Dictionary

All Word

5451 अवलोकनीय वि. १. अवलोकन गर्न योग्य ।
5452 अवलोकनीय वि. २. अत्यन्त सुन्दर; दर्शनीय।
5453 अवलोकित वि. १. अवलोकन गरिएको; तथ्यातथ्य पत्ता लगाउने किसिमले हेरिएको वा निरीक्षण गरिएको ।
5454 अवलोकित वि. २. कुनै विषयवस्तुको निरूपणका निम्ति सूक्ष्म रूपमा अध्ययन गरिने (दृष्टि वा विचार)।
5455 अवलोकितेश्वर ना. १. ईश्वरलाई देखेको व्यक्ति ।
5456 अवलोकितेश्वर ना. २. बोधिसत्त्व।
5457 अवलोकितेश्वर ना. ३. मत्स्येन्द्रनाथ; मछिन्द्रनाथ ।
5458 अवश वि. कसैको वश वा अधीनमा नभएको; आफूखुसी गर्न पाइने; स्वाधीन; फुक्का ।
5459 अवशता ना. अर्काका वशमा नरहेको स्थिति वा भाव; पराधीनताको अभाव; स्वतन्त्रता ।
5460 अवशिष्ट वि. १. अवशेष रहेको; कुनै वस्तु कुनै काममा लगाएर बाँकी रहेको; बचेको; शेष रहेको ।
5461 अवशिष्ट वि. २. खाएर बाँकी रहेको; पेट भरिएर बचेको । ना.
5462 अवशिष्ट वि. ३. पुरा ।
5463 अवशिष्ट शक्ति ना. संविधान वा ऐनकानुन आदिमा स्पष्टसँग नतोकिएको भए पनि प्रसङ्गले प्रयोग गर्न सकिने शक्ति वा अधिकार।
5464 अवशिष्ट पर्वत ना. अनावृत्तीकरणद्वारा नरम भाग खिइएर बाँकी रहेको पहाडी भाग; पेखर ।
5465 अवशेष ना. १. उपयोग वा उपभोगमा आएर बचेखुचेको वस्तु; शेष; पुरा । वि.
5466 अवशेष ना. २. अवशिष्ट ।
5467 अवश्य क्रि.वि. १. नगरी नहुने; गर्नै पर्ने ।
5468 अवश्य क्रि.वि. २. निश्चय नै; जरुर; पक्का।
5469 अवश्यमेव क्रि.वि. निश्चय नै; पक्कापक्की।
5470 अवश्यम्भावी वि. अवश्य भइछाड्ने; भविष्यमा कुनै घटना घट्ने निश्चय भएको; पक्कै हुने ।
5471 अवसन्न वि. १. आपत् विपत्मा परेको; दुःख पाएको; विपन्न ।
5472 अवसन्न वि. २. खेदमा परेको; खिन्न ।
5473 अवसर ना. १. कुनै कामकुरो गर्न मिल्दोजुल्दो स्थिति; अनुकूलता; मौका; समय।
5474 अवसर ना. २. अवकाश; फुर्सद।
5475 अवसर ग्रहण ना. समय पाएको अवस्था; फुर्सद लिएको स्थिति ।
5476 अवसरवाद ना. मौकाछोपाइबाट लाभ उठाउने वा स्वार्थपूर्ति गर्ने सिद्धान्त; ताकछोपुवा मत; ताकछोपाइको सिद्धान्त।
5477 अवसरवादिता ना. अवसर हेरेर लाभ उठाउने काम; मौकाछोपाइ; ताकछोपुवापन।
5478 अवसरवादी वि. १. अवसरवादको अनुयायी वा समर्थक।
5479 अवसरवादी वि. २. आफ्नो फाइदाका निम्ति मौका छोप्न सिपालु; आफ्नो मात्र चाँजोपाँजो मिलाउने (व्यक्ति)।
5480 अवसाद ना. १. मनमा पर्ने पछुताउ; खेद ।
5481 अवसाद ना. २. उत्साह, आशा, शक्ति आदिको अभाव ।
5482 अवसाद ना. ३. थकाइ; ग्लानि ।
5483 अवसाद ना. ४. कमजोरी ।
5484 अवसादन ना. हेला, बिछोड आदिबाट हुने मानसिक तथा सांवेगिक प्रतिकूलताको स्थिति।
5485 अवसान ना. १. कुनै कामकुराको टुङ्ग्याउनी; समाप्ति; टुङ्गो; अन्त।
5486 अवसान ना. २. पुछार; किनारा; सीमा; छेउ ।
5487 अवसान ना. ३. साँझ; बेलुकी; सायङ्काल।
5488 अवसान ना. ४. बिसाइ; विराम; विश्राम ।
5489 अवसान ना. ५. मृत्यु; मरण; नाश।
5490 अवसानकर वि. नाश गराउने; मृत्युकर।
5491 अवसिञ्चन ना. १. जल छर्कने काम ।
5492 अवसिञ्चन ना. २. बालीनालीमा पानी पटाउने काम ।
5493 अवसिञ्चित वि. १. सिञ्चन गरिएको वा छर्किएको ।
5494 अवसिञ्चित वि. २. बालीनाली आदिमा पानी पटाइएको ।
5495 अवसेचन ना. १. जल सिञ्चन गर्ने वा छर्कने काम ।
5496 अवसेचन ना. २. रोगीका शरीरबाट पसिना वा विकृत रगत झिक्ने कार्य वा प्रक्रिया।
5497 अवस्थल ना. पितापुर्खादेखि बसोबास गरिआएको ठाउँ; थात; थलो।
5498 अवस्था ना. १. कुनै घटना वा कार्यको स्थिति; हालत; दशा।
5499 अवस्था ना. २. बेला; समय; काल; मौका; अवसर ।
5500 अवस्था ना. ३. उमेर; आयु; वय।