Dictionary

All Word

5351 अरिष्ट ना. ६. पकाएर राखिएका औषधीको रस (जस्तो- अशोकारिष्ट, सारस्वत्यारिष्ट इ.) ।
5352 अरुचि ना. १. रुचि नहुने स्थिति वा परिस्थिति; अनिच्छा।
5353 अरुचि ना. २. रुचि नहुने रोग; अग्निमन्दता।
5354 अरुचि ना. ३. घृणा।
5355 अरुचिकर वि. १. रुचि नहुने वा रुचि नगराउने ।
5356 अरुचिकर वि. २. मन नपरेको; इच्छा नजाग्ने।
5357 अरुण ना. १. सूर्य; रवि; आदित्य ।
5358 अरुण ना. २. सूर्यको सारथि ।
5359 अरुण ना. ३. बिहान र बेलुकी पूर्वी तथा पश्चिमी आकाशमा देखिने रातो आभा।
5360 अरुण ना. ४. पुन्नाग वृक्ष ।
5361 अरुण ना. ५. गाढा रातो रङ ।
5362 अरुण ना. ६. कुङ्कुम ।
5363 अरुण ना. ७. सिन्दूर।
5364 अरुण ना. ८. तिब्बततर्फबाट वरुण हुँदै पूर्वी नेपालभित्र पसेर कोसी नदीमा मिल्ने एक ठुलो नदी; सप्तकोसीमध्ये एक ।
5365 अरुणिमा ना. रातोपना; लाली; लालिमा; रक्त्योल।
5366 अरुणोदय ना. बिहान रातो रङमा हुने सूर्यको उदय; सूर्य उदाउनुभन्दा पहिले पूर्वी आकाशमा देखिने रातो आभा; सूर्य उदाउनुभन्दा पहिलेको समय; ब्राह्ममुहूर्त; प्रातःकाल; भोर।
5367 अरुन्धती ना. १. वशिष्ठ ऋषिकी पत्नी ।
5368 अरुन्धती ना. २. सप्तर्षि तारासमूहका बिचको एक तारो ।
5369 अरुवा १ ना. नउसिनी कुटेका धानको चामल; अलुवा; अरवा ।
5370 अरुवा २ वि. अर्काका अरोटमा हिँड्ने; अर्काको लहलहैमा हिँड्ने।
5371 अरू वि. १. आफूदेखि बाहेकको; अन्य; अर्को; दोस्रो।
5372 अरू वि. २. पराई; परचक्री ।
5373 अरू वि. ३. बढ्ता; थप ।
5374 अरू वि. संयो. ४. अनि; फेरि ।
5375 अरू वि. अरूको लाख, आमाको काख ( उखान ) ।
5376 अरूप वि. १. रूप नभएको; निराकार ।
5377 अरूप वि. २. नराम्रो; विरूप; कुरूप।
5378 अरूप वि. ३. असमान; असदृश ।
5379 अरूपक वि. १. रूप नभएको; निराकार ।
5380 अरूपक वि. ना. २. बौद्ध दर्शनानुसार योगको एक अवस्था; निर्जीव समाधि ।
5381 अरूपायित वि. रूप नचल्ने वा रूप नचलेको ।
5382 अरे निपा. १. कुनै अज्ञात कुरालाई जनाउँदा प्रयोग गरिने शब्द; रे (उदा.- उनी घर आए अरे ! ) ।
5383 अरे निपा. वि.बो. २. तल्ला खालको वा मन नपरेको व्यक्तिलाई गरिने सम्बोधन ( उदा.- अरे मूर्ख ! तँ के गर्छस्?) ३. उदेक; आश्चर्य आदि जनाउँदा प्रयोग गरिने शब्द; अहो।
5384 अरे निपा. (उदा.- अरे! यो के भएको ?)।
5385 अरेट्नु ना. १. ठेट्नो ।
5386 अरेट्नु ना. २. बलढ्याङ्ग्राजस्तो एक प्रकारको जङ्गली फूल।
5387 अरेमरे ना. यसो गरुँ कि उसो गरुँ हुने अवस्था; दोधारे चाल; अलमलाइ ।
5388 अरोचक वि. १. अरुचि पैदा गर्ने वा गराउने; बेस्वादिलो ।
5389 अरोचक वि. २. चहकिलो नभएको; धमिलो; मलिन ।
5390 अरोचक वि. ना. ३. अरुचि; अग्निमन्दता; खान मन नलाग्ने स्थिति वा अवस्था।
5391 अरोट ना. अराउने काम; आज्ञा; अह्रोट ।
5392 अरौटे वि. १. अराउने काम गर्ने; आज्ञा दिने ।
5393 अरौटे वि. २. अराएको काम गर्ने वा गराउने।
5394 अरौटे वि. ना. ३. अर्दली ।
5395 अर्क १ ना. १. सूर्य ।
5396 अर्क १ ना. २. तामा (धातु) ।
5397 अर्क १ ना. ३. आँक; मन्दार।
5398 अर्क १ ना. ४. आइतबार।
5399 अर्क १ ना. ५. उत्तरा फाल्गुनी नक्षत्र ।
5400 अर्क १ ना. ६. बाह्रको सङ्ख्या।