Dictionary

All Word

5201 अयथार्थता ना. अयथार्थ हुनाको भाव वा स्थिति; असत्यता।
5202 अयथार्थ्य ना. १. यथार्थताको अभाव; असत्यता।
5203 अयथार्थ्य ना. २. असङ्गति; असंलग्नता ।
5204 अयन ना. १. हिँडाइ; गति ।
5205 अयन ना. २. बाटो; मार्ग ।
5206 अयन ना. ३. सूर्यको उत्तरी र दक्षिणी गति।
5207 अयन ना. ४. आश्रय; घर ।
5208 अयन ना. ५. काल; समय ।
5209 अयन ना. ६. कल्चौँडो; फाँचो।
5210 अयन ना. ७. अङ्गुल एवं मात्राको छ गुना बराबरको नाप ।
5211 अयन ना. ८. करपाद, अङ्ग वा रस बराबरको नाप ।
5212 अयनवृत्त ना. ग्रहणरेखा ।
5213 अयन सङ्क्रान्ति ना. सूर्यको दक्षिणगति र उत्तरगतिको आरम्भ हुने माघे सङ्क्रान्ति र साउने सङ्क्रान्ति ।
5214 अयन्त्रित वि. नियन्त्रणमा नरहेको; नियन्त्रण गर्न नसकिने; मनमानी गर्ने; उच्छृङ्खल ।
5215 अयश ना. १. अपयश; अपकीर्ति ।
5216 अयश ना. २. निन्दा; तिरस्कार |
5217 अयशस्वी वि. कीर्ति नभएको; यश नभएको; ख्याति नभएको ।
5218 अयस ना. मोजमज्जा; भोगविलास; ऐस; आराम; चैन।
5219 अयसी वि. अयस गर्ने; ऐसी ।
5220 अयाचित वि. १. नमागिएको; मागेर नलिइएको।
5221 अयाचित वि. २. आफैँ प्राप्त भएको ।
5222 अयाल ना. घोडा, सिंह आदिका गर्दनका लामा लामा रौँ; याल ।
5223 अयु वि.बो. एक्कासि आश्चर्य, विस्मय, भय आदि जनाउँदा प्रयोग हुने शब्द।
5224 अयु वि.बो. (उदा.- अयु, सर्प देखेर म त डरले भुतुक्कै भएँ !)।
5225 अयुक्त वि. १. नजोतिएको; नदाइएको ।
5226 अयुक्त वि. २. नमिलेको; नजोडिएको ।
5227 अयुक्त वि. ३. अयोग्य; अनुचित ।
5228 अयुक्ति ना. युक्तिसङ्गत नभएको अवस्थिति; बेमेल ।
5229 अयुग्म वि. जोडा नभएको; बेजोडा; बिजोडा ।
5230 अयुत ना. १. दश हजारको सङ्ख्या ।
5231 अयुत ना. वि. २. दश हजार सङ्ख्याको।
5232 अये वि.बो. सम्बोधन आदिमा प्रयोग हुने अनादरवाची शब्द; ए ।
5233 अयोग ना. १. योगको अभाव; दुर्योग ।
5234 अयोग ना. २. सङ्कटकाल; मुस्किलको समय ।
5235 अयोग ना. ३. वियोग; बिछोड ।
5236 अयोगव ना. बाबु शूद्र र आमा वेश्याबाट जन्मेको छोरो ।
5237 अयोगवाह ना. व्यञ्जनभिन्न ध्वनि; अनुस्वार र विसर्ग (संस्कार; छिः इ.)।
5238 अयोगात्मक वि. प्रकृति नजोडिएको; नजोडिने ।
5239 अयोगात्मक भाषा ना. व्याकरणअनुसार रूप नचल्ने भाषा ।
5240 अयोग्य वि. १. योग्य नभएको; नालायक; काममा निपुण नभएको।
5241 अयोग्य वि. २. अनुपयुक्त; अनुचि।
5242 अयोग्यता ना. १. योग्यताको अभाव; नालायकपन ।
5243 अयोग्यता ना. २. कुपात्रता; अपात्रता।
5244 अयोग्यता ना. ३. अनौचित्य ।
5245 अयोध्या ना. १. भारतका सात मोक्ष पुरीमध्ये एक; प्राचीन सूर्यवंशी राजाहरूको एक प्रसिद्ध राजधानी; साकेत ।
5246 अयोध्या ना. २. रामचन्द्रको राजधानी ।
5247 अयोनि वि. १. नजन्मेको; अजात ।
5248 अयोनि वि. २. नित्य ।
5249 अयोनि वि. ना. ३. ब्रह्मा ।
5250 अयोनिज वि. योनिबाट नजन्मेको; सामान्य प्राणीगत प्रक्रियाअनुसार नजन्मेको ।