार ।
5597 अविरुद्ध वि. विरुद्ध नभएको; निर्विरुद्ध।
5598 अविरोध ना. विरोध नभएको अवस्था; विरोध नगर्ने काम ।
5599 अविरोधी वि. विरोधी नभएको; विरोध नगर्ने ।
5600 अविलक्ष्य वि. १. कुनै पनि लक्ष्य नभएको; उद्देश्यविहीन ।