Dictionary

All Word

5301 अवच्छेद ना. १. छुट्ट्याउने वा अलग तुल्याउने क्रिया ।
5302 अवच्छेद ना. २. टुङ्गो; हद; सीमा।
5303 अवच्छेद ना. ३. अवधारण; निश्चय ।
5304 अवच्छेद ना. ४. भाग; खण्ड।
5305 अवच्छेद ना. ५. परिच्छेदका विभिन्न अङ्ग; कुनै लेख आदिमा उपशीर्षकद्वारा छुट्टिएको अंश; उपपरिच्छेद ।
5306 अवज्ञा ना. १. अरूको उपेक्षा गर्ने वा आज्ञा नटेर्ने काम; हेला; तिरस्कार; निन्दा।
5307 अवज्ञा ना. २. कुनै आज्ञा वा नियमकानुनको उल्लङ्घन ।
5308 अवज्ञावाद ना. कुनै प्रचलित वा परम्परागत विषयको अवहेलना गर्ने सिद्धान्त।
5309 अवज्ञात वि. अवज्ञा गरिएको; हेला गरिएको; तिरस्कृत; निन्दित।
5310 अवतरण ना. १. तल झर्ने वा ओर्लने क्रिया; यान आदि जमिनमा उत्रने काम ।
5311 अवतरण ना. २. पार लाग्ने वा पार हुने काम।
5312 अवतरण ना. ३. अवतार ग्रहण गर्ने, जन्मने वा प्रादुर्भाव हुने क्रिया ।
5313 अवतरण ना. ४. सिँढी; घाट।
5314 अवतरण ना. ५. उद्धृत अंश; उद्धरण ।
5315 अवतरण ना. ६. प्रतिकृति वा प्रतिमूर्ति ।
5316 अवतरण चिह्न ना. अवतरण जनाउने चिह्न; हे. उद्धरण चिह्न।
5317 अवतरण पथ ना. हवाईजहाज आदि उड्न वा उत्रनका लागि कुद्न हुने लामो बाटो ।
5318 अवतरण भूमि ना. हवाईजहाज उत्रने फराकिलो जमिन ।
5319 अवतरणिका ना. कुनै ग्रन्थको मुख्य विषयसँग सम्बन्ध राख्ने भूमिका; उपोद्घात।
5320 अवतरित वि. १. तल झरेको वा उत्रेको; ओर्लिएको।
5321 अवतरित वि. २. उद्धरण गरिएको; उद्धृत ।
5322 अवतरित वि. ३. अवतार लिएको ।
5323 अवतार ना. १. जन्म लिने वा शरीर धारण गर्ने क्रिया।
5324 अवतार ना. २. देवताहरूले मनुष्य वा अरू प्राणीहरूको शरीरमा जन्म लिने क्रिया; पुराणअनुसार विष्णु भगवान्‌का चौबिस अवतार (ब्रह्मा, वराह, नारद, नरनारायण, कपिल, दत्तात्रेय, यज्ञ, ॠषभ, पृथु, मत्स्य, कूर्म, धन्वन्तरि, मोहिनी, नृसिंह, वामन, परशुराम, वेदव्यास, राम, बलराम, कृष्ण, बुद्ध, कल्कि, हंस र हयग्रीव)।
5325 अवतार ना. ३. तल झर्ने, ओर्लने एवं उँधो लाग्ने क्रिया ।
5326 अवतारण ना. १. तल ओराल्ने वा झार्ने क्रिया ।
5327 अवतारण ना. २. देखासिकी वा नक्कल ।
5328 अवतारी वि. १. प्राणीहरूका शरीरमा जन्म लिएको; अवतार लिएको ।
5329 अवतारी वि. २. अनौठो स्वभावको; अपूर्वको; बेढब ।
5330 अवतारी वि. ३. अनौठो काम गर्ने; चमत्कारी ।
5331 अवतारी वि. ४. ओर्लने, तल झर्ने वा उँधो लाग्ने ।
5332 अवतारी वि. ५. औतारी ।
5333 अवतारे वि. अवतारी; औतारी ।
5334 अवतीर्ण वि. १. तल ओर्लेको वा झरेको ।
5335 अवतीर्ण वि. २. अवतार लिएको; अवतारी; औतारी।
5336 अवदान ना. १. पहिले भएको वीरता, शौर्य, त्याग आदि महत्त्वपूर्ण कार्य; पूर्ववृत्त ।
5337 अवदान ना. २. शुद्ध आचरण; पवित्र व्यवहार ।
5338 अवदान ना. ३. छुट्ट्याउने वा टुक्र्याउने काम; खण्डन ।
5339 अवध ना. अयोध्या प्रान्त; कोशलदेश ।
5340 अवधान ना. कुनै विषयमा भएको मनको एकाग्रता; चित्त स्थिर गराउने काम; मनोयोग; ध्यान ।
5341 अवधारण/अवधारणा ना. १. कुनै विषयप्रति विचारपूर्वक गरिने निश्चय ।
5342 अवधारण/अवधारणा ना. २. कुनै कुरालाई किटेरै देखाउने वा भन्ने काम।
5343 अवधारण/अवधारणा ना. ३. सीमा; हद; पराकाष्ठा ।
5344 अवधारणार्थक वि. व्याकरणअनुसार वाक्य वा शब्दका प्रयोगमा सम्बन्धित वाक्य वा शब्दलाई निश्चित गर्न वा तिनमा निश्चितताको अर्थ दिन आउने (नै, ऐ आदि निपातका भेद)।
5345 अवधारित वि. १. निश्चय गरिएको; निधो गरिएको ।
5346 अवधारित वि. २. किटिएको।
5347 अवधि ना. १. सीमा; हद ।
5348 अवधि ना. २. निर्धारित समय; म्याद ।
5349 अवधि ना. ३. अन्तिम समय; अन्तिम काल ।
5350 अवधूत ना. १. नाथपन्थी सिद्ध योगी; साधु; सन्न्यासी । वि.